• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

लिफ्ट सिँचाइ योजना अलपत्र

  •   आइतबार, माघ ०१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सुर्खेत । जाजरकोटमा सञ्चालनमा रहेका लिफ्ट सिँचाइ योजनाहरु अलपत्र परेका छन । योजना निर्माण कार्य सम्पन्न भएको भनि जिल्ला कृषि विकास कार्यालयले सबैको भुक्तानी दिइसकेको भएपनि योजना भने अलपत्र परेका छन् । लिफ्ट गरेर भेरी नदीबाट ट्यांकी सम्मा ल्याइएको पाइपले ट्यांकी सम्मा नै नजोडि बीच बाटोमै अलपत्र पर्दा कृषकहरुलाई सिँचाइ गर्न समस्य भएको हो । भेरी नगरपालिका–१ रिम्ना स्थित भेरी नदीबाट लिफ्ट गरी ल्याइएको पानी ट्यांकी सम्मा पुगेको छैन ।

    भेरी नदीम रहेको पानी स्रोत सम्मा पनि पाइप जडान नगरिदि खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालय , जाजरकोटले निर्माण गरेको ट्यांकीमा पाइप जडान गरेर पानी तल्लो टंयाकी सम्मा ल्याइएको स्थानीय उपभोक्ताले बताएका छन् । सो आयोजनाको कुल लागत २५ लाख रहेको छ । आयोजना निर्माण गर्दा काम गरेका मजदुरले समेत ज्याला नपाएको बताएका छन् । लिफ्ट सिँचाइमा प्रयोग गरिएको सोलार कम्पनीले समेत ट्यांकी सम्म पाईप नल्याइ बीचमै छोडेको पाइएको छ । न त टंयाकीमा घेराबार नै लगाएको छ ।

    कृषि विकास कार्यालयको बदमासीका कारण आफूहरु मर्कामा परेको कृषक गगनबहादुर खड्काले बताए । योजना नै अधुरा रहदा ,रहदै कसरी योजना सम्पन्न भयो भनि कार्यालयले हात झिक्यो ? आफू अचम्म परेको उनले बताए । त्यस्तै भेरी नगरपालिका–१२ बारेला स्थित दलित बस्तीमा रु १५ लाखमा लिफ्ट सिँचाइ योजना कृषि विकास कार्यालयबाट उपलब्ध गराएको योजना समेत अलपत्र परेको छ । भेरी नदीमा मोटर जडान गरी टंयाकी सम्मा पाइप ल्याइ ल्याउनु पर्ने भएपनि बीचमै पाइप छाडेर टंयाकी सम्मा नपुर्याउदा सिँचाइ सुविधाबाट कृषकहरु बन्चित भएका छन् ।

    इमेलेचौर लिफ्ट सिँचाइ योजनाका अध्यक्ष रामे कामीले कृषि विकास कार्यालयले आफैँले सोलारका सोलार खरिद गर्न लगाएर आफूसँग सम्पर्क नगरी समितिको खाताबाट रकम निकासा गर्न लगाएको आरोप लगाए । भेरी नदीमा मोटर समेत खुल्ला रुपमा प्रयोग गरिएको छ । नदीबाट पाइपमा ल्याइएको पानी टंयाकी सम्मा नपुर्याई बीचबाटोमै छाड्दा कृषकले खेतबारीमा पानी प्रयोग गर्न नपाएको विकले बताए । पानीका लागि दैनिक खेतबारीमा झगडा हुने गरेको समेत कृषकको भनाई छ ।

    पानी जम्मा गरी खेतबारीमा लिनका लागि बनाएको टंयाकी सम्मा पानी नपुर्याउदा कृषकहरु हैरान भएका हुन् । ३ सय मिटर भन्दा टाढा सम्मा मात्र पाइप ल्याएर बीचमै छाडिएको छ । त्यस्तै भेरी नगरपालिका–१२ स्थित बिष्णेचौरमा लिफ्ट सिँचाइ योजना निर्माण गर्न १५ लाख रकम खर्चीएपनि ट्यांकी सम्मा पानी नपुग्दा स्थानीयबासीले सिँचाइ गर्न पाएका छैनन । त्यहाँ ३५ घरधुरीका लागि भनि ल्याइएको उक्त पानी खेतबारी देखि ट्यांकी सम्मा नै नपुर्याइ योजना सम्पन्न भयो भन्दै जिल्ला कृषि विकास कार्यालयले भुक्तानी दिएको छ ।

    योजना निर्माण गर्दा काम गरेका सर्वसाधारणले ज्वाला नपाएको भक्तबहादुर मल्लले बताए । त्यहाँ प्रयोग भएको सोलारको रकम समेत कार्यालयले समितिको खाताबाट आफैँ काटेर भुक्तानी दिएको मल्लले बताए । समितिलाई जानकारी नै नदिएर आफैँले सम्झौता गरेर समितिको खाताबाट रकम कटाएर सोलार कम्पनीलाई दिएको मल्लले बताए । कृषि विकास कार्यालय जाजरकोटले यही प्रकृतीका योजनामा सबै गरी १ कराेड ३३ लाख रुपैयाँ खर्च गरेको छ । ८० लाख रुपैयाँको काम गर्दा कार्यालयले सोलार खरिदमा सिधैँ आफैँले सम्पर्क गरेर समितिको खाताबाट रकम भुक्तानी गरेको उपभोक्ताले बताएका छन् ।

    उपभोक्ता समितिलाई थाहा नदिएर कार्यालयले उपभोक्ता समितिको नाममा कोटेशन बनाएर सोलारको रकम भुक्तानी दिन लगाएको तथ्य सार्वजानिक भएको छ । कार्यालयले बोलपत्र आवह्वान नगरी उपभोक्ताको नामबाट कागज मिलाएर सोलार खरिद गरेको पाइएको छ । ६ वटा लिफ्ट सिँचाइ योजनामा सोलार खरिद प्रक्रियामा उपभोक्तालाइ जानकारी नदिएर कार्यालयले आफैँले बदमासी गरेको पाइएको हो । उत्ता कार्यालय प्रमुख रविन धितालले बजेट अनुसारको काम भएर भुक्तानी दिएको दावी गरेका छन् ।

     

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.