रौतहट । सशस्त्र प्रहरीले स्रोत नखुलेको २८ लाख रुपैयासहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर नगरपालिका ९ बैरियाका २० बर्षीय दिलिप कुमार साह रहेका छन् । उनको साथबाट २८ लाख ५१ हजार ९ सय ६० रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेन ओलीले जानकारी दिए । रौतहटस्थित सशस्त्र बेश क्याम्प औरैयाको गस्तीटोलीले बिआर ३० एन ९५८० नम्बरको मोटरसाईकलमा भारततर्फबाट आईरहेका उनलाई ईशनाथ ९ लवतनामा शंका लागेर जाँच गर्दा रकम बरामद भएको थियो । पक्राउ परेका साह र नगद गौर भन्सारमा बुझाउने प्रहरीले जनाएको छ ।








