• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

दाङस्थित नयाँ राजधानी भनवमा यस्तो थियो लुम्बिनीका सांसदको शपथ

  •   आइतबार, पुष १७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    दाङ । लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सांसदले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् । दाङको राप्ती गाउँपालिका वडा नं. ३ मसुरीयास्थित नव निर्मित सभा हलमा उनीहरुले सपथ लिएका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले सबै प्रदेशसभा सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए । दिउँसो २ बजेर १२ मिनेट जाँदै गर्दा शपथका लागि शेरचरणलाई बोलाइएको भए पनि शपथ खुवाउने बेहोरा टेवुलमा आइनपुगेपछि केहीबेर सन्नाटा छाएको थियो ।

    त्यसपछि प्रदेशसभा सचिवालयका सचिव दुर्लभ पुनले बेहोरो छुटेको भन्दै सबै सांसदलाई बस्न आग्रह गरेका थिए । शपथको बेहोरा केहीबेरमा आएपछि फेरि शपथका लागि प्रदेश प्रमुख शेरचनलाई बोलाइएको थियो । त्यसपछि फेरि सबै सांसदहरू उभिएर शपथ खाएका थिए । सांसदहरुले शपथ खाँदा पूर्वमुख्यमन्त्री शंकर पोखरेल, सभामुख र मुख्य मन्त्री भने बसिरहे । उनीहरु बसेको सिटबाट उभिएनन् । शपथ ग्रहणका क्रममा बिभिन्न जातजातिका भेषभुषा झल्कने पोशाकहरु सांसदहरुले लगाएका थिए ।

    रोल्पा र रुकुमका मुगर समुदायका महिला पुरुषहरुले आफ्नै भेषभुषा लगाइएर सपथ खान खाएका थिए । त्यस्तै दाङ, बाँके र बर्दियाका थारु समुदायका महिला पुरुषहरुले पनि आफ्नै मौलिक भेषभुसा लगाएर सपथ ग्रहण गरेका थिए । रुपन्देही क्षेत्र लगाएतका अन्य बाँकेका मधेसी समुदायका सांसदहरुले पनि आफ्नै पहिरणमा शपथ लिन आएका थिए । शपथपछि सांसदहरूलाई सचिवालयका सचिव पुनले त्यसमा हस्ताक्षर गर्न लगाएका थिए ।

    हस्ताक्षरपछि उनीहरु फेरि अगाडि प्रदेश प्रमुख लगाएत मुख्य मन्त्री बसेको ठाउँमा झोला लिनका लागि निम्त्याइएको थियो । बधाइ ज्ञापन गर्दै त्यसपछि झोला दिने काम प्रदेश प्रमुख र मुख्य मन्त्री कुलप्रसाद केसीले गरेका थिए । त्यसपछि पहिलो संसद बैठकको अध्यक्षता ज्येष्ठ सदस्य डिल्लीराज भुसालले गर्ने घोषणा सचिवालयका सचिव पुनले गरे । उनी गुल्मी निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएका हुन् । अब प्रदेश सभामुख र उपसभामुखको चयन नहुँदासम्म अध्यक्षता भुसालले नै गर्ने गरेका छन् ।

    अबको हप्ता दिन भित्रमा प्रदेश सभामुख र उपसभामुखको चयन गरि सक्ने अपेक्षा गरिएको छ । शपथपछि सञ्चारकर्मीसंँग कुरा गर्दै पूर्वमुख्यमन्त्री पोखरेलले अनेत्र सबै स्थानमा केन्द्रले तोकेकै स्थानमा प्रदेश राजधानी तोकिए पनि लुम्बिनीमा भने नयाँ ‘भर्जिन ल्याण्डमा’ राजधानी तोकिएको हुँदा त्यो नमुना योग्य रहेको बताए ।

    देशकै नमुना योग्न राजधानी बनाउन सबैले पहल गर्नुपर्ने उनले बताए । शपथपछि बाहिर विभिन्न सांसदहरूको फोटो सेसन चलेको थियो । उनीहरुले आफ्नो ठाउँका जनताको चाहनाअनुरुप बिकास निर्माणदेखि शिक्षा, स्वास्थ्यको क्षेत्रको सुधारमा काम गर्ने प्रतिक्रिया दिए । त्यस्तै सांस्कृति पहिचान जोगाउन भूमिका खेल्ने उनीहरुले अठोट व्यक्त गरेका थिए ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.