• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

क्षेत्राधिकार मिचेर धनगढीमाई नगरप्रमुख शिवशंकर महतोको सिफारिस, आर्थिक चलखेलको आशंका

  •   बुधबार, माघ १८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सिरहा । सिरहा धनगढीमाई नगरपालिकाका प्रमुख शिवशंकर महतोले क्षेत्राधिकार मिचेर पदीय मर्याताविपरीत वडाले दिने सिफारिसमा आफैंले हस्ताक्षर गरेको पाइएको छ । नगर प्रमुख महतोले क्षेत्राधिकारको ख्याल नै नगरी वडा अध्यक्षले गरिने जग्गाको घरबाटो सिफारिसमा आफैले हस्ताक्षर गरेको पाइएको हो । प्रमुख महतोले धनगढीमाई– ३ का सुनैर देवी तेलिनको नाउँमा दर्ता कायम रहेको साविक भवानीपुर प्रध गाविस ८ ‘क’ कित्ता नम्वर ८० र ४४६ को ९ कठ्ठा ७ धुर जमिनको घरबाटो सिफारिस गरेको सार्वजनिक भएको छ ।

    जग्गा धनीले बाटो नै नभएको जग्गाको कृषि सडक रहेको भनि सिफारिस माग गरेपछि वडा अध्यक्षले आलटाल गरको भन्दै जग्गा धनीले पैसा र शक्तिको भरमा नगर प्रमुखबाटै सिफारिस लिन सफल भएको वडा अध्यक्षहरु बताउँछन्। वडा अध्यक्षहरुले नगर प्रमुखले क्षेत्राधिकारको ख्यालै नगरी वडा आफूहरुको अधिकारसमेत हनन् हुनेगरी सिफारिस दिएको आरोप लगाएका छन् । यस विषयमा वडा अध्यक्षहरुले गत पुस २९ गते भएको हिउँदे नगरसभामा समेत कुरा उठाएका थिए ।

    त्यसबेला नगरप्रमुखले गल्ती भएको भन्दै माफी मागेको एक वडा अध्यक्षले बताए । वडा नम्बर ३ का वडा अध्यक्ष वीरेन्द्र साहले विवादित बाटो भएकोले साँधमा रहेका अर्को पक्षलाई पनि बोलाउन अनुरोध गरेपछि जग्गा धनीले ‘पावर’ र पैसाको बलमा मेयरबाटै सिफारिस लिएको बताए । उनले भने, ‘जग्गा धनीकै परीवारका एक सदस्य अघिल्लो वडा अध्यक्ष हुनुहुन्थ्यो । वहाँले त्यसबेला पनि बल प्रयोग गरेर अरुको जमिनमा बाटो बनाउनु भएको थियो ।

    अहिले पनि त्यो विवाद कायमै रहेकोले मैले दुवैजना आउनुस् भनेको मात्र थिएँ । तर, उहाँ पावर देखाउन मेयरकोमा पुगेर सिफारिस लिएछन् ।’ यता नगरप्रमुख शिवशंकर महतोले आफू कार्यालयबाट बाहिर निस्कने क्रममा गाडीमै कर्मचारीले ल्याएर हस्ताक्षर गराएकोले कागज हेर्न नपाउँदा यस्तो हुनु पुगेको बताए । आफूले हस्ताक्षर गरेको स्वीकार्दै राम्रोसँग कागज हेर्न नपाउँदा त्यस्तो पर्न गएको उनको भनाइ छ । गत माघ १४ गते धनगढीमाई नगरपािलकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासद्वारा आयोजित ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनसम्बन्धी स्थानीय तहस्तरीय अन्तरक्रिया’ मा पनि यस विषयमा वडाअध्यक्षहरुले कुरा उठाएका थिए ।

    आयोगका बर्दिवास प्रमुख गोपाल अधिकारीसमेतको उपस्थिति रहेको कार्यक्रममा वडाअध्यक्षहरुले यस विषयमा कुरा उठाए पनि बिनासुनुवाइ कार्यक्रम समापन गरिएको सहभागीहरु बताउँछन् । उनीहरुले भने, ‘बाटो नभएको जग्गामा कृषि सडक भएको सिफारिस दिनु र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख समेत रहेको कार्यक्रममा राजस्व छली समेत देखिए पनि यस्ता गम्भीर विषयउपर कसैले कुनै किसिमको चासो नलिनुले स्थानीयस्तरमा विभिन्न किसिमका शंका उपशंकाहरु उब्जिन थालेका छन् ।’ उनीहरुले आर्थिक चलखेलको आशंका पनि गरेका छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.