• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

रुपन्देहीमा २२ औँ संस्करणको सुपरलिग आज देखि

  •   शनिबार, माघ २८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भैरहवा । रुपन्देहीको भैरहवामा आज देखि नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको २२ औं संस्करण सुरु हुदैछ । २०५४ साल देखि निरन्तर जिल्लास्तरमा आयोजना हुँदै आएको नेपालकै एक मात्र सुपरलिग आज शनिबारदेखि भैरहवामा सुरू हुने भएको हो । रुपन्देही क्रीकेट संघको आयोजनामा भैरहवा स्थित सिद्धार्थ रंगशालामा हुने प्रतियोगिता चैत्र २ गतेसम्म हुनेछ । ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागीता रहेन प्रतियोगिता एकदिवसीय ५०–५० ओवर फर्मेटमा खेलाइने संघका अध्यक्ष हरि थापाले बताए ।

    पहिला बी डिभिजनका १२ टिमलाई ४ समूहमा विभाजन गरि लिग खेलाइने र सो पश्चात टप हुने टीम ए डिभिजनमा बढुवा हुने गरी प्रतिस्पर्धा गराइने संघका सचिव संजय गुरुङले बताए । ए डिभिजनका ८ टिम र बी डिभिजनबाट बढुवा भएर आएका ४ टीमलाई पुनः ४ समूहमा विभाजन गरी लिग खेलाइने छ, लिगमा टप हुने ४ टिम बीच सुपर फोरमा प्रतिष्पर्धा गर्नेछन भने पुछारमा रहेको टीम अर्को वर्ष बी डिभीजनमा घटुवा हुने छ । टिमले धेरै खेल खेल्न पाओस भन्दै गत बर्षबाट सेमिफाइनलको ठाउमा लिग चरणका प्रमुख टिमले राउण्ड रोबिन लिग खेल्ने छन जसबाट उच्च अंक प्राप्त गर्ने २ टिम बीच फाइनल प्रतियोगिता हुनेछ ।

    ३ वटा बाहिरी जिल्लाका खेलाडीहरु खेलाउन सक्ने प्रावधान रहेको प्रतियेगितामा नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीहरुले खेल्ने छन । यही प्रतियोगिताको योगदानले रुपन्देहीको टिम छनोट हुने गरेको छ । प्रतियोगितामा रुपन्देहीका धकधई र मर्चवार क्षेत्रको टिम सहभागिता नभएपनि अन्य सबै क्षेत्रका खेलाडीहरुको सहभागिता रहेको छ । रुपन्देही क्रिकेट संघकै मद्धतले सयबढी खेलाडीहरु रुपन्देहीले नेपाललाई दिएको छ, जसले राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाएका छन ।

    प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजलाई १५ हजार रुपैयाँ, बेस्ट ब्याटर, बेस्ट बलर र उदयमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक दिनका म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने संघका सचिब संजय गुरुङले जनाए । संघले सगरमाथा इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरेर प्रतियोगिता अबधिभर खेलाडी, कार्यसमिति तथा अफिसियलको १ लाख रुपैयाँसम्मको दुर्घटना बिमा गरेको छ ।

    प्रतियोगिताको प्रमुख प्रायोजक नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका रहेको प्रतियोगिता संयोजक धिरज अधिकारी क्षेत्रीले बताए । प्रतियोगिताको बिजेता पुरस्कार रकम एक लाख रुपैयाँ एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रकम रु ५० हजार रुपैयाँ रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले प्रायोजन गरेका छन् । नेपालका जिल्लास्तरमा ५० ओभरको सुपरलिग रुपन्देहीमा मात्रै आयोजना हुन्छ ।

    संघले विभिन्न संघसंस्थासँग सहकार्य गरी लामो समयदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । आयोजकका अनुसार प्रतियोगितामा ए डिभिजनतर्फ सहभागी टिममा वेस्टर्न क्रिकेट क्लब बुटवल, न्यु होराइजन क्रिकेट क्लब बुटवल, लुम्बिनी खुकुरी क्रिकेट क्लब, तिलोत्तमा क्रिकेट क्लब, मणिग्राम, एक्स्पर्ट जीआर बेलबास, तिरुपति क्रिकेट क्लब, भैरहवा, मेलबर्न क्रिकेट क्लब भैरहवा, बुद्ध क्रिकेट क्लब भैरहवा रहेका छन् ।

    ,बी डिभिजनबाट नेपथ्य ज्ञानोदय क्रिकेट क्लब नयाँमिल, शंकरनगर क्रिकेट क्लब, शंकरनगर, गोलपार्क क्रिकेट क्लब, बुटवल, बुटवल युथ क्रिकेट क्लब बुटवल, साई ग्लोबल एकेडेमी, भैरहवा, लुम्बिनी शाक्यान क्रिकेट क्लब लुम्बिनी, प्रोफेसनल मास्टर्स ११, भैरहवा, स्टार क्रिकेट क्लब पड्सरी, सैनामैना क्रिकेट क्लब, सेनामैना, बुटवल ११, बुटवल राइनोज, बुटवल, देवदह क्रिकेट युनिट देवदह छन् । प्रतियोगिता सम्पन्न गर्न करिब १६ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको भनाई छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.