काठमाडौं । बंगलादेशले नेपाललाई कोरोनाको उपचारमा सहयोगी मानिएको रेम्डिसिभिर औषधि सहयोग गरेको छ । बंगलादेशको राजधानी ढाकास्थित नेपाली दूतावासमा एक कार्यक्रमबीच औषधि ५ हजार डोज नेपाललाई हस्तान्तरण भएको बंगलादेशका लागि नेपाली राजदूत डा। वंशीधर मिश्रले जानकारी दिए । सहयोग प्राप्त औषधि सोमबारसम्म नेपाल आइपुग्ने मिश्रको भनाइ छ । विश्वभर नै यो औषधिको अभाव भइरहेका बेला बंगलादेशबाट प्राप्त यो सहयोग निकै महत्वपूर्ण रहेको उनले बताए ।








