चितवन – चितवनमा केही दिन अघि मात्र प्रमुख जिल्ला अधिकारी जिम्मेवारी सम्हाल्न आएका सुरेन्द्र पौडेलले राष्ट्रिय परिचयपत्र र राहदानी वितरण सहज बनाउने बताएका छन । आज पत्रकारसंँगको परिचयात्मक तथा अन्र्तक्रियाको क्रममा उनले बुधबारदेखि वितरण प्रणाली केही सहज भएको बताए ।
‘पासपोर्ट बनाउन चितवन जिल्लाका लागि अनलाइन मार्फत ३ हजार जनाको फारम भर्ने व्यब्स्था मिलाइएको छ उनले भने, यसका लागि दैनिक १ सय २० जनाले सेवा लिन सक्नेछन् ।’ साथै उनले राष्ट्रिय परिचय पत्र बनाउन आउने सेवाग्राहीहरुको चापलाई मध्यनजर गर्दै छिटो छरितो सेवा प्रवाह गर्न निर्देशन दिएको बताए ।
सो अवसरमा बोल्दै प्रजिअ पौडेलले चितवन देशकै केन्द्रबिन्दु रहेकोले पनि यहांँ चुनौतिसंँग अवसर प्राप्त हुने बताए । चितवनमा आफू रहँदा धेरै अनुगमन र हैरानी गर्ने भन्दा पनि शुसासनको प्रणाली स्थापना गर्ने तर्फ बढी ध्यान केन्द्रित गरिने उनको भनाई छ । बिगत २८ बर्षदेखि गृह मन्त्रालय अन्तरगत विभिन्न भुमिकामा रहेर काम गर्दै आएका पौडेल धनुषाको सिडियोबाट सरुवा भई केही दिन अघि मात्र चितवन आएका हुन् ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी द्वय चिरञ्जीवी शर्मा र राजु पौडेलको समेतको सहभागिता थियो ।








