• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

गौशालावासी पाँच दिनदेखि धमिलो र दूषित पानी पिउन बाध्य

  •   सोमबार, माघ २३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    महोत्तरी, २३ माघ । महोत्तरीस्थित गौशाला नगरपालिकामा पिउने पानीको चरम समस्या भएको छ । स्थानीयवासी पाँच दिनदेखि धमिलो पानी पिउन बाध्य भएका छन् । बोरिङको सतह फुटेपछि करिब चार सय घरधुरी सफा पिउने पानीबाट बन्चित भएका हुन् । पाँच दिनदेखि वडा न.१२ को कान्तिबजार, नयाँ टोल, परहडिया, पुरानो कान्तिबजारलगायतका स्थानीयवासीहरु धमिलो र दूषित पानी पिउन बाध्य भएका स्थानीय हृदय सिंह कुशवाहाले जानकारी दिए । आइतबारकबाट नगरपालिकाले पिउने पानीको लागि ट्याकंरबाट व्यवस्था गरे पनि त्यो पर्याप्त बन्न सकेको छैन ।

    ‘नगरपालिकाले ल्याएको ट्याकंरको पानी पहुँचवालाहरुले मात्र पाएका छन्,’ कुशवाहाले भने, ‘पालिकाले तत्काल स्वच्छ खानेपानी व्यवस्था नगरेर स्थानीयवासीमा स्वास्थ्यमा समस्या देखिन सक्छ ।’ यता वडा अध्यक्ष कुशेश्वर सिंहले भने स्थानीयहरुको धारामा धमिलो दुषित पानी आए पनि पिउने पानीको समस्या नरहेको दाबी गरेका छन् । ‘बोरिङ अनुगमनको लागि जाँदा पिँधमा फुटेको देखियो,’ उनले भने, ‘त्यही बोरिङलाई मर्मतसम्भार गर्न सक्ने अवस्था छैन । नयाँ बोरिङको प्रक्रियामा छौँ ।’ दुषित पानीको कारण स्थानीयमा स्वास्थ्यमा समस्या देखिन थालेको छ । परहडियाका केही स्थानीयहरुमा झाडापखाला, रुघाखोकी जस्ता समस्या देखिन थालेको दिपलाल महतोले जानकारी दिए ।

    ‘विशेषगरी गर्भवती महिला, बालबालिकाहरुमा समस्या देखिन थालेको छ,’ उनले भने । पानीको समस्या समाधानका लागि नगरपालिका जाँदा उल्टै गाली गर्ने गरेको बताएका महतोले स्थानीय सरकारबाट अभिभावकत्व नपाएको गुनासो समेत गरे । पिउने पानी जस्तो गम्भीर विषयमा स्थानीय सरकारले बेवास्ता गरेको बताउँदै तत्काल समस्या सावधानको लागि पहलकदमी लिन स्थानीयहरुले ध्यानाकर्षण गराएका छन् । धमिलो र दूषित पानीको मुख्य दोषी खानेपानी उपभोक्ता समितिलाई दिँदै स्थानीयहरुले वडा अध्यक्ष आफै अध्यक्ष रहेको उक्त समितिले उपभोक्ताहरुको हितअनुकुल काम नगरेको हुनाले नै यस्तो अवस्था सिर्जना भएको आरोप लगाए ।

    वडा अध्यक्ष कुशेश्वर सिंहका अनुसार यसअघि समस्याग्रस्त क्षेत्रमा ३ वटा बोरिङ थिए । अहिले बिग्रिएको बोरिङसमेत गरि बाँकी एउटा बोरिङ छ । ‘खानेपानी डिभिजन कार्यालय महोत्तरीलाई जानकारी गराइसकेको हुनाले सोमबारदेखि नै प्राविधिकहरु आएर समस्याग्रस्त क्षेत्रमा अध्ययन गर्ने विश्वास लिएको छु,’ उनले भने । तर, वडा अध्यक्ष सिंहले प्रतिबद्धता जनाए पनि स्थानीय विश्वस्त हुन सकेका छैनन् । यसअघि पटक–पटक समस्याकाबारेमा ध्यानाकर्षण गराउँदा पनि उनीबाट सुनुवाइ नभएको स्थानीयहरुको गुनासो छ ।

    खानेपानी बोरिङलाई केही स्थानीयहरुले राती चोरेर सिंचाइमा प्रयोग गर्ने र मोटर लगाएर निकाल्ने गरेको हुनाले फिल्टरमा समस्या भएर इनार काम नलाग्ने भएको स्थानीय हृदय सिंह कुशवाहा बताउँछन् । गौशालामा पानीको समस्या भएको यो पहिलोपटक भने होइन । यसअघि गैरिटोलमा पनि विद्युत् प्राधिकरणबाट लाइन काटेपछि पिउने पानी अवरुद्ध भएको थियो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.