चितवन
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख विक्की राउतले कोरोनाको महामारीले गर्दा चितवनका बजारमा कालो बजारी व्यापक भएको उपभोक्ताले गुनासो गरे पछि नियमित रुपमा बजार अनुगम गरिएको जानकारी दिए ।
कोरोना भाइरस (कोभिड–१९) को त्रास जनमानसमा फैलिए संगै चितवनका व्यवसायीले हरेक सामाग्रिमा उच्च मुल्य लाद्न थालेको सुचनाको आधारमा जिल्ला प्रशासन, स्थानिय तहको समन्वयमा अनुगम गरिएको उनले बताए ।उनले ग्यास, औषधि, मास्क, खाद्य पदार्थ जस्ता सामाग्रिमा छेड्के अनुगम गरिएको बताए । उनले कालोबजारी, कृत्रिम अभाव नियन्त्रण गर्न गम्भीर ढङ्गबाट अगाडि बढेको बताउँदै उनले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बजार अनुगमनलाई व्यापक बनाइने जानकारी गराए । उनले भने हामी सुतेको ,छैनौं “जनताको सेवामा २४ सै घन्टा सम्म तयार छौं ।” उनले स्थानिय तहको समन्वयमा अनुगम गरिएको बताए । उनले ग्यास, औषधि, मास्क, खाद्य पदार्थ जस्ता सामाग्रिमा छेड्के अनुगम गरिएको बताए। कोरोनाका कारण उपभोग्य वस्तुको अभाव हुने त्रासले उपभोक्ताले सामान ‘होल्ड’ गर्ने प्रवृत्तिले गर्दा बजारमा चाप परेको उल्लेख गर्दै उनले अत्यावश्यकीय सामग्रीको आपूर्तिमा कुनै समस्या नभएकाले अनावश्यक भण्डारण नगर्न समेत आग्रह गरे ।

त्यस्तै उपभोक्ता आफैँ अनुगमनकर्ता भइदिन आग्रह गर्दै उनले कालोबजारी तथा कृत्रिम अभाव भएमा सम्बन्धि निकाएलाई सूचना दिन पनि अनुरोध गरे। उनले कोरोना भाइरसको त्रासलाई चितवनका अवसरबादी व्यवसायीहरुले कमाउने बाटो बनाई रहेको भन्ने सुचना आएपनि अनुसन्धान गरिए पनि हालसम्म त्यस्ता व्यवसायीहरु फेला नपरेको बताए । उपभोग्यवस्तुको कृत्रिम अभाव र कालोबजारी हुन नदिन सम्बन्धित निकायसँग समन्वय गरेर संयुक्त रुपमा बजार अनुगमन गर्ने गरिएको बताए।कोरोनाको त्रास देखाउँदै कालोबजारी सिर्जना गर्ने व्यापारीमाथि कडा कारबाही गर्ने बताए। अनावश्यक हल्ला फैलँदा व्यापारीले खेल्ने अवसर पाएको भन्दै डर, त्रास देखाएर कालोबजारी गर्ने व्यापारीलाई नियन्त्रणमा लिएर कारबाही गर्ने बताए ।यस्ता अवसरवादी व्यवसायीहरु कही कतै देखा परेमा सम्बन्धीत निकायमा सुचना दिन समेत उनले आग्रह गरे।








