नवलपुर । नवलपुरका नेपाल स्वास्थ्य बिमा बोर्डका प्रत्येक वडा संयोजक र नेपाल सरकार स्वास्थ्य बिमा बोर्डका जिल्ला अधिकृत बिच आइतबार गैंडाकोटमा अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ । नवलपुर स्वास्थ्य बिमा बोर्डका अधिकृत एवं कार्यक्रमका प्रमुख अथिती दिपक चापागाईं रहेका थिए । प्रमुख अतिथि चापागाईंले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै ´स्वास्थ्य बिमा कार्यक्रमको दिगो विकासका लागि चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम बजेट वक्तव्य र स्वास्थ्य बिमा ऐन २०७४ मा भएको व्यवस्थाका सम्बन्धमा तादाम्यता मिलाउदै अगाडि बड्नु पर्ने बताएका छन ।
उनले पटकपटक फेरिने सरकार तर्फ इन्कित गर्दै बिमितको पक्षमा निर्णय आएपनी कार्यान्वयनमा नआउनु दुर्भाग्यपूर्ण भएको बताउदै जिल्लाभर रहेका दर्ता सहयोगी हरुको माग र हकहितमा कानुन बनाएर अगाडी बड्नु पर्ने सुझाव दिए । नवलपुरका प्रत्येक वडामा रहेका दर्ता संयोजकको आयोजनामा गरिएकोमा ´स्वास्थ्य बिमा र प्रभावकारी कार्यान्वयन´ बिषयक अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य बिमाबोर्ड्का जिल्ला अधिकारी निर्मला कार्की र कल्पना बस्याल लगाएतले सरकारले जनतालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य बिमा कार्यक्रमलाई अझ भरपर्दो बनाई यसको दायरा बढाउनुपर्ने नेपाल सरकारलाइ सुझाव पनि दिएका छन् ।
दर्ता संयोजक होमनाथ पौडेलले उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्य राख्दै सेवाप्रदायक स्वास्थ्य संस्थाहरूमा औषधीको उपलब्धतामा कमी, सेवा प्रदायक स्वास्थ्य संस्थाको तयारी एवं जिम्मेवारी बीमित र गैरबीमितको उपचारमा फरक, स्वास्थ्य संस्थाको तहअनुसारको सेवा प्राप्त नहुने गुनासो, स्वास्थ्य संस्थाहरूमा डिजिटल प्रविधि अभाव, कमजोर एप्सको प्रयोग, प्रदेश र स्थानीय तहबाट स्वास्थ्य बिमा कार्यक्रमप्रति जिम्मेवारी बोधमा कमी लगायतको समस्याबाट ग्रसित भएको गुनासो गरे ।
जिल्लामा पहिलोपटक गरिएको कार्यक्रमको अध्यक्षता सुजन अधिकारीले गरेका थिए । कार्यक्रम समापन मन्तव्यमा अधिकारले `हामि जिल्लाभर विशिष्टकृत स्वास्थ्य सेवामा काम गरिरहेका छौँ हामी समाजमा यो सेवामूलक अभियानलाई घरघरमा पुर्याउने महान लक्ष्यमा अडिक हुँदै अघि बड्नु पर्ने बताए । कार्यक्रमको मिनाक्षि कंडेलले सहजीकरण गरेकी थिइन ।








