• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

लालबहादुर विश्वकर्माको न्यायका लागि इटहरीवासी संघर्ष सडकदेखि उच्च अदालतसम्म

  •   आइतबार, पुष २४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    विराटनगर । आफ्नै साहुबाट ठगीमा परी कारागार चलान भएका सुनसरी इटहरी-२० तरहराका गोपाल भनिने लालबहादुर विकलाई न्याय माग्दै इटहरी चौकमा स्थानीय र आफन्तले सडक प्रदर्शन गर्दै आएका छन् । लालबहादुर विक निर्दोष रहेको भन्दै जिल्ला अदालतको फैसलाविरुद्ध उनीहरू सडकमा उत्रिएका हुन् । न्याय नपाए अदालत जाने नेपालको कानुनलाई समेत बेवास्ता गरी उनीहरू सडकमा आउन बाध्य थिए । कारण थियो, जुन निकायले न्याय दिने आश गरिएको हुन्छ, त्यही निकायले नै अन्यायमा पारेपछि सडक संर्घषमा उत्रिए ।

    गत बिहीबार सडकमा उनीहरूले लालबहादुर निर्दोष हुन्, पीडितलाई न्याय देऊ लगायतका नारा लगाए । प्रदर्शनमा पीडित लालबहादुरका ७० वर्षीय बुबा आमा, उनकी श्रीमती समेत सहभागी थिए ।  पीडित लालबहादुरका बुबा हर्कबहादुर विश्वकर्माले छोरामाथिको अन्यायले आफू मर्नु न बाँच्नु भएको पीडा सुनाए । उनले जसरी भए पनि आफ्नो छोरालाई कारागारबाट छुटाउन अनुरोध गरे ।

    ‘घरमा हातमुख जोर्न समेत नसक्ने अवस्था छ । कहाँबाट ल्याँउ त्यत्रो तीन करोड ?’ हर्क बहादुरले भने, ‘सबैले अन्याय भएको जान्दाजान्दै आफ्नो निर्दोष छोरा जेल गएको छ । छुटाइदिनु होला ।’

    सहभागी सामाजिक अभियन्ता गोमा तामाङले लालबहादुरको फैसला उच्च अदालत विराटनगरले उल्टाउनुपर्ने तर्क राखिन् । उनले न्यायालयले पीडितलाई न्याय दिनुको सट्टा अन्याय गरेको टिप्पणी गरिन् ।

    ‘कारागारमा रहेका विश्वकर्मालाई न्याय उच्च अदालतले दिनपर्छ,’ उनले भनिन्, ‘उजुरीवालाले समेत निर्दोष भएको दाबी गरिरहँदा न्यायाधीशले पीडितको उठिबास हुने गरी फैसला गरेको छ । अब न्याय माग्न कहाँ जाने ? ‘  प्रदर्शनमा सहभागी धेरैले अदालतले गरेको फैसला उच्च अदालत विराटनगरले उल्टाउनुपर्ने माग राखेका थिए ।

    विश्वकर्मालाई सवा तीन करोडको बिगो 

    गोपाल भनिने लालबहादुर विश्वकर्मा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २० ब्रह्मपुरमा बस्छन् । गरिब परिवारका लालबहादुर १० वर्ष अघि खाडी मुलुक दुबई बसेर नेपाल आएका थिए । आएलगत्तै विवाह गरे । उनले विदेश नजाने भन्दै चिनेजानेकै पसलमा काम गर्न थाले । लालबहादुरको घर र उनले काम गर्ने पसल करिब ३ किलोमिटर दूरीमा पर्छ । मासिक साढे २० हजार पारिश्रमिक लिएर काम गरे ।

    उनले काम गर्ने सुन पसलका सञ्चालक हुन्, इटहरीका दीपक विश्वकर्मा गजमेर । दीपककाे सिंहदेवी ज्वेलर्सबाहेक मनी ट्रान्सफर, सपिङ सेन्टर पनि थियो । तर, योबाहेक पनि दीपकको अर्को ठुलो आर्थिक अवैध धन्दा थियो । उनले पसलमा आउने धेरैलाई तथा अन्य मानिसहरूलाई राम्रो ब्याज दिने भन्दै पैसा उठाउने गर्थे । उनले पास बुक नै बनाएर बचतका नाममा करोडौँ रकम उठाएका थिए ।

    दीपकले सञ्चालन गरेको सुन पसलमा उनका बुबा कृष्ण, भाइ कमल, दिदी सीता पनि काम गर्थिन् । दीपकले उनीहरू सबैलाई त्यसै गरी पास बुक बनाएर पैसा उठाउने कार्यमा संलग्न गराएका थिए । दीपकका बाबु कृष्ण विश्वकर्मा पढ्न लेख्न जान्दैनथे । पसलमा छोराछोरी नभएको समयमा कृष्णले पैसा बुझ्ने र पास बुकमा लेख्ने काम लालबहादुरलाई लगाउने गर्थे ।

    समय बित्दै गयो । यसैगरी दीपकले करोडौँ रकम उठाए । तर, ब्याजको आशले पैसा दिएकाहरूले ब्याज त परको कुरा सावाँ पनि फिर्ता पाएनन् । जति रकम जम्मा गरे पनि आजसम्म जम्मा गरेका व्यक्तिले कुनै रकम पाएका छैनन् ।

    आफ्नो पैसा नउठ्ने संकेत पाएपछि पीडितहरू प्रहरी गुहार्न पुगे । पीडितहरूको जाहेरीपछि प्रहरीले कृष्ण विश्वकर्मा, दीपक विश्वकर्मा, सीता विश्वकर्मालाई पक्राउ गर्‍यो । सोही क्रममा लालबहादुर पनि पक्राउ परे । आरोपीमध्ये कमल विश्वकर्मा भने अहिले पनि फरार छन् । कमल दीपकका भाइ हुन् ।

    पक्राउ पर्दासम्म लालबहादुरले आफूमाथि के भइरहेको छ भन्ने सामान्य थाहा पनि थिएन । त्यसपछि पक्राउ परेका चारै जना विरुद्ध इजाजत बिना वित्तीय कारोबार गरेको मुद्दा चल्यो । उनीहरू विरुद्ध जाहेरी दिएका २२१ जना र प्रहरी प्रतिवेदनमा उल्लेख भएका ५४ जना गरी जम्मा २७५ जनाको रकम हिनामिना गरेको आरोप लागेको थियो । ३० दिन हिरासतमा बसेपछि अदालतले लालबहादुरलाई सामान्य तारिखमा छाड्न आदेश दिएको थियो । उनलाई लागेको थियो कि आफूले गल्ती गरेको छैन र सजाए पनि भोग्न पर्दैन ।

    तर, उनले सोचेजस्तो भएन । एक वर्षअघि गत २०७८ सालमा पुसमा उक्त मुद्दाको फैसला आयो । जसले उनको सातो उडायो । परिवारसमेत आलाप विलाप गर्न थाले । अदालतले उनलाई पनि दोषी करार गर्दै ३ करोड १४ लाख ११ हजार रुपैयाँ जरिवाना र डेढ वर्षको कैद सजाय सुनायो ।
    उक्त फैसलामा दीपक विश्वकर्माले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १०३ को उपदफा १ को ‘क’ सम्बन्धी कसुर अर्थात् इजाजत नलिई बैंक तथा वित्तीय कारोबार गरेको आरोपमा सोही ऐनको दफा १०४ को उपदफा १ को देहाय ‘क’ बमोजिम तीन वर्ष कैद र १८ करोड ८४ लाख ६६ हजार ८ सय ८९ रुपैयाँ जरिवाना सुनाइयो । त्यसको आधा रकम मुख्य दोषी ठहरिएका दीपकलाई पर्‍याे ।

    त्यस्तै अन्य प्रतिवादी सीता विश्वकर्मा, कृष्णबहादुर विश्वकर्मा गजमेर, र गोपाल भनिने लालबहादुर विश्वकर्मालाई सोही दफा अनुसार जनही १ वर्ष ६ महिना कैद र नौ करोड ४२ लाख ३३ हजार ४ सय ४४ रुपैयाँ दामासाहीले जरिबानाको सजाय गर्नु भन्ने फैसला भयो । उक्त रकम तीन जनामा भाग लगाउँदा ३ करोड १४ लाख ११ हजार रुपैयाँ पर्न आउँछ ।

    तर, उनी विरुद्ध जाहेरी दिनेहरूले लालबहादुरको यसमा संलग्नता नरहेको र आफूहरूको पैसा उनले हिनामिना नगरेको बकपत्र गरेका छन् । त्यस्तै सञ्चालकहरूले समेत लालबहादुरको यसमा संलग्नता नरहेको बयान दिएका छन् । जाहेरी दिने र मुख्य आरोपीले समेत लालबहादुरको संलग्नता नरहेको बताएका छन् ।

    प्रहरीले अनुसन्धानको क्रममा पसलमा रहेका बेला पास बुकमा लेख्नेबाहेक लालबहादुरको अन्य संलग्नता पुष्टि गर्न सकेको छैन । तर, जिल्ला अदालत सुनसरीका न्यायाधीश निर्मला योङयाले गरेको फैसलामा लालबहादुरले करिब सवा तीन करोड रुपैयाँ तिर्नुपर्ने उल्लेख छ ।

    यसले लालबहादुरको परिवारमा ठुलो बज्रपात पारेको छ । उनी एक महिनादेखि जिल्ला कारागार कार्यालय झुम्कामा कैद भुक्तान गरिरहेका छन् । उनले आफू अन्यायमा परेको भन्दै जिल्ला अदालतविरुद्ध उच्च अदालत विराटनगरमा रिट निवेदन दिएका छन् । उक्त रिट निवेदन २६ पुसमा  पेसी चढ्दै छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.