• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

सीएमसी क्यान्सर इन्स्टिच्यूटको भाेली औपचारिक उद्घाटन हुने

  •   बुधबार, माघ ११, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। चितवन मेडिकल कलेज शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटको माघ १२ गते (भाेली) औपचारिक उद्घाटन हुने भएको छ । माघ १२ गते बिहान १० बजे एक कार्यक्रमका बीच औपचारिक उद्घाटन गर्न लागिएको हो । कलेजको १६ औं वार्षिकोत्सव तथा वसन्तपञ्चमीको अवसर पारेर इन्स्टिच्यूटको उद्घाटन गर्न लागिएको कलेजमा आज आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिइयाे ।

    इन्स्टिच्यूट भने यस अघिदेखि नै सञ्चालनमा आएको छ । क्यान्सर इन्स्टिच्यूटमा नेपाल सरकारले तोकेको विपन्न उपचार शुल्कमम क्यान्सरको उपचार हुँदै आएको छ । अस्पतालले सरकारले विपन्नका लागि तय गरेको सरकारी दररेटमा नै सबै खालका उपचार, परीक्षण र रेडियोथेरापी लगायतका सेवा दिएको जनाएको छ ।

    रक्तक्यान्सर बाहेक सम्पूर्ण क्यान्सरको परीक्षण र उपचार शुरु गरिएको इन्स्टिच्यूटका रेडिएसन अंकोलोजिष्ट डा। सुवास ठाकुरले कान्तिपुर हेल्थलाई बताउनुभयो । अस्पतालमा ब्राकी थेरापी, रेडिएसन, केमो थेरापी र शल्यक्रिया सेवा उपलब्ध छन् । यी सबै सेवाहरु नेपाल सरकारले तोकेको शुल्कमा गरिंदै आएको ठाकुरको भनाई छ ।

    इन्स्टिच्युटमा क्यान्सरका बहिरङ्ग सेवा, अन्तरंग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्राकी थेरापीलगायतका सेवा रहेका छन् । दैनिक एक सय जनासम्मलाई रेडियसन(सेक्ने) सेवा दिन सकिने गरी रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको छ ।

    डा।ठाकुरका अनुसार टाउकोभित्रको ट्युमरलाई बिना शल्यक्रिया उपचार गर्ने प्रविधि एसआरएस (स्टेरियो टेक्टिक रेडियो सर्जरी) पनि ल्याएको छ । यसबाट उपचार गर्दा शल्यक्रिया नगरी टाउकोभित्र रहेको ट्यूमरलाई भित्रै सेकाएर नष्ट गर्न सकिन्छ । यस्तै एसबिआरटि (स्टेरियो टेक्टिक बडि रेडिएसन थेरापी) सेवा पनि शुरु गरिएको छ । यसले शल्यक्रियाबिना शरीरका अंगहरुमा रहेको क्यान्सरका ट्यूमरहरुलाई नष्ट गर्दछ । डा ठाकुरका अनुसार फोक्सो, प्रोस्टेट, आन्द्राको क्यान्सरमा यो विधि उपयोगी हुन्छ । यसैगरी शल्यक्रिया गर्नै नमिल्ने गरी फैलिएको क्यान्सरको उपचारमा पनि यो प्रविधि सहज हुने उहाँको भनाई छ ।

    ब्रेकी थेरापीमार्फत शरीरभित्र उपकरण राखेर रेडियो एक्टिभ सोर्स प्रयोग गरेर क्यान्सर कोष मार्ने प्रविधि पनि इन्ष्टिच्युटमा ल्याइएको छ । पाठेघरको मुख र जिब्रोको क्यान्सर उपचारमा यो प्रविधिको बढी प्रयोग हुने गर्दछ ।

    क्यान्सर इन्स्टिच्यूटमा भारत, अमेरिका र चीनमा क्यान्सर उपचारमा काम गरेका अनुभवी विशेषज्ञ चिकित्सक रहेको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले जानकारी दिनुभयो । रेडियसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, बाल क्यान्सरको उपचारसहित सबै खालका क्यान्सरको उपचारका लागि आवश्यक अत्याधुनिक उपकरण ल्याईसकिएको उहाँले जानकारी दिनुभयो । क्यान्सर उपचारको क्षेत्रमा पछिल्लो समय विकास भएका अत्याधुनिक उपकरण आफूहरुले ल्याएको देवकोटाको भनाई छ । कतिपय भारतमा समेत नभएको उपकरण आफूहरुले भित्र्याएको देवकोटाले बताउनुभयो ।

    सरकारी क्यान्सर अस्पतालमा रेडिएसन सहितको उपचारका लागि महिनौं पालो कुर्नुपर्ने भए पनि सरकारले तोकै दररेटमै आफूहरुले आजको भोलि सेवा दिन सक्ने गरी व्यवस्थापन गरेको उहाँले बताउनुभयो । क्यान्सर उपचारका लागि सहयोगी हुने अन्य उपचार सेवा र उपकरण मेडिकल कलेजमा पहिलेदेखि नै भएकाले उपचारमा थप सहज हुने देवकोटाको भनाई छ । अस्पतालमा एमआरआई, सिटीस्क्यान, मेमोग्राम, स्पेक्टसिटी, बोन स्क्यानर, इण्डोस्कोपी, भिडियो एक्सरे, एक्सरे, ईसिजि, क्याथल्याब, ए ग्रेडको प्रयोगशाला, आईसियू, एनआईसियू, सिसियू रहेका छन् ।

    मेडिकल कलेजमा इमर्जेन्सी मेडिसिन एण्ड जनरल प्राक्टिस, एनेस्थेसियोलोजी, क्रिटिकल केयर एण्ड पेन म्यानेजमेन्ट, डर्मोटोलोजी, फोरेन्सिक मेडिसि, जनरल सर्जरी, इन्टनल मेडिसिन, गाईनो, अर्थोपेडिक, अप्थाल्मोलोजी, नाक–कान–घाँटी (ईएनटी), प्याथोलोजी, प्याडियाट्रिक, फिजियोथेरापी, न्यूक्लियर मेडिसिन, रेडिएसन अंकोलोजी, डेण्टल, मनोरोग विभाग रहेका छन् ।

    यस्तै सुपरस्पेशलिष्ट विभाग अन्तर्गत क्रिटिकल केयर, न्यूरो सर्जरी, यूरो सर्जरी एण्ड किड्नी ट्रान्सप्लान्ट, हेपाटोलोजी एण्ड लिभर ट्रान्सप्लान्ट, सिटिभिएस, कार्डियोलोजी, पल्मोनरी, क्रिटिकल केयर एण्ड स्लिप मेडिसिन, ग्यास्ट्रोइन्ट्रोलोजी एण्ड हेपाटोलोजी, इण्डोक्राईनोलोजी, ट्रमा सेन्टर, बाल सघन पेडियाट्रिक्स इन्टेन्सीभिष्ट, कपाल प्रत्यरोपण र आईभिएफ रहेका छन् । यहाँ लामो समयको अनुभव प्राप्त प्राध्यापक, सहप्राध्यापक लगायतका चिकित्सकहरु कार्यरत हुनुहुन्छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.