• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

प्रेमप्रसादको नियति भोग्नुनपरोस् भन्दै चितवनका उद्योगी–व्यवसायी उत्रिए सडकमा(भिडियो सहित)

  •   सोमबार, माघ २३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा आज चितवनका उद्योगी–व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् । नारायणगढ स्थित लायन्सचोकमा प्लेकार्ड सहित प्रर्दशनमा उत्रिएका उद्योगी व्यवसायीहरुले ‘गरिखाने मर्दै छ, सरकारको राजश्व घट्दै छ’ एकल अंकको व्याजदर कायम गर, भन्दै नाराबाजी विरोध कार्यक्रम गरेको छन । उद्योग वाणिज्य संघ चितवनको आव्हानमा भएको प्रर्दशनमा संघमा आवद्ध ३६ वटा वस्तुगत संघहरुको सहभागिता रहेको थियो ।

    उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले सरकारले उद्योगी–व्यवसायीका मागहरु सुनवाई गर्न आलटाल गरेको आरोप लगाउदै ‘अर्थतन्त्रमा देखिएका समस्या, नीजि क्षेत्रले भोगेका समस्या समाधानका उपायसहित सरकारको ध्यानाकर्षण महासंघस्तरबाटै भएकै थियो’, उनले भने ‘समस्या समाधान हुने आशमा थियौँ, तर सुनवाई भएन, अब निरन्तर आन्दोलनमा उत्रिन्छौँ ।’ अध्यक्ष श्रेष्ठले व्यवसायी चर्को व्यादरको मारमा परेको बताए । ‘सातदेखि आठ प्रतिशतको व्याजदर अहिले १६–१७ प्रतिशतसम्म पुगिसक्या’े, उनले भने, ‘व्याजदर एकल अंकमा हुनुपर्छ, मानसिक तनाव दिने काम रोकिनुपर्छ ।’

    चालु पुँजी कर्जासम्बन्धि मार्गदर्शन व्यवसायीमैत्री नरहेको जीकिर गर्दै उनले अर्थमन्त्रालय, नेपाल राष्ट्रबैंकबीचनै तालमेल नभएको बताए । उनीहरुको फरक फरक अर्थनीतिहरु भएकाले एउटै आवाज, एउटै स्वर हुनुपर्ने र अर्थतन्त्र सुधार गर्न जिम्मेवार बन्नुपर्ने भन्दै उनले संसदभवन अगाडी देहत्यागको प्रयास गरेका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यको निधनप्रति दुःख समेत व्यक्त गरेका थिए । “प्रेमप्रसादको नियति कसैले भोग्नु नपरोस्”, प्रेमप्रसादले सामाजिक सञ्जालमा लेखेका २५ बुँदे ध्यानाकर्षणका मुद्धाहरु सरकारले सुन्नुपर्छ, नीजि क्षेत्रले राखेका मागहरु पनि पुरा हुनुपर्छ ।” उनले भने । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य संघ–चितवनका पूर्वअध्यक्ष सहनलाल प्रधानले व्यवसायीमैत्री नीति ल्याउन सरकारलाई दबाब दिने बताए ।

    “पटक–पटक वार्ता भए, छलफल भए, आश्वासन पनि पायौँ”, उनले भने, “तर, समस्या जस्ताको त्यस्तै छ, भोलिको कर्जा कसरी जुटाउने भन्ने चिन्ताले सताएको छ ।” कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले व्यवसायी आत्मदाह गर्ने अवस्थासम्म पुग्दा सम्मपनि सम्बन्धीत निकायको ध्यानाकार्षण नभएकोले विरोधका कार्यक्रमको आयोजना गरिएको बताए। उद्योग वाणिज्य सं–चितवनका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले माग पुरा नभए तालाचाबी सरकारलाई बुझाउने चेतावनी दिए ।

    “उद्योग–व्यवसायनै धरासायी हुन थाल्यो, कोरोनापछि विस्तारै तंग्रिदै गएको अर्थतन्त्र फेरी बिग्रिन थाल्या”, उनले भने, “देशमा सरकार छ भन्ने अनुभूति व्यवसायीलाई पनि हुनुपर्छ ।” संघका प्रथम उपाध्यक्ष चिरञ्जिवि सुवेदीले उद्योगी–व्यवसायीलाई निराश पारेर देशको अर्थतन्त्र मजबुत बन्न नसक्ने टिप्पणी गरे । संघका उपाध्यक्ष राजेन्द्र ओलीले राज्यलाई कर तिरी राज्य सञ्चालनमा योगदान दिने तर राज्यको तर्फबाट दायित्व पुरा नगर्दा व्यवसायी सडकमा ओर्लनु परेको बताए । संघका उपाध्यक्ष शिरिष पन्तले स्वदेशमै रोजगारी सृजना गर्न लागेका युवाहरु समेत विदेश पलायन हुने स्थिति आउन थालेको बताए ।

    संघका कार्यकारी निर्देशक निलबहादुर केसीले उद्योग वाणिज्य संघले यस पूर्वनै सम्बन्धीत निकायको ध्यानार्कषण गराउने, विज्ञप्ती प्रकाशन गर्ने, डेलीगेशन जाने, अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने, पत्रकार सम्मेलन गर्ने लगाएतका कार्य गर्दा पनि हाल सम्म कुनै सुनवाई नभएकोले आन्दोलनको कार्यक्रम आयोजना गरिएको बताए । उद्योग वाणिज्य संघ–चितवनको नेतृत्व र पहलमा आजै चितवन जिल्लका रत्ननगर उद्योग वाणिज्य संघ, खैरहनी उद्योग वाणिज्य संघ, राप्ती उद्योग वाणिज्य संघ, कालिका उद्योग वाणिज्य संघ, माडी उद्योग वाणिज्य संघ, इच्छाकामना उद्योग वाणिज्य संघ, नवलपुरको गैंडाकोट उद्योग वाणिज्य संघहरुले पनि एकै समयमा आन्दोलनको कार्यक्रमहरु गरेका थिए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.