पोखरा । नवलपरासी पूर्वमा २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा विनयत्रिवेणी नगरपालिकाका २० र गौंडाकोटका १ जनामा संक्रमण पुष्टि भएको हो । सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको निर्देशनालयका निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिए । यससँगै अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ७७ पुगेको छ ।








