चितवन । नेपाली काङ्ग्रेसका प्रबक्ता डा. प्रकाशशरण महतले अहिलेको सरकार निर्माणको गठवन्धनको जग कम्जोर रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले कुनै बिचार र लक्ष्यका आधारमा बनेको गठवन्धन नभएको बताउनुभयो । उहाँले भन्नुभयो “ढिलो चाँडो यसको बिगठन हुने स्वभाबिक रहेको छ ।
तर कहीले हुन्छ । तीथि मिति तोक्न चाहादैनौ ।” उहाँले राष्ट्रपति काङ्ग्रेसको हुनु पर्ने बताउनुभयो । संबिधानको रक्षाका लागि काङ्ग्रेसको उम्मेदवार राष्ट्रपति बन्नु आबश्यक रहेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “हामीले सबै दललाई काङ्ग्रेसको उम्मेदवारलाई सहयोग गर्न आव्हान गरेका छौ । सरकारात्मक प्रतिकृयाहरु आएका छन् ।” काङ्ग्रेसको राष्ट्रपति वन्ने परिस्थिति निर्माण हुँदा नयाँ परिदृश्य पनि वन्न सक्ने उहाँको भनाई थियो ।
नेपालको आर्थिक, सामाजिक रुपान्तरण, शुसासन, बिकास, सम्बृद्धिका लागि र देशको मजबूतिका लागि काङ्ग्रेसको नेतृत्व आबश्यक रहेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो “ढिलो चाँडो अन्यपार्टीहरुले पनि महशुस गर्ने छन् भन्ने हामीलाई लागेको छ ।” काङ्ग्रेसको ध्यान अहिले राष्ट्रपतिको निर्वाचन तर्फ भएकाले अहिलेनै सरकारमा जाने भन्ने स्थितिमा नरहेको उहाँले स्पष्ट पार्नुभयो । काङ्ग्रेस कानुनी शासनमा बिश्वास गर्ने, लोकतन्त्रका लागि लगातार लड्ने पार्टी सबैभन्दा बढी बिचार र सुशासन प्रति प्रतिवद्ध पार्टी भएको उहाँको भनाई थियो ।
फरक प्रसंगमा बोल्दै उहाँले अहिलेको गठवन्धन महत्वकांक्षको पराकाष्ट र परिपूर्तीका लागि वनेको बताउनुभयो । उहाँले भन्नुभयो “राजा चाहिन्छ भन्ने पनि छन् । चाहिदैन भन्ने पनि छन् । यसले के अर्थ दिन्छ ।”








