• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

व्यवस्थित बनाइदै उदयपुर सामुदायिक वनको पार्क, १० करोड बजेटको डिपिआर कार्यान्वयनतर्फ {भिडियो सहित }

  •   शनिबार, माघ १४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कालिका नगरपालिका ७ चितवनमा रहेको उदयपुर सामुदायिक वन उपभोक्ता समूहले पर्यटक भित्राउन पार्कलाई व्यवस्थित बनाउँदै नयाँ आयामहरु थप्ने भएको छ । अध्यक्ष शंकर लामाका अनुसार आफूहरु नयाँ समितिमा निर्वाचित भएसँगै सामुदायिक वनको आम्दानी बढाउँदै अहिलेको पार्कवारे देशभर प्रचारप्रसार गराउन थप व्यवस्थित गराउन लागिएको हो ।

    सामुदायिक वनभित्र १५ विघा जति क्षेत्रफलमा रहेको जमिनमा केशव लामा अध्यक्ष हुँदादेखि पिकनिक स्पोटको रुपमा अगाडि बढाइएको अध्यक्ष लामाको भनाई छ । अहिले सोही ठाउँमा भएको पिकनिक स्पोटलाई थप व्यवस्थित गराउँदै वाल उद्यान, नेपाली परम्परागत पिङ, गार्डेन लगायत निर्माण गर्दै थप व्यवस्थित गराउने योजना रहेको लामाले बताउनुभयो । सामुदायिक वनको आम्दानी,प्रदेश र केन्द्र सरकारबाट बजेट परेर हालसम्मका संरचना निर्माण भएको हो । अहिले सामुदायिक वन आफै ऋणमा रहेपनि बनिसकेको डिपिआर अनुसार थप योजना अगाडि बढाउने लामाको भनाई छ ।

    डिपिआर नगरपालिकाले बनाइदिएको हो । अव सोही डिपिआर अनुसार काम गर्न नगरपालिका, प्रदेश र केन्द्रसरकारसँग बजेट माग गर्ने उहाँको भनाई छ । पार्कलाई थप रमणीय बनाउँदै वार्षिक कार्ययोजना बनाई काम गर्ने तयारी भइरहेको अध्यक्ष लामाले जानकारी दिनुभयो । पार्क भित्र एकातर्फ पिकनिक स्पोट, अर्कोतर्फ स्वीमिङ पुल, बालवालिका खेल्ने मेट्रो रेल,नेपाली परम्परागत पिङहरु काठको रटेँपिङ, झाँते पिङ लगायत निर्माण गर्नेगरी बजेट माग गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

    साथै सोही पार्कमा सानो चिडियाखाना समेत बनाउने गरी पहल भइरहेको उहाँको भनाई छ । यसले गर्दा आन्तरिक पर्यटकको संख्या बढाउन मद्दत मिल्ने र त्यसको आम्दानीले समुदायमा रहेको गरिवी निवारणमा मद्दत तथा वन जोगाउन थप उर्जा मिल्ने समितिले विश्वास लिएको छ । जिल्ला वन सँग अनुमति लिएर चिडियाखानमा अजिङ्गर, मृग लगायतका वन्यजन्तु तथा चराचुरुङ्गीहरु राख्ने योजना रहेको उहाँको भनाई छ । पर्याप्त सम्भावना भएपनि यसको प्रचारप्रसार हुन नसकेको बताउँदै अध्यक्ष लामाले आफू अध्यक्षमा निर्वाचित भएको १० दिनमै भिडियो बनाएर व्यक्तिगत रुपमा प्रचारप्रसार थालेको बताउनुभयो ।

    अव भने वनको आफ्नै वेवसाइट बनाउने योजना रहेको र त्यसबाट थप प्रचारप्रसार गर्ने योजनामा रहेको बताउनुभयो । पदमपुरको भाइरल घरबाट करिव १ किलोमिटर भित्र रहेको र झरनासमेत नजिक पर्ने भएकाले यसको सम्भावना देखेरै आफूहरु यसको विकास गर्न लागेको बताउनुभयो । सो पार्कको विकास गर्न नगरपालिकाले बनाएको डिपिआर अनुसार १० करोड बजेट आवश्यक पर्दछ ।

    पर्याप्त बजेट नहुँदा अहिले भएका संरचनाको मर्मत सम्भार तथा सरसफाइमा केन्द्रीत हुनुपरेको बताउँदै अध्यक्ष लामाले सामुदायिक वनको विकासका लागि सवैले सहयोग गरिदिन आह्वान गर्नुभयो । अहिले पार्कमा प्रवेश गर्न पिकनिक स्टलको १ हजार रुपैया, प्रवेश शुल्क २० र चिल्ड्रेन पार्क प्रवेश ५० रुपैयाँ कायम गरिएको छ ।

    विद्यार्थी तथा वालवालिकालाइ निःशुल्क प्रवेश र पार्कीङ निःशुल्क गरिएको अध्यक्ष लामाको भनाई छ । साना देखि ठूला गाडिहरु सजिलै पार्किङ गर्न सकिने अध्यक्ष लामाको भनाई छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.