• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

वैकुण्ठनाथ गुरुकुल संचालनका लागि अक्षयकोष स्थापनार्थ चितवनको लंकुमा महायज्ञ हुने

  •   सोमबार, माघ १६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  लक्ष्मीवैकुण्ठनाथ मन्दिर, भरतपुर -४, धर्मचोक , लङ्कु, चितवनद्वारा संचालित श्री वैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम्(गुरुकुलम्)को सुसंचालन र सर्वाङ्गीण विकासका लागि बृहद् अक्षयकोष स्थापनार्थ अनन्त श्रीविभूषित त्रिदण्डी पराङ्कुशाचार्य(शठकोप) जीयर स्वामी, नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती, श्री वैष्णव परिषद् नेपालका अध्यक्ष स्वामी देवराजाचार्य लगायत देश-विदेशका प्रमुख सन्त-महात्मा,कथावाचक, विद्वान् , विचारकहरूको आशीर्वचन, दैनिक प्रवचन तथा पीठाधीश स्वामी जगन्नाथाचार्यको शिवसंकल्पमा डा. कमलनयनाचार्य रिजालको यज्ञाचार्यत्व तथा विश्व जागरण महाअभियान ट्रष्टका अध्यक्ष ईश्वरकृष्ण महाराजको निर्देशकत्वमा माघ २१ देखि फागुन ६ गतेसम्म श्री लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्या संरक्षण महायज्ञ महोत्सव २०७९ हुने भएको छ ।

    सो कुरा आयोजकद्वारा महायज्ञ परिसरमा आज पत्रकार सम्मेलन गरी बताइएको हो । महायज्ञको प्रथम चरण माघ २२ देखि २८ सम्म्म यशोदादेवी कौण्डिन्य माता तथा द्वितीय चरण माघ २९ देखि फागुन ६ सम्म अन्तर्रास्ट्रिय ख्यातिप्राप्त कथावाचक ईश्वरकृष्ण महाराजले राम-कृष्णकथामृत प्रवचन गर्ने आयोजकले जनाएको छ। महायज्ञको उद्घाटन हुन एक दिन अगि माघ २० गते दिउसो २ बजे मोटर-साइकल र्याली, महायज्ञको पहिलो दिन माघ २१ गते बिहान १० बजे लीला- झाँकीसहित विशाल शोभायात्रा एवम् उद्घाटन हुने तथा माघ २२ देखि फागुन ६ गतेसम्म बिहान ६ बजेदेखि १० बजेसम्म चार वेद, अठार पुराण, रामायण, महाभारत आदि धर्मग्रन्थ पारायण ,हयग्रीव- महालक्ष्मी-महासरस्वतीको विशेष आराधना-अर्चना, हवन, बिहान ११ बजेदेखि २ बजेसम्म प्रमुख वाचकबाट सङ्गीतमय श्रीरामकृष्णचरितामृत कथा-प्रवचन,दाता सम्मान, दिउसो २ बजेदेखि ४:३० बजेसम्म विशिष्ट आचार्य , विद्वान् विचारकहरूबाट प्रवचन , बेलुका ४ :३० बजेदेखि ५:३० बजेसम्म आरती, तीर्थ-प्रसाद वितरण, साँझ ७ बजेदेखि १० बजेसम्म राष्ट्रिय कलाकारहरूबाट साङ्गीतिकभजन,लीला- झाँकी तथा नाटक प्रदर्शन हुने सो कार्यक्रममा सहभागी हुन समस्त वैदिक विद्याप्रेमीजनहरूलाई आयोजक समितिले आह्वान गरेको छ।

    लक्ष्मीवैकुण्ठनाथ मन्दिरको प्रतिष्ठापूर्व नै २०२७ सालतिरबाटै अनौपचारिकरूपमा स्वामी , गुरु एवम् पुजारीहरूबाट विद्यार्थीहरूलाई यथोचित शिक्षा दिने कार्य चल्दै आएकोमा वर्तमान पीठाधीश जगन्नाथाचार्य स्वामीको अभिषेकपछि २०४१ सालबाट वेद-वेदाङ्गको अध्यापनका लागि गुरुकुलको स्थापना गर्ने कार्यलाई अगाडी बढाई २०४४ साल पुस २२ गते परमानन्द गुरुबाट उद्घाटन भएको सो गुरुकुलमा २०७१ सालमा सम्बद्ध प्रशासनिक निकायबाट कक्षा ६ को मान्यता प्राप्त गरी २०७६ सालदेखि क्रमशः कक्षा ९ हुँदै यसै वर्षदेखि कक्षा १२सम्म संचालन भइरहेको यस गुरुकुलमा अहिले देशका विभिन्न क्षेत्रबाट आएका ५५ जना विद्यार्थीहरूले आवासभोजनसहित नि: शुल्क शिक्षा लिइरहेको आयोजकले जनाएको छ।

    गुरुकुलमा हाल संचालित माध्यमिक तहको गुरुकुलीय संस्कृत शिक्षालाई सुव्यवस्थित , गुणस्तरीय र समृद्ध बनाउँदै उच्च शिक्षाका लागि आवश्यक पूर्वाधार तयार गरी स्नातक हुँदै स्नातकोत्तरसम्म पुर्याउने लक्ष्य लिइएको र सो लक्ष्य प्राप्तिका लागि हाल गुरुकुलमा रहेको कोष अत्यन्त न्यून रहेकाले जनसहयोगबाट एक बृहत् अक्षयकोष स्थापना गरी त्यसको ब्याजबाट गुरुकुल संचालन गर्न महायज्ञको आयोजना गरिएको संयोजक तथा गुरुकुल संचालक समितिका अध्यक्ष तुलसीराम सापकोटाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.