• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

‘प्रेमको कुरा के गर्नु ? अनुहार नै नहेरी बिहे हुन्थ्याे’

  •   मङ्गलबार, फागुन ०२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सुर्खेत । रुकुम पश्चिम आठबीसकोट बटालागाउँकी ५९ वर्षीया समिता बटालाको बिहे १४ वर्षको उमेरमा भयो । बाबा , आमाको अगाडी जिदी गरेर माग पुरा गराउने उमेरमा बिहे गराएपछि उनलाई अहिले त्यो बिहे सम्झदा अमच्च लाग्छ । फुपुको घरमा जाने भन्दै गोतामकोट लिएर उत्तै छाडेर आएका उनका बाबालाई मात्र छोरीको बिहे गरिदिएको थाहा थियो तर बिहे गर्ने व्यक्तिलाई थाहा नै नपाएको बटाला बताउछिन् । गोतामकोट जाँदा फुपुको घरमा एक ,दुइ दिनमा जानु पर्छ अहिले मित बाबाको घरमा बस भन्दै बाबाले आफूलाई छोडेको विगत सम्झदै बटालले भनिन ,‘ दुइ दिन पछि बाबा आएपछि फुपुको घरमा जाउला भनेर आस मानेर बसीकी थिए तर बाबा महिना दिन सम्मा नआउदा धेरै रोएको थिए , सासु आमाले तिम्रो त जेठासँग विहे भयो अब नरोउ तिम्रो घर यही हो भन्दै सम्झाएको थिए ।’

    सो समयमा न त प्रेम थाहा थियो न त बिहे गरेको नै थाहा भयो अहिलेका जस्ता जमाना थिएनन् उनले भनिन । बटालाका अहिले ५ छोराछोरी छन् । दुइ सानै जन्मेर मृत्यु भएको उनीले बताइन् । १५ वर्षकै उमेरमा बच्चा जन्माएको उनले बताइन् । अहिले नातीले प्रेम दिवसको कुरा सुनाउदा अचम्म लाग्छ ? उनको भनाइ छ । बटालाका अनुसार आफ्नो गाउँबाट उमेर नपुग्दै घर परिबारको सल्लाहमा घास , दाउरा र पानी घट्ट गएका केटीहरुको उत्तैबाट थुतेर बिहे भएको धेरै छ । केटाको अनुहार नै नदेखि थुतेर घरमा लिई जवरजस्ती बिहे भएका धेरै छन् । केटाको घरमा लिएपछि फर्केर आउदा इज्जत जान्छ भन्ने सामाजिक बन्धनका कारण राम्रो नै नमानेको केटासँग बिहे भएपनि उसैको घरमा बस्नु पर्ने बाध्यता रहेने गर्दथ्यो । अहिलेको जस्तो मोवाइल , फेसवुक केही पनि थिएन जाजरकोट नलगाड नगरपालिका–८ की पबित्रा खत्रीले भनिन । आफ्नो बिहे पनि खेतमा पानी लगाएर फर्कदै गर्दा २०४४ साल कात्तिक ६ गते थुतेर गरेका थिए ।

    आफू भन्दा ७ वर्ष जेठो व्यक्तिसँग बिहे गराउन १४ जना तन्नेरीहरु आएर बाटोबाटै उठाएर लिएको उनी सम्झिन्छन् । आफू १४ वर्षको थिए, पुरै कराउदा कराउदै राती उठाएर लिए , गाउँको एक घरमा लिएर बन्द कोठामा राखे । केही बोल्न बित्तिकै केटाले कुटने गर्दथे । १३ दिन सम्म एक घरको बन्द कोठामा राखेर माइती पक्षलाई खवर गरिएको थियो अपहरण शैलीमा उनले भनिन । केटीपक्षलाई खोज्न र सन्देश पठाउन कटुवाललाई पठाउने चलन रहेको उनले जानकारी दिइन् । अहिले जस्तो प्रहरी , फोन केही पनि थिएन उनले भनिन् । त्यतिबेला न्याय निसाव दिने भनेकै गाउँकै मुखिया थिए डोल्पा त्रिपुरासुन्दरी –५ का सिता बुढाले बताइन् ।

    धनि व्यक्ति, फुपुका छोरा, धेरै ठुलो घर भएको व्यक्तिका छोरासँग बिहे गराउने चलन समेत बढी रहेको विगत सम्झदै बुढाले भनिन । अहिले नाती पुस्ताले अनेक थरी कुरा गर्दा आफूहरु अचम्म परेको उनले बताइन् । अहिलेको जस्तो फोन, बाटो, मोटर गाडी र जहाज केही पनि उ बेला थिएन, न त नदीमा पुुल नै थिए उनले भनिन । काठका लाप्कामा ज्यान जोखिममा राखेर नदी तर्नुपथ्यो । टाढा माइती हुने छोरी, बुहारीहरु १० देखि १२ वर्ष पछि माइती घर आउने गरेको कथा समेत बुढाले सुनाइन् ।

    तल्लो जात र माथिल्लो जातको सामाजिक संस्कारले गर्दा झन समस्या बनाउने गर्दथ्यो । माया ,प्रेम नै नगरी बिहे गरेका धेरै महिलाहरु अहिलेको अवस्था हेर्दा अचम्मा लाग्ने गरेको बताउँछन् । भ्यालेन्टाइन डेको सुरुवात इस्वी संवत् २६९ मा रोमनबाट सुरु भएको हो । सैनिकले नारीसँगको सम्बन्धका कारण कमजोर हुने आभास गरेपछि सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए। तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरे।

    आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिए। झुण्ड्नुभन्दा केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिका दिएका थिए। भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो। प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा सोही दिनलाई भ्यालेन्टाइन डेका रूपमा मनाउन थालिएको हो। अहिले यो नेपालमा समेत व्यापक रुपमा फैलिएको छ ।

    कर्णालीमा भने अझैँ पनि देवताको भाकल गर्ने चलन कायम रहेको छ । अभिभावक बीचमा देवतालाई भागक गरेर तेरो छोरा र मेरी छोरी बीच बिहे गर्ने भनि सम्झौता अझैँ हुने गरेको छ । दलित र मगर समुदायमा अझै पनि मामाकी छोरीलाई फुपुको छोराले रोजेरै बिहे गर्ने चलन रहेको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.