• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

शिवशिखर बहुद्देश्यीय सहकारी संस्थाले बचत फिर्ता दिन सकेन, बचतकर्ताको बिचल्ली

  •   सोमबार, माघ १६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल । देशभर व्यावसायिक नेटवर्क बनाउने भन्दै विभिन्न जिल्लामा शाखा बिस्तार गरेको ‘शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ ले रकम फिर्ता नदिएपछि बचतकर्ताहरू विचल्लीमा परेका छन्।  बुटवलका ६१ वर्षीय ऋषिकुमार गिरीले अटो रिक्सा चलाएर उक्त सहकारीमा दैनिक दुई सय रुपैयाँ जम्मा गर्ने गरेका थिए। उनको बचत ४२ हजार ४४३ रुपैयाँ पुगेको थियो। दुई महिना धाएर १५ हजार रुपैयाँ पाए। बाँकी पैसा पाउने छाँटकाँट छैन।

    ऋषिकुमार दैनिकजसो सहकारी संस्थाको कार्यालय पुग्छन्। बुढ्यौलीमा सजिलो होला भनेर बचत गरेको रकम निकाल्न खोज्दा सहकारीका व्यवस्थापक नै गायब भएको उनले बताए। ‘रिक्सा चलाएर कमाएको पैसा बुढेसकालमा काम लाग्ला भनेर सहकारीमा बचत गरेँ। अहिले दिनदिनै धाउँदा पनि पैसा पाएको छैन,’ यही आइतबार सहकारी संस्थाको कार्यालयमा भेटिएका ऋषिकुमारले भने, ‘व्यवस्थापकले मोबाइल फोन अफ गरेका छन्, कार्यालयमा भेटिँदैनन्।’ तिलोत्तमा नगरपालिकामा कस्मेटिक उद्योग सञ्चालन गर्दै आएका काशीराम गौतम र उनका साझेदारहरूले पनि शिव शिखर बहुउद्देश्यीय सहकारीमा दैनिक बचत गरे।

    उद्योगका तीन जना साझेदारका तीनवटा र उद्योगको एउटा गरी चारवटा खातामा हाल १६ लाख रुपैयाँ जम्मा भएको छ। काशीरामका अनुसार केही वर्ष बचत गरेर व्यवसाय विस्तार गर्ने योजना थियो। अहिले उनीहरू बचत रकम निकाल्न चाहन्छन् तर सहकारीका सञ्चालकहरू सम्पर्कविहीन छन्। बुटवलको कालिकानगरमा चियाखाजा पसल चलाउने कमला पाण्डेले तीन जना छोराछोरीको नाममा उक्त सहकारीमा तीनवटा खाता खोलेर पैसा जम्मा गरिन्। प्रत्येक खातामा १०५ रुपैयाँका दरले दैनिक ३१५ रुपैयाँ बचत गरिन्। हालको बचत ९० हजार रुपैयाँ छ। बचत निकाल्न कमला सहकारीको कार्यालय धाएको दुई महिनाभन्दा बढी भयो। पैसा पाएकी छैनन्।

    ‘खाता खोल्न भन्दै सहकारीका कर्मचारी पसलमै पुगेका थिए। चौध प्रतिशत व्याज दिन्छौँ, धितोबिना पाँच लाख रुपैयाँसम्म ऋण दिन्छौँ भने। फकाएर खाता खोल्न लगाए,’ कमला भन्छिन्, ‘अहिले पैसा फिर्ता लिने बेला सञ्चालकहरू बेपत्ता छन्।’ बचत संकलनका लागि दैनिक पसलमा पुग्ने कर्मचारी पनि अहिले आउन छाडेको र सहकारी कार्यालयमा पनि नभेटिएको बताइन्। बुटवलको कालिकानगरमा किराना पसल चलाउने धर्म श्रेष्ठले मासिक र दैनिक गरी शिव शिखर बहुउद्देश्यीय सहकारीमा दुईवटा खाता खोलेका थिए। हाल उनको मासिक खातामा ७० हजार र दैनिक खातामा १० हजार रुपैयाँ जम्मा भएको छ।

    उनी पनि रकम निकाल्न सहकारी कार्यालयमा धाइरहेका छन् तर पाएका छैनन्। बुटवलका राम जयसवालले गत वर्ष श्रीमती जानकीकुमारी कानुको नाममा खाता खोलिदिएका थिए। २०७८ साल पुसमा शेयर बापत १० हजार र मासिक वचतबापत एकै पटक ११ हजार रुपैयाँ बुझाए। यसपछि उनले दैनिक कम्तीमा सय रुपैयाँ र कुनै दिन त १० हजार रुपैयाँसम्म जम्मा गरे। उनका अनुसार खातामा शेयर बापत पाँच हजार रुपैयाँ मात्रै देखिएको छ। उनले दैनिक बचतको हिसाबमा पनि शंका गरेका छन्।

    ‘हामीले ऋण लगेर नतिरेको भए सहकारीले धितो लिलाम गर्ने थियो। व्यवसायमा ताला लगाइदिने थियो,’ राम जयसवालले भने, ‘हाम्रो बचत दिने बेला सहकारी नै गायब भएको छ।’ बुटवलकी कमला जिसीलाई आफ्ना श्रीमानले सहकारीमा बचत खाता खोलिदिएका छन् भन्ने थाहा पनि थिएन। केही महिनाअघि श्रीमानको मृत्यु भयो। कमला आफैँ पसलमा बस्न थालेपछिमात्रै सहकारीमा आफ्नो नामको खाता रहेको र दैनिक बचत गरेको थाहा पाइन्। एक दिन उनी सबै रकम निकाल्ने विचारले सहकारी कार्यालय पुगिन्। कर्मचारीले एक वर्षको लागि खोलिएको खाताबाट चार–पाँच महिनामै पैसा निकाल्दा जरिवाना लाग्छ भने। जरिवान तिर्नु उचित नठानेर उनले दैनिक बचत गर्दै गइन्।

    अहिले खातामा १८ हजार रुपैयाँ छ। सबै रकम निकाल्न चाहन्छिन् तर सञ्चालकहरू बेपत्ता छन्। बुटवल उपमहानगरपालिका–१०, योगीकुटीमा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी सहकारी संस्थाको कार्यालयमा हरेक दिन बचतकर्ताको भिड लाग्ने गरेको छ। हातमा चेक बोकेर सहकारीको कार्यालय पुग्ने बचतकर्ताहरू निराश भएर फर्किने गरेका छन्। गत महिना सहकारी कार्यालयमा बचतकर्ताहरूको भिड बढ्दै गएपछि सञ्चालकहरूले माघ सात गतेभित्र सबै रकम भुक्तानी दिने आश्वासन दिए। माघ सातपछि भने सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन छन्। सहकारीमा बचत गरेको रकम जोखिममा रहेको थाहा पाएपछि गएको दसैँदेखि नै बचतकर्ताहरूले सहकारीबाट रकम झिक्न खोजेकाका थिए। सहकारीले केही दिन बचत रकमका आधारमा एक दिनमा पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म सीमा तोकेर भुक्तानी दिएको थियो। सहकारीले सञ्चालन गरेको ‘गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर्स’ लाई चेक दिएर त्यहाँबाट सामान लैजाने सुविधा पनि दिएको थियो।

    हाल रकम भुक्तानीको सबै सुविधा बन्द छ। सञ्चालक समितिका पदाधिकारी र कार्यालय व्यवस्थापक सम्पर्कविहीन छन्। उनीहरूले मोबाइल फोन बन्द राखेका छन्। बचत फिर्ता नपाउँदा उजुरी गर्ने निकाय नभेटेको बचतकर्ताहरूले गुनासो छ। सहकारी ऐनमा बचतकर्ताले जम्मा गरेको रकम उसले चाहेको समयमा झिक्न पाउने प्रावधान छ। सहकारी संस्थाहरूको नियमन निकायका रूपमा संघीय सरकारको गरिबी निवारण तथा सहकारी मन्त्रालयको सहकारी विभाग छ। प्रदेश स्तरमा रजिस्ट्रारको कार्यालय र पालिकास्तरमा सहकारी शाखा छन्।

    नियमनकारी निकाय उदासीन रहेको र नियमित अनुगमन हुन नसक्दा समस्या देखिएको सहकारीका अभियन्ता सन्दीप सापकोटाको भनाइ छ। लुम्बिनी प्रदेशको अर्थ तथा सहकारी मन्त्रालयका सचिव नेत्र सुवेदीले शिव शिखर सहकारीको दर्ता संघमा भएकोले प्रदेशले कुनै कार्बाही गर्न नसक्ने बताए। उनले भने, ‘राष्ट्रियस्तरमा अनुमति लिएका सहकारीलाई प्रदेशबाट केही गर्न सकिएन।’ शिव शिखर सहकारी संस्थाको केन्द्रीय कार्यालय भक्तपुरमा छ। यो सहकारीले २०६९ असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र पाएको थियो। उक्त सहकारी संस्थाले देशका विभिन्न स्थानमा ‘गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर्स’ चलाएको छ।

    बुटवल उपमहानगरपालिकाबाट २०७८ साउनमा व्यवसाय दर्ता प्रमाणपत्र लिएर योगीकुटीमा डिपार्टमेन्टल स्टोर्स चलाएको छ। बचतकर्ताहरूको गुनसोबारे प्रतिक्रिया लिन उक्त सहकारीको बुटवल शाखाका व्यवस्थापक प्रदीप श्रेष्ठलाई फोन गर्दा सम्पर्क हुन सकेन। उनको मोबाइल फोन बन्द रहेको छ। शिव शिखर सहकारीमा बदाम, चिया र पान बेच्ने साना व्यवसायी, अटो रिक्सा चालक लगायत मध्यमस्तरका व्यवसायीले बचत गरेका छन्। सेतोपाटी अनलाईनबाट

     

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.