• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

भारत र चीनका नाका आजबाट बन्द

  •   सोमबार, चैत १०, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ, सरकारले कोभिड–१९ को सम्भावित सङ्क्रमणको जोखिम नियन्त्रण र रोकथामका लागि एक साताका लागि अन्तर्राष्ट्रिय सीमा नाकाबाट यात्रु आवागमन स्थगन गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उहाँको निवास बालुवाटारमा आईतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले आज (सोमबार ) बिहान १० बजेदेखि चैत १६ गतेसम्म लागू हुने गरी एक साताका लागि अन्तर्राष्ट्रिय सीमाका सबै प्रवेश नाकाहरुबाट यात्रु आवागमन स्थगन गर्ने निर्णय गरेको अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो ।

    “वस्तुको सीमा वारपार नियमित हुन्छ, यात्रुको मात्र आवागमन मात्र स्थगन गरेका हौँ”, उहाँले भन्नुभयो, “यो सङ्क्रमण धेरै व्यक्तिको आवतजावतबाट र सीमा पार गर्नेबाटै सिर्जना हुने भएकाले अहिले उत्पन्न विषय र छिमेकी मुलुकहरुको हितलाई ध्यानमा राखेर आवागमन स्थगित गर्ने निर्णय भएको हो ।” अन्तर्राष्ट्रिय रुपमा र क्षेत्रीय रुपमा हेर्ने हो भने दक्षिण एशिया, पूर्वी एशिया, कोरोनाबाट बढी सङ्क्रमित हुँदै गएको अवस्थामा यस्तो निर्णय लिनु परेको सरकारले जनाएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “हामीले बहुपक्षीय, द्विपक्षीय सहयोगहरु अघि बढाउनुपर्नेछ, एउटा देशमा भएको सङ्क्रमण अर्को देशमा नसरोस्, जोखिम पनि नबढोस्, एकापसमा सहयोग पनि बढाउन र समझदारी कायम होस् भनी यो निर्णय भएको हो ।”

    बैठकले कोरोनाबाट सङ्क्रमण भइहालेको खण्डमा उनीहरुको उपचारका लागि चन्द्रागिरि नगरपालिकास्थित सशस्त्र प्रहरी बलको अस्पताललाई ‘डेडिकेटेड’ अस्पतालका रुपमा रुपान्तरण गरी व्यवस्थापन गर्ने निर्णय गरेको छ । उक्त अस्पतालमा सेना, प्रहरीलगायतका चिकित्सकहरुको परिचालन गरेर त्यसलाई आवश्यक परेमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।सरकारले सङ्क्रमणबाट बच्नका लागि आवश्यक पर्ने उपकरण, स्वास्थ्य सुरक्षाका सामग्रीको दिगो व्यवस्थापनका लागि अर्थ मन्त्रालयले विकास साझेदारहरुसँग सहकार्य गरी स्वास्थ्य र परराष्ट्र मन्त्रालयको समन्वयमा सहायता परिचालन गर्ने, आवश्यक पर्ने सामग्री छिटो अन्तर्राष्ट्रिय सहयोगबाट प्राप्त गर्न पहल गर्ने निर्णय गरेको छ ।

    स्वास्थ्यकर्मीलाई ५० देखि शत्प्रतिशतसम्म प्रोत्साहन भत्ता

    बैठकले स्वास्थ्यकर्मीहरुलाई प्रेरित गर्न प्रयोगशाला वा परिस्थितिअनुरुप स्वास्थ्य सेवाको ‘फ्रन्ट डेस्क’मा परिचालित हुने सबैलाई उत्प्रेरणास्वरुप ५० देखि शत्प्रतिशतसम्म प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । सरकारले उहाँहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि सबै उपकरणहरु उपलब्ध गराएर प्रोत्साहित गर्ने जनाएको छ ।अन्तर्राष्ट्रिय नाकाबाट कुनै सङ्क्रमित व्यक्ति फेला परेमा उनीहरुलाई उपचार केन्द्रमा पु¥याउनका निम्ति बिरामीलाई अस्पतालसम्म ल्याउने व्यवस्थाका लागि स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयले सहकार्य गर्ने निर्णय गरेको छ ।

    कोही त्यस्तो सङ्क्रमित व्यक्ति भेटियो भने त्यो भाग्न, आलेटाले गर्न तथा आनाकानी गर्न नपाओस्, हुलहुज्जत नगरोस् भन्नका लागि सुरक्षा र स्वास्थ्यकर्मीसहितको टोलीले उपचार गर्ने ठाउँसम्म त्यो व्यवस्था गर्ने पनि सरकारले निर्णय गरेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गृह, रक्षा र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसमेतको सहयोगमा पर्यटन मन्त्रालयको नेतृत्वमा सम्पूर्ण सुरक्षाकर्मीहरु समेतलाई परिचालन गरी सङ्घ, प्रदेश र स्थानीय तहमा क्वारेन्टाइन सेन्टरहरु राख्ने निर्णय गरेको छ । उक्त कार्यको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ ।

    अत्यावश्यक सेवा नियमित

    सरकारले अत्यावश्यक सार्वजनिक सरकारी क्षेत्रका सबै कर्मचारी नियमित काममा आउने र सेवाहरु नियमित रुपमा सञ्चालन हुने जानकारी दिएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नियमित रुपमा बैठक बसेर बजारको आपूर्ति व्यवस्थाको अनुगमन गर्ने, आपूर्ति सहज तुल्याउने र बजारमा वस्तु अभाव हुन लागेमा भण्डारणलाई व्यवस्थित गर्ने निर्णय गरेको छ । कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई तत्काल कानूनी दायरामा ल्याएर सजाय गर्ने कार्यलाई अघि बढाउने जिम्मेवारी सो मन्त्रालयलाई दिएको छ ।प्रधानमन्त्रीबाट राष्ट्रका नाममा भएको सम्बोधनमा उल्लेख भएका विषयवस्तु र निर्देशन कार्यान्वयन गर्न बनेको कार्यतालिका कार्यान्वयन गर्न मन्त्रिपरिषद्को बैठकले स्वीकृत प्रदान गरेको छ ।

    सम्पूर्ण सरकारी र जनप्रतिनिधिमूलक निकाय तथा संस्थाहरुले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि गरेका प्रयासलाई सरकारले प्रशंसा गर्नुका साथै अझ सशक्त ढङ्गले अघि बढाउन निरन्तर सहयोग र सहकार्यका लागि आग्रह गरेको छ ।राजनीतिक दल, सामाजिक संस्था, सञ्चारमाध्यम सबैलाई अहिलेसम्म पु¥याएको सहयोग र सहकार्यका लागि धन्यवाद ज्ञापन गर्दै सरकारले अझ एकताबद्ध भएर सशक्त ढङ्गले सम्भावित जोखिमको विरुद्ध लड्न एकजुट हुन आह्वान गरेको छ ।

    सङ्क्रमण रोक्नका लागि ५० करोडको कोष

    कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सम्बन्धमा कोष निर्माण गर्ने र त्यो कोषमा सरकारले रु ५० करोडको शुरु पूँजी राख्ने निर्णय गरेको छ । कोरोनासम्बन्धी जोखिम फैलिरहेको अवस्थामा अर्थतन्त्रमा पर्न सक्ने केही न केही सङ्केतहरु देखिन थालेकाले पूर्वाधारमा पनि लगानी गर्नुपर्ने, खर्च गर्नुपर्ने भएकाले त्यसका लागि सहयोगी तत्पर भएर अघि बढिरहेको अवस्थामा सरकारले उक्त निर्णय गरेको हो ।

    त्यसमा सङ्घीय सरकारका मन्त्रीहरुले एक महिनाको तलब राख्ने र यो कोषमा राष्ट्रसेवक कर्मचारी, व्यवसायी, समाजसेवी, सङ्घसंस्था र व्यक्तिलाई उक्त कोषमा सहयोगका लागि आह्वान गर्ने निर्णय भएको अर्थमन्त्री खतिवडाले जानकारी दिनुभयो । यो कोषको रकम कोरोनासँग सम्बन्धित क्षेत्रमा पूर्वाधार तयार, स्वास्थ्य सामग्रीको आपूर्ति र सम्भावित भोलिका स्वास्थ्यसम्बन्धी जोखिम निराकरण गर्ने गरी प्रयोग गर्ने गरी कार्यविधि बनाउने निर्णय गरेको छ ।

    सञ्चारकर्मीको जवाफमा मन्त्री खतिवडाले निजी क्षेत्र र सुरक्षा निकायबाट मास्क, सेनीटाइजर र स्वास्थ्यकर्मीले प्रयोग गर्ने केही उपकरण उत्पादन भइरहेको जनाउँदै छिमेकी मुलुक भारत र चीनबाट थप सामग्री ल्याउन पत्रचार गरेको हुँदा केही दिनमा सहज हुने जानकारी दिनुभयो । केही औषधि भारतबाट आउने सुनिश्चित भएको जानकारी दिँदै उहाँले औषधिको अभाव हुने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।सङ्क्रमणको शङ्का लागेमा नजिकको स्वास्थ्य चौकी, प्रहरी चौकी, जनप्रतिनिधिमार्फत उपचारमा जान सकिने बताउदै उहाँले परीक्षण प्रयोगशाला, वीर अस्पताल, धुलिखेल र धरानमा व्यवस्था मिलाइएको जानकारी दिइयो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.