• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

राजश्व संकलन घटेपछि भैरहवा सीमामा सशस्त्रको सक्रियता बढ्यो

  •   शनिबार, पुष २३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भैरहवा । भैरहवा भन्सार कार्यालयमा राजश्व संकलन घटेसँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । नेपालकै दोस्रो ठूलो भन्सार नााकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयले पछिल्लो १२ महिनादेखि निरन्तर राजश्व संकलन लक्ष्यअनुरुप गर्न नसकेर घाटामा गइरहेकाे छ । मुलुकका लागि ठूलो योगदान गर्ने यो नाकाबाट नै राजश्व संकलन घटेसँगै सीमा सुरक्षा र अवैध चोरीनिकासी रोकथाम तथा नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीले सीमा विन्दुमै सक्रियता बढाएको हो ।

    सीमा सुरक्षा र अवैध गतिविधि नियन्त्रण सशस्त्र प्रहरीको पहिलो जिम्मेवारी हाे । सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेड क्वाटरको नेतृत्वमा समग्र रुपन्देहीकाे सीमा सुरक्षा व्यवस्था भइरहेकाे छ ।

    सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठका अनुसार सीमामा चोरी निकासी रोक्न थप जनशक्ति परिचालन गरी आकस्मिक र आवश्यकताअनुसार ठाँउठाँउमा चेकजाँच बढाइएकाे छ । सरकारलाई राजश्वको दबाब पनि परेको छ, सशस्त्र प्रहरीले पनि केही योगदान गर्न सक्छ की भनेर जनशक्तिको अधिकतम प्रयोग गरी राजश्व वृद्धिका लागि दुई सातादेखि लागेको उनले बताए ।

    एसपी श्रेष्ठका अनुसार नियमितका साथसाथै सरप्राइज चेकिङ पनि भइरहेकाे । जहाँबाट नतिजा राम्रो पाएकाे र त्यसमै केन्द्रित भएर सीमामा भएको अवैध ओसारपसार नियन्त्रण र निरुत्साहित गर्न सशस्त्र प्रहरी लागेको छ । उनले भने, ‘सीमा क्षेत्रमा लाग्दै आएको फरेनिया बजारमा जान नेपालीलाई रोक लगाउदै आएका छौँ, कोभिडको नयाँ भेरियन्ट पनि देखिएकोले थप सजगता, सुरक्षा चुनौती र जोखिमलाई मध्यनजर गर्दै नेपालीलाई सचेत पनि गराइरहेका छौँ ।’

    एक वर्षदेखि भैरहवा भन्सार कार्यालयले पाएको लक्ष्य भेटाउन सकेको छैन । कार्यालयको तथ्याङ\क अनुसार मंसिर ०७८ सम्म लक्ष्यअनुरुप सफलता हासिल भए पनि पुसपछि लक्ष्य प्राप्त नै नभई आयात घटदै गएको छ । नयाँ वर्षको सुरुवातसँगै घट्दो क्रममा रहेको भन्सार राजश्व संकलन बढेकाे छैन । आर्थिक वर्ष २०७९/८०को पहिलो महिना लक्ष्यको ७० दशमलव ९८ प्रतिशत राजश्व संकलन भए पनि भदौमा ६७, असोजमा ४१, कार्तिकमा ४० र मंसिरमा ३९ प्रतिशतमा सिमित रह्यो ।

    ५ पुस ०७८ देखि नेपाल राष्ट्र बैक केन्द्रीय कार्यालय विदेशी विनिमय व्यवस्थापन विभागले ‘क’ वर्गको वाणिज्य बैक र ‘ख’ वर्गको विकास बैकलाई विभिन्न २० वटा हार्मोनिक कोडअन्तर्गतको वस्तुको एलसी खोल्दा अनिवार्य तोकिएको मार्जिन प्रतिशत लिनुपर्ने प्रावधान लागु गरेसँगै भैरहवा भन्सार कार्यालयले लक्ष्य पार गर्न सकेको छैन ।

    नीतिमा फेरबदलले भन्सार आयात घटेसँगै राजश्वमा कमी हुनुका साथै तस्करहरू पनि मौलाएका थिए । जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र भन्सार कार्यालयको गस्ती टोलीले अवैध तरिकाबाट नेपाल भित्रिएका सामानहरू पनि नियमित रुपमा भन्सार हुँदै आइरहेको पाएपछि पछिल्लो समय सुरक्षा निकायको ध्यानाकर्षण सीमामा रहेको छ ।

    सरकारले विभिन्न शीर्षकका वस्तुहरूको आयात गर्दा अनिवार्य रुपमा प्रतितपत्र (एलसी.)को व्यवस्था गरेसँगै एलसी प्रक्रियामा जान साना व्यवसायीले झन्झटिलो मानेर संगठित रुपमा तस्करी हुने गरेको भन्सार स्रोतले जानकारी दिएको छ । सुरक्षा निकाय र भन्सारको गस्ती टोलीले बरामद गर्ने अधिकांस अवैध वस्तु तिनै साना व्यवसायीको हुने गरेको छ ।

    सशस्त्र प्रहरीसँगै नेपाल प्रहरीको पनि प्रमुख जिम्मेवारीे अवैध वस्तुको ओसारपसर नियन्त्रणमा हाे । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षकको कमाण्डमा ७८ वटा प्रहरी युनिट, अस्थायी चेक पोस्ट र मोबाइल टोली र सादा पोशाकका प्रहरी पनि खटिएका छन् ।

    यता स्थलमार्ग भई सबैभन्दा बढी पर्यटक आउने बेलहिया सीमामादेखि केही दुरीमै रहेको डण्डा बिओपीको चेकिङ प्वाइन्टसमेत सीमा क्षेत्रमा अधिकतम प्रयोग भएको छ । पर्यटक, सर्वसाधरणलाई चेकिङको नाममा धेरै सास्ती भएको भन्ने गुनासो आएकोले सोलाई मध्यनजर गर्दै सीमा विन्दुमै चेकजाँचमा कडाइ गरिएको हो ।

    बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक मनोज खड्काकै कमाण्डमा सीमा चेकजाँच कडाइ गरिएको छ । सीमामै चेकिङ बढाए अवैध वस्तुहरू वैध तरिकाले भित्रिने र राजश्व संकलनमा पनि वृद्धि हुने अपेक्षाका साथ चेकजाँच सीमा केन्द्रित गरेकाे सशस्त्र प्रहरी निरीक्षक खड्काले बताए ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार चालु आर्थिक वर्षमा मात्रै दुई करोडचभन्दा बढीको किराना, विधुतीय, सवारीसाधन, लत्ताकपडा, तथा पशु चौपाय लगायत चोरी तस्करीका सामान भैरहवा भन्सार कार्यालय पठाइएको छ ।

    सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेड क्वाटरका अनुसार चालु आर्थिक वर्षमा तीन करोडभन्दा बढीको चिनी, कपडा, कुखुरा, माछा, मोटरपार्टस तथा हार्डवेयर, किराना लगायतका चोरी तस्करीका सामान नियनत्रणमा लिएको छ । सशस्त्र प्रहरीको पछिल्लो समयको सक्रियताले पनि पुसमा मात्रै ६५ लाखभन्दा बढीको अवैध सामान नियनत्रणमा लिई भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेड क्वाटरका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक प्रेम प्रकाश पोखरेलले जानकारी दिए ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.