• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

कर्णालीको तेस्रो मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त

  •   बुधबार, पुष २७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (माओवादी केन्द्र)का राजकुमार शर्माले नियुक्त भएका छन्। प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

    प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ वमोजिम मुख्यमन्त्रीका लागि दावी गर्न दलहरुलाई आव्हान गरेका थिए।सोही वमोजिम नेकपा एमाले, राप्रपा र नेकपा एकीकृत समाजवादी सहितको समर्थनमा शर्माले मुख्यमन्त्रीको दावी पेश गरेका हुन् ।

    कर्णाली प्रदेशमा माओवादीका १३, एमालेका १०, राप्रपाका १ र समाजवादीका १ जना प्रदेशसभा सदस्य रहेका छन् । कुल ४० सदस्यीय प्रदेश सभामा बहुमतका लागि २१ सिट आवश्यक हुन्छ । जसअनुसार माओवादी, एमाले, राप्रपा र समाजवादी  गरी २५ सांसदको समर्थन रहेको छ। राप्रपाले एक मन्त्रालय दावीसहित मुख्यमन्त्री समर्थन गरेको जनाइएको छ ।

    नेकपा एमाले र माओवादी केन्द्रबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति अनुसार एमालेले शर्मालाई मुख्यमन्त्रीका लागि समर्थन गरेको हो ।

    को हुन् कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा (आर्ट) ?

    नाम ः राजकुमार शर्मा (आर्ट)
    जन्म मिती ः २०२८ साल भदौ १८ गते
    जन्म स्थान ः चौरजहारी नगरपालिका—१४ साक्चा, नुवाँकोट (साविक नुवाँकोट गाविस)
    बुबाको नाम ः टिकाराम शर्मा
    आमाको नाम ः
    पत्निको नाम ः प्रतिभा के.सी.
    सन्तान ः छोरी १
    शैक्षिक योज्ञता ः कक्षा १०
    निर्वाचन प्रक्रिया ः प्रत्यक्ष, रुकुम पश्चिम, प्रदेश सभा (ख)
    दलीय संलग्नता ः नेकपा (माओवादी केन्द्र)
    राजनीतिमा आबद्धता ः ०४१ साल, ०५० साल देखि ग्रामीण वर्गसंघर्षको थालनीकर्ताका रूपमा पुर्णकालिन कार्यकर्ता भएर जनयुद्धमा सामेल

    राजनीतिक यात्रा
    २०४१ सालमा स्कुल पढ्दा–पढ्दै अनेरास्ववियूको राजनीतिमा संलग्न हुनुभएका शर्माको राजनीतिक पृष्ठभूमि लामो र संघर्षशिल छ । सानैदेखि निर्दल र बहुदलको बारेमा चासो रख्नुहुन्थ्यो, शर्मा । ०४१ सालमा शर्माकै घरमा आयोजित विद्यार्थीको क्षेत्रीय सम्मेलनमा सहभागी बन्नुभएका उहाँ त्यसपछि जहानियाँ राजतन्त्रको विरोध, जनयुद्दको तयारीका क्रममा ५०÷५१ सालमा रूकुम रोल्पामा सञ्चालित ग्रामीण वर्गसंघर्षको थालनीकर्ता हुदै जनयुद्धमा पुर्णकालीन कार्यकर्ता भएर राजनीतिमा उदाउनुभएको हो । ०४३ सालमा सदरमुकाम मुसिकोट पुगेर विद्यार्थीको इकाई कमिटी सदस्य हुनुभएका उहाँ ०४६ सालमा मोटो मशालको पार्टी सदस्यता प्राप्त गर्नुभयो । त्यसपछि उहाँ ०४७ सालदेखि पुर्णकालिन रुपमा राजनीतिमा होमिनुभयो ।
    ०४८ सालमै सर्वहारावादी श्रमिक संगठन, पातलो मसालको केही हिस्सा, मोटो मशाल र मसाल गरि नेपाल कम्युनिष्ट पार्टी एकता केन्द्र भयो र खुला मोर्चाका रूपमा बाहिर जनमोर्चाका नाममा वैधानिक राजनीतिक गतिविधि गरिएको थियो । त्यो बेलामा शर्माको अगुवाईमा जनसेवा तथा जनपरिचालन मार्फत विकास निर्माण, जनयुद्धको तयारी, जनयुद्धको आवश्यकता बारेमा जनजागरण, स्थानीय जालीफटाहा विरोधी जनसंघर्षका थुप्रै कामहरु भएका थिए ।

    ०५० सालमा महतको फुलबारी जङगलमा ४५ दिने सशस्त्र तालिम गरेर जनयुद्धका लागि फौजी आधार तयार गर्नमा शर्माको महत्वपुर्ण भूमिका रह्यो । महतको फुलबारी जंगल कुनै समय निकै चर्चित थियो । जनयुद्धको आधार तयार गर्न रूकुममा सञ्चालित ग्रामीण वर्गसंघर्षका क्रममा भएका स्थानीय थुप्रै जनसंघर्षका कामको नेतृत्व लिदै जनयुद्ध पुर्व नै पुर्णकालिन राजनीतिमा होमिनुभएका शर्माले ०५२ फागुन १ गते रूकुमको राडी प्रहरी चौकी कव्जा गर्न नेतृत्वदायी भूमिका खेल्नुभयो ।

    ०५३ पुषमा डोल्पाको त्रिवेणी चौकी आक्रमणमा सहभागि शर्माका लागि उक्त लडाई विशेष स्मरणीय रहेको छ । एउटा एसल्ट टिम (आक्रमणमा सहभागी मुख्य लडाकु टिम) को कमाण्ड गरी उक्त लडाइँमा सहभागी शर्माका लागि मुख्य कमाण्डर दौलतराम घर्ती (विजय घले) लाई गुमाउनुपरेका कारण पनी विशेष स्मरणीय रहेको थियो ।

    जनयुद्धको विस्तारका लागि ०५४ सालदेखि साविक कर्णालीमा सरूवा भएर विभिन्न कमाण्डको नेतृत्व गर्नुभयो । सो क्रममा उहाँले जुम्ला, कालिकोट, मुगु, डोल्पा, हुम्ला, दैलेख लगायका जिल्लामा विभिन्न समयमा जिल्ला सेक्रेटरी तथा जिल्ला ईन्चार्जका रूपमा नेतृत्वदायी भूमिका खेल्दै कर्णालीमा जनयुद्धको विस्तार तथा आधार इलाका निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुभयो ।

    जहाँ अफ्ठ्यारो परिस्थिति श्रृजना हुन्छ त्यहीको क्षेत्रको लागि खटाइने गरिएका राजकुमार शर्मालाई ०६१ सालमा दैलेखमा खटाईयो, जतिबेला दैलेखमा माओवादी विरूद्ध प्रतिकार अभियान चलाईएको थियो । शान्ति प्रक्रिया सम्म दैलेखको नेतृत्व गर्नुभएका शर्मा शान्ति प्रक्रियापछि थारुवान राज्य समितिको (दाङ–कञ्चनपुर) को प्रमुख भएर काम गर्नुभयो ।
    ‘जहाँ टेक्यो त्यही उम्रिनुपर्छ’ भन्ने मान्यता राख्ने शर्माले ०६७ सालपछि नेवा राज्यमा रहेर काम गर्नुभयो भने माओवादीको केन्द्रीय प्रचार विभागमा समेत रहेर काम गरिसकेको अनुभव उहाँसँग छ ।

    गणतान्त्रिक मञ्चको केन्द्रीय अध्यक्ष समेत भइसक्नुभएका उहाँ ०७४ मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख भएर काम गरिसक्नुभएको छ । नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिकको इञ्चार्जको भूमिका निर्वाह गरिसक्नुभएका उहाँ पोलिटब्यूरो सदस्य हुँदै ०७८ मा पार्टीको कर्णाली प्रदेश अध्यक्ष हुनुभयो । शर्मा अहिले पार्टीको पोलिटब्यूरो सदस्य हुनुहुन्छ ।

    आफुले राजनीतिमा लाग्न प्रेरित गरेका र समकालीन राजनीतिक पृष्ठभूमि भएका थुप्रै सहकर्मीहरूले राज्य संचालनका थुप्रै अवसर प्राप्त गर्दा पनि अहिलेसम्म अवसर र सुविधाका पदधारण नगरेका शर्माले पहिलो पटक संसदीय राजनीतिको यात्रामा प्रवेश गर्नुभएको हो । राज्यसत्ता परिवर्तनका लागि जनयुद्धका क्रममा सिंगै कर्णालीलाई पैदलै चहारेका शर्माको कर्णालीका दुरदराजका जनताका मुहारमा खुशी र सम्पन्नता ल्याउने अठोट रहेको छ ।

     

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.