• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

अतिकम विकसित राष्ट्रबाट नेपालको स्तरोन्नतिका साना उद्यमीको व्यापार क्षमता बढाउन इयुको सहयोग

  •   मङ्गलबार, पुष १९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पोखरा ।अन्तराष्ट्रिय बजारका लागि नेपाली कफी उत्पादक तथा निर्यातकर्ताहरूको आपूर्ति क्षमता बढाउने उद्देश्यले निर्यात प्रक्रिया तथा पालना गर्नुपर्ने कुराहरूबारे क्षमता विकास तालिम सोमबारबाट पोखरामा शुरू भयो । गण्डकी तथा लुम्बिनी प्रदेशका साना तथा मझौला ३०जना कफी व्यवसायीहरूले यस तीन दिने तालिममा व्यापारका विविध पक्षहरूबारे आफ्नो क्षमता अभिवृद्धि गर्ने अवसर पाउने छन् ।

    सन् २०२६ सम्म अतिकम विकसित मुलुकमा स्तरोन्नति हुने प्रयासमा रहेको नेपालका लागि सुक्ष्म, साना तथा मझौला व्यवसायहरू लक्षित यस कार्यशालाले उनीहरूको उत्पादन तथा निर्यात क्षमता अभिवृद्धि महत्वपूर्ण योगदान दिने छ । युरोपियन युनियनको आर्थिक सहयोगमा अन्तराष्ट्रिय व्यापार केन्द्र ( आइटिसी ) द्धारा कार्यान्वयन भइरहेको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम ( टिआइपी ) नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय ऽ व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रद्धारा संयुक्त रूपमा यो क्षमता विकास तालिम आयोजना गरेका हुन् ।

    विशेष गरी यो कार्यशाला विश्व व्पापारमा जोडिएका वा जोडिन खोज्ने नेपालका सुक्ष्म लघु तथा मझौला व्यवासायहरू ( एमएसएमइज ) को अन्तराष्ट्रिय बजार पहुँच अभिवृद्धिका लागि गैह्र भन्सार जनय अवरोधहरू तथा बजार सम्बन्धी पूर्व सूचनाको पहुँच सहित प्रतिस्पर्धात्मक क्षमता र अनुपालना बढाउने मुल लक्ष्यका साथ यो कार्यशाला आयोजना भएको हो । नेपाली कफी व्यावसायीहरूको निर्यात क्षमता बढाउन इयु नेपाल टिआइपिले युरोपेली संघ र संयुक्त राज्य अमेरिकालाई लक्षित गरी निर्यात सहजीकरणका दुई छुट्टा छुट्टै गाइडहरू पनि तयार पारेको छ ।

    आइटिसीको प्राविधिक सहयोग तथा व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको सहकार्य एवं समन्वयमा यी दुवै गाइडहरू तयार भएका हुन् । यी गाइडहरूले नेपाली निर्यातकर्ताहरूले ती दुबै गन्तव्यमा कफी निर्यातका लागि अपनाउनु पर्ने प्रकृयता र पालना गर्नुपर्ने मापदण्डका साथै आयातकर्ताले सफलतापूर्वक सम्बन्धित गन्तव्य मुलुकमा पुरागर्नुपर्ने प्रकृयाको बारेमा चरणवद्ध प्रक्रिया समेटेका छन् ।

    तालिमका क्रममा कफी क्षेत्रकोबारेमा जानकारी, युरोपियन युनियन र संयुक्त राज्य अमेरिकामा कफीको निर्यातको अवस्था, कफी निर्यातको प्रकृया र आवश्यक कागजात, कफी निर्यात प्रवर्द्धनका लागि व्यापार सहजीकरण र बजार प्रवर्द्धन कफी बजार विश्लेषणका अधानुनिक विधिहरू नेपालका लागि तयार गरिएको ट्रेड म्याप तथा नेपालबाट कफी निर्यातका सम्भावनाहरू र सम्भावित गन्तव्यहरूबारे जानकारी गराइएको थियो ।

    उक्त तालिम अन्तरकृयात्मक तथा व्यवहारिक सिकाइमा आधारित थियो जहाँ सहभागीहरूले आफूले सिकेका कुराबारे प्रस्तुति दिने अवसर समेत प्रदान गरिएको थियो । त्यसैगरी रजिस्टर्ड एक्सपोर्ट सिस्टम ( रेक्स), नेपाली निर्यातकर्ताका लागि निर्यात वित्तीयकरणका विकल्पहरू एवं अन्तर्राष्ट्रिय व्यापारका अन्य विविध पक्षहरूबारे केन्द्रित सत्रहरू पनि संचालनभएका थिए ।

    उक्त अवसरमा प्रमुख अतिथिको रूपमा बोल्दै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव तोयम रायले व्यवसायीहरूले कफी निर्यातका लागि चाहिने नीतिगत सुधारबारे सरकारलाई लिखित रूपमा जनाकारी दिन आग्रह गर्दै आगामी बजेटमा त्यसको उचित सम्बोधनका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अन्तराष्ट्रिय बजारको माग र गुणस्तर अनुसारको उत्पादन तथा आपूर्ति क्षमता बढाउनु पर्नेमा पनि उहाँले जोड दिनुभयो ।

    साथै उहाँले निर्यात प्रवर्द्धनका लागि साना तथा मझौला व्यवसायहरूको लागि विशेष व्यवस्था गरी निर्यातमा सहजीकरण गर्ने नेपाल सरकारको प्राथमिकता रहँदै आएको उल्लेख गर्नुभयो । उक्त मन्त्रालयका सहसचिव गोविन्द बहादुर कार्कीले स्वदेशी तथा विदेशी बजारमा कफीको उच्च माग रहेको बताउँदै उत्पादन र निर्यात प्रवर्द्धनमा दातृ निकाय,व्यवसायी र सकारको संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो । टिइपिसीका कार्यकारी निर्देशक शरद विक्रम राणाले सरकारी निकाय,दातृ निकायर व्यवसायीहरूबीच अन्तरकृया मार्फतकफी क्षेत्रका समस्याका समाधानको लागि उपाय खोजिनुपर्नेमा जोड दिनुभयो ।

    नेपाली कफी रू १७०० प्रति किलोमा निर्यात हुने गरेको भए पनि आयात रू ३९१ प्रति किलो हुने गरेको जानकारी उहाँले दिनुभयो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांक अनुसार नेपालमा वार्षिक ३५५ टन उत्पादन हुने गरेको छ । युरोपियन युनियनका वरिष्ट कार्यक्रम व्यवस्थापक मिम हमालले नेपाल सन् २०२६ सम्म अतिकम विकासित मुलुकको स्तरमा पुगे पछि देखिने अन्तर्राष्ट्रिय बजारका चुनौतिहरूको सामाना गरी निर्यात प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय बजारका आवश्यकता र गुणस्तर अनुसारको उत्पादन अभिवृद्धि गर्न यस कार्याशालाले सहयोग पुग्ने बताउनु भयो ।

    इयु टिआइपी/ आइटिसीका कार्यक्रम संयोजक डा. विदुर घिमिरेले नेपालमा कफी क्षेत्रमा संलग्न सुक्ष्म, साना तथा मझौला उत्पादक तथा निर्यातकर्ताहरूको उत्पादन क्षमता बढाइ अन्तराष्ट्रिय बजार सम्पर्क तथा पहुँच वृद्धि गर्न यस कार्यशालाले सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै यस्ता क्षमता अभिवृद्धि कार्यशालाले नेपाली कफीको अन्तराष्ट्रिय तथा क्षेत्रीय बजारको मुल्य श्रृंखलामा थप पहुँच पुर्याउने बताउनु भयो । कफी उत्पादक महासंघका अध्यक्ष ओम अधिकारीले नेपालमा हाल १२ लाख हेक्टरमा कफीको खेती गर्न सकिने भए पनि हाल २६०० हेक्टरमात्र खेती भइरहेको जानकारी दिए ।

    नेपाली कफीको दिगो निर्यातका लागि गुणस्तरमा ध्यान दिनुपर्ने तथा किसानहरूलाई विशेष सुविधा दिएर आकर्षित गर्नुपर्ने पनि उनले बताउनु भयो । कार्यशालामा गोर्खा, स्याङजा, लम्जुङ, गुल्मी, पाल्पा, कास्की लगायतका जिल्लाका २५ जना कफी उत्पादक तथा निर्यातकर्ता सहभागी थिए, ती मध्ये १३ जना महिला थिए ।

    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.