• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

अस्पताल होईन फोन गर्नुस्

  •   सोमबार, चैत १०, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवनः भरतपुर अस्पतालमा बिहानको समय बिरामीको चाप उस्तै हुन्छ । त्यही माथि समयमा आएको परिबर्तन संगै बिरामीको चाप र कोरोनाको त्रास उस्तै छ । बिरामीको बिचमा पनि चिकित्सकहरु फोनमा परामर्श दिई रहेका छन् ।
    भरतपुर अस्पतालमा बिरामीको परिक्षण गर्दै फोनबाट परामर्श गर्दै हुनुहुन्थ्यो डा. प्रकाश खतिवडा । उहाँले भन्दै हुनुहुन्थ्यो “सामान्य हो घरमानै बसेर औषधि खानुस् ।”
    स्थानीय प्रशासनले जिल्लाका १० जना चिकित्सकको नम्बर सार्वजनीक गरेको छ ।
    यदि तपाईलाई स्वास्थ्यमा समस्या देखिएको छ भने अस्पताल जानु अघि बिशेषज्ञ चिकित्सक संग मोवाईलमा फोन गरेर सल्लाहा लिन सक्नुहुन्छ । त्यसका लागि जिल्लाका १० जना बिशेषज्ञ चिकित्सकको मोवाईल नम्बर सार्बजनीक गरिएको छ ।
    नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डा. प्रकाश खतिवडाका अनुसार जुन टेलिफोनमा सम्पर्क हु्न्छ त्यसैमा सर्बसाधारणले परामर्श लिन सक्ने छन् । अस्पतालहरुमा बिरामीको भिड नहोस र सामान्य समस्या भएमा फोनबाटै परामर्श गरि समस्याको समाधान होस भन्ने उद्धेश्यले यो सुबिधा उपलव्ध गराईएको हो । टेलिफोनमा बिरामीले घरमानै आराम गरेर सामान्य औषधि प्रयोग गर्नु पर्ने भएमा औषधिको नाम समेत चिकित्सकले टिपाई दिने छन् ।
    खतिवडाले भन्नुभयो “तत्काल उपचारका लागि अस्पताल जानु पर्ने भए सोही अनुसार परामर्श दिईएको छ भने नपर्ने भए पनि त्यसै अनुसार बिरामी र आफन्तलाई बुझाउने काम भईरहेको छ ।” सार्बजनीक गरिएको मोवाईल नम्बर लिनु भएका मध्येका एक डा. कृष्णसागर शर्माका अनुसार २४ घण्टामा ६५ जना सम्मलाई उहाँले फोनबाट परामर्श दिनुभएको छ । रातको समयमा समेत बिभिन्न जिल्लाबाट पनि फोन आउने गरेको उहाँले जानकारी दिनुभयो ।
    यहाँ संञ्चालनमा ल्याईएको भरतपुर कोरोना बिशेष (अस्थायी) अस्पतालका प्रबक्ता बरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले चिकित्सकको नम्बर र त्यहीबाट परामर्श पाउन थालेपछि अस्पताल आउने बिरामीको संख्यामा कमी आएको बताउनुभयो । तत्काल उपचार एबं शल्यक्रिया गर्न नपर्ने बिरामीहरुलाई पछि मात्र आउन चिकित्सकहरुले टेलिफोनमा सुझाब दिने गरेको उहाँले जानकारी दिनुभयो ।
    टेलिफोन गर्ने बिरामीलाई अस्पताल जानै पर्ने भएमा कहाँ जाने भन्ने बिषयमा पनि परामर्श दिईने गरेको छ । जिल्लाको सदरमुकाम देखि ग्रामीण क्षेत्रका बिरामी र आफन्तहरुले चिकित्सकलाई फोन गरेर स्थानीय मेडीकलको औषधि खुवाउँदै आएका छन् ।
    प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईका अनुसार ती चिकित्सकहरुका लागि नेपाल टेलिकमबाट छुट्टै नम्बर व्यवस्था गरिएको छ । जसमा डा. प्रकाश खतिवडाको ९८५५०१९१६१, डा. कृष्णसागर शर्माको ९८५५०१९१६२, डा. कल्याण सापकोटाको ९८५५०१९१६३, डा. अनिल बिक्रम कार्कीको ९८५५०१९१६४, डा. गुरु शाहको ९८५५०१९१६५, डा. कालिदाश अधिकारीको ९८५५०१९१६६, डा. प्रतिक न्यौपानेको ९८५५०१९१६७, डा. बिधान श्रेष्ठको ९८५५०१९१६८, डा. प्रमोद पौडेलको ९८५५०१९१६९ र डा. भोजराज अधिकारीको ९८५५०१९१७० रहेको छ ।
    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यो स्वास्थ्य संकटको समय भएकाले सके सम्म घरबाहीर ननिस्कन आव्हान गरिएको जानकारी दिनुभयो । बिरामी पर्दा समेत घरबाटै चिकित्सक संग परामर्श गर्ने व्यवस्था मिलाईएको उहाँको भनाई छ ।
    जिल्लाका अस्पतालहरुमा चितवन सहित २० भन्दा वढि जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । सामाजिक संञ्जाल मार्फत चिकित्सकका फोन सार्बजनीक गरिएकाले देशैभरबाट बिरामी र आफन्तले अहिले यहाँका चिकित्सकको मोवाईल नम्बरमा परामर्श गरिरहेको प्रमुख दाहालको भनाई छ ।
    clickkhabar बाट

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.