• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सुरु हुँदै सिद्धबाबामा सुरुङमार्गको निर्माण

  •   मङ्गलबार, पुष १९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल । मृत्यु मार्गको रुपमा कहलिँदै आएको सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी डेढ महिनाभित्रै सुरु हुने भएको छ । सुरुङमार्ग आयोजनाको डिजाइन तयार भएसँगै अब निर्माण सुरु हुन लागेको हो । यो सडक खण्डमा हरेक वर्ष पहिरोका कारण धेरैले ज्यान गुमाउने गरेका छन् । यसको नियन्त्रणको लागि सुरुङमार्ग निर्माण अघि बढाइएको हो ।

    ठेक्का सम्झौता गरेको नौ महिनापछि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले सिद्धबाबा सुरुङमार्गको विस्तृत डिजाइन सडक विभागलाई बुझाएको छ । अबको एक–दुई हप्तामै आयोजनाको डिजाइन स्वीकृत हुनेछ । त्यसपछि आवश्यक तयारी गर्दा ढिलोमा पनि डेढ महिनामा आयोजनाको निर्माण कार्य सुरु हुने बताइएको छ ।

    आयोजना निर्माणको पूर्वतयारीको काम दुई महिनाअघिबाटै सुरु भइसकेको छ । साइट क्याम्प बनाउने, वाल लगाउने, साइट क्लियरेन्स गर्ने, डाइभर्सन सडक बनाउने, गुणस्तर मापनको ल्याब इन्सटल गर्ने, क्रसर प्लान्ट बनाउनेलगायतका पूर्व तयारीको काम अघि बढिसकेको छ । अब वाटरट्यांक बनाउने, हेलिप्याड बनाउनेलगायतका काम बाँकी छन् । त्यो अवस्थामा अबको डेढ महिनामा आयोजनाको निर्माण औपचारिक रूपमा सुरु गर्न सकिने आयोजना प्रमुख होमबहादुर एसीले बताए । ‘अब डिजाइन स्वीकृतिलगायतका प्रक्रिया सुरु गर्दा एक–डेढ महिना लाग्छ । त्यसलगत्तै आयोजनाको निर्माण सुरु हुन्छ,’ उनले भने, ‘पहिलो चरणमा सुरुङ खन्ने पूर्वतयारीको काम हुन्छ । त्योअनुसार सुरुङ खन्ने काम सुरु गर्न भने केही समय लाग्न सक्छ ।’

    सवा चार वर्षभित्र निर्माण सक्ने लक्ष्य

    विभागले उक्त कम्पनीसँग पाँच वर्ष अवधिका लागि ठेक्का सम्झौता गरेको थियो । त्यसमा नौ महिना आयोजनाको डिजाइनमै सकिएको छ, अब बाँकी रहेको चार वर्ष तीन महिनामा आयोजनाको निर्माण सम्पन्न गर्नुपर्नेछ । ठेक्का सम्झौताअनुसार निर्माण सम्पन्न भएपछि थप पाँच वर्ष आयोजनाको सञ्चालन तथा मर्मत गर्ने कामसमेत चिनियाँ कम्पनीले गर्नुपर्नेछ ।

    यस्तो हुनेछ सुरुङमार्ग

    सुरुङमार्गको न्यूनतम लम्बाइ एक हजार एक सय २६ मिटरको हुनेछ, जुन सुरुङमार्ग दुई लेनको हुनेछ । यसमा नागढुंगा टनेलमा जस्तो छुट्टै आकस्मिक सुरुङमार्ग भने हुनेछैन । आकस्मिक अवस्थाका लागि भनेर छुट्टै तीनवटा सहायक सुरुङमार्ग बनाएर बाहिरी सडकमा जोडिनेछ । त्यहाँको भौगोलिक अवस्थालाई दृष्टिगत गर्दै रकसेड नामको संरचना बनाइनेछ, संरचनाको आकार छाताजस्तो हुनेछ । त्यसले माथिबाट आउने पहिरोलाई सडकमा नभएर सीधै तल्लो भागमा पु¥याउनेछ ।

    आयोजनाको डिजाइन, निर्माणलगायत काम गर्ने गरी इपिसी मोडलमा सात अर्ब ३४ करोड २१ लाख लागतमा विभाग र कम्पनीबीच ठेक्का सम्झौता भएको थियो । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन खण्डमा पर्ने एक हजार एक सय २६ मिटर लम्बाइको सुरुङ बनाउन जेठ ०७८ मा ग्लोबल टेन्डर आह्वान भएको थियो ।

    ठेक्का सम्झौतामा नौ महिना (डिसेम्बर, ०२२) भित्र आयोजनाको डिजाइन विभागमा पेस गर्नुपर्ने सर्त थियो । चिनियाँ कम्पनीले पेस गरेको आयोजनाको डिजाइनमाथि आवश्यक अध्ययन गर्न एसडिसीको प्राविधिक टोलीलाई पठाइएको छ । उक्त प्राविधिक टोलीले डिजाइनमाथि अध्ययन गरेर थप सुझाव दिन सक्नेछ । चिनियाँ कम्पनीले सोही सुझावअनुसार डिजाइनलाई संशोधन गर्नुपर्ने हुन्छ, त्यसपछि विभागले आयोजनाको डिजाइन स्वीकृति गर्नेछ । त्यसपछि आयोजनाको निर्माण कार्य अघि बढ्ने विभागको भनाइ छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.