• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

ठूला र समुदाय केन्द्रित योजनाहरुलाई प्राथमिकता: मुख्यमन्त्री जम्कट्टेल

  •   शुक्रबार, माघ २७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ठूला र समुदाय केन्द्रित योजनाहरुलाई प्राथमिकता दिएर काम गर्ने बताएका छन् । नेपाल समाजवादी पार्टी मकवानपुरले आज हेटौंडामा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले योजनाहरुमा न्युनतम कतिसम्म बजेट हाल्ने भन्ने आधार समेत तयार गरिने बताए । ‘न्युनतम आधार तयार पारेर प्रदेश सरकारले योजनाहरुमा लगानी गर्नेछ’, उनले भने, ‘साना र टुक्रे योजनाका कारण प्रदेश सरकारले गरेका कामहरुको परिणाम प्रभावकारी देखिएको छैन ।’

    बागमती प्रदेश सरकारले ब्यक्तिलाई दिने अनुदान पनि बन्द गरिने उनको भनाई छ । ‘अब हामी समुदाय केन्द्रित अनुदान मात्र बितरण गर्छौं, बन्दा समाज नै बन्नुपर्छ कुनै ब्यक्ति मात्र हैन’, जम्कट्टेले भने, ‘त्यसको सुरुवात यही वर्षबाट गर्दैछौं ।’मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले छिट्टै सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने बताए । देशको अबको यात्रा समाजवादी आन्दोलन भएकाले त्यसको लागि सबै माओवादी पृष्टभूमि भएका सबै दलहरु एक हुनु आवश्य रहेको उनको भनाई छ ।

    बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष गंगानारायण श्रेष्ठले नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच छिट्टै एकता हुने बताए । ‘प्रचण्ड र बाबुराम जि ले छुट्टा छुट्टै गर्नुभएको प्रयोग सफल देखिएन, अब एक भएर जानुको बिकल्प छैन’, उनले भने, ‘त्यसको लागि पार्टी एकताको अन्तिम तयारीम पुगेका छौं ।’ जनयुद्धले स्थापित गरेका एजेण्डाहरुलाई बलियो बनाउन पनि एकता आवश्यक रहेको उनको भनाई छ ।

    बागमती प्रदेश सरकारले जनपक्षीय कामहरुको सुरुवात गरेको श्रेष्ठले बताए । ‘हामीले आधारभूत वर्गको पक्षमा काम गर्छौं, सरकार सबैको हो भन्ने अनुभूति दिलाउनेगरी काम गर्ने हाम्रो प्रयास हुनेछ ।’ नेसपा मकवानपुरको अध्यक्षमा भेट्टवाल नेपाल समाजवादी पार्टी मकवानपुरको अध्यक्षमा राजकुमार भेट्टवाल चयन भएका छन् । सम्मान कार्यक्रम अघि भएको कार्यक्रममा भेट्टवालको अध्यक्षतामा ६३ सदस्यीय कार्य समिति घोषणा गरिएको हो ।

    समितिको उपाध्यक्षमा रामचन्द्र थिङ (अविरल), हरिहर खतिवडा, दुर्गा कुमारी रमौली,सह सचिव निखिल पौडेल, कोषाध्यक्ष सुदिप कार्की लगायत रहेका छन् । पार्टीका केन्द्रीस्य सदस्य तथा मकवानपुर इन्चार्ज राजेन्द्र सिम्खडा (दारी बा) को सभाध्यक्षतामा भएको घोषणा सभा पार्टीका गैह्र भौगलिक समिति इन्चार्ज सोनाम सिं स्याङ्तान (विजय)को प्रमुख आतिथ्यतामा तथा पार्टीका बागमती प्रदेश समिति अध्यक्ष वन्दना सुवेदीको विषेश आतिथ्यतामा भएको थियो ।

    कार्यक्रममा राजनीतिक समिति सदस्य प्रमोद श्रेष्ठ, केन्द्रीय सल्लाहकार समिति सदस्य डिवि थापा, केन्द्रीय सदस्य तुफान बिक्रम क्षेत्री (दिपशक्ति), संघीय परिषद सदस्य इजहार आलम लगायतको आतिथ्यता रहेको थियो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.