चितवन । नेकपा एमाले चितवनका नेता यमबहादुर परियार ‘ईन्द्रजित’ले आफू एमाले पार्टीमै रहेको स्पष्ट पारेका छन्। उनले आज एक विज्ञप्ति प्रेषित गर्दै नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा समाहित भएको आफ्नो नाम माओवादी केन्द्रसँग जोडेर विभिन्न सञ्चारमाध्यममा आएको भ्रमपूर्ण समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हुन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा नेकपा (एमाले)बाट नै पूरा हुने विश्वासका साथ २०७९ भदौ ३० गते पार्टीका श्रद्धेय अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री कमरेड केपी शर्मा ओलीको उपस्थितिमा नेकपा एमालेमा समाहित भई आफ्नो कार्यक्षेत्रमा निरन्तर क्रियाशिल रहेको अवस्थामा नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्यको रुपमा मेरो नाम पनि त्यस पार्टीमा जोड्नु त्रुटी र भ्रमपूर्ण रहेको मेरो ठहर छ ।’









