• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

दोस्रो राष्ट्रपति रनिङ शिल्ड लीलारामले चुम्यो

  •   मङ्गलबार, फागुन ०९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भैरहवा । रुपन्देहीको सिद्धार्थनगरमा भएको दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि लीलाराम माध्यमिक विद्यालयले चुमेको छ । सिद्धार्थनगर नगरपलिकाद्वारा आयोजित नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी रुपन्देही लिलाराम न्यौपाने माध्यमिक विधालयले उचालेको छ . नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितमा सार्वधिक पदक ल्याई लीलाराम विजयी भएको हो । पक्लिहवा कृषि क्याम्पसको खेल मैदानमा तीन दिनसम्म संचालन भएको प्रतियोगिताका २७ विद्यालयको सहभागिता रहेकोेमा विभिन्न खेलमा उत्कृष्ठ प्रदर्शन गर्दै लीलारामले नौ स्वर्ण, नौ रजत र सात काश्य गरी कुल २५ पदक प्राप्तिसँगै राष्ट्रपति रनिङ शिल्डको उपाधी उचालेको रुपन्देही जिल्ला खेलकुद विकास समितीका मुख्य प्रशिक्षक उमेश थापाले बताए ।

    प्रथमसँगै लीलारामले रनिङ शिल्ड पनि पाएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले भने । साई ग्लोबल माध्यमिक विद्यालयले पाँच स्वर्ण, चार रजत , दुई काश्य गरी कुल एघार पदक प्राप्त गरी द्वित्तिय र तीन स्वर्ण, तीन रजत र पाँच काश्य गरी कुल एघार पदक सहित जेसिज माध्यमिक विद्यालय तृतिय भएको छ । समापन समारोहमा विजेताहरुलाई स्वर्ण, रजत र काश्य पदक सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, उपप्रमुख उमा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले प्रदान गरेका थिए ।

    सोही अवसरमा दोस्रो अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगितामा सिद्धार्थनगर नगरपालिकाको कार्यालय द्वित्तीय भएकोमा खेलमा सहभागी कर्मचारी खेलाडी र व्यवस्थापकलाई पनि नगरपालिकाको कार्यालयले सम्मान गरेको छ । यस्तै मलेसियामा संचालित सरावाक बोर्नियो कप इन्टरनेसनल तेकवान्दो च्याम्पियनसिपको पुरुष तर्फ ८० र ८७ के.जी तौल समूह माथीको खेलमा स्वर्ण पदक प्राप्त सिद्धार्थनगर वडा नम्बर ८ का खेलाडीद्धय अभिषेक बराल र आशुतोष बराललाई प्रशंसा पत्र सहित सम्मान गरिएको छ ।

    समापन कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले सिद्धार्थनगर खेलाडीको उर्वर भुमि रहेको भन्दै आफुहरुले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको र गर्दै जाने बताए । उनले स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेकोले खेल क्षेत्रको विकास आवश्यक रहेको बताए । उनले सेवा सुविधाको अभावमा खेलाडीहरुले अन्तराष्ट्रिय स्तरमा उत्कृष्ट खेल प्रर्दशन गरी राज्यको सम्मान अभिवृद्धि गर्नमा सहयोग पुर्‍याउँदै आए पनि राज्यले चाहे जति गर्न नसके पनि आफुहरुले सकेसम्म सहयोग गर्ने बताए ।

    सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले प्रत्येक विधालयले खेलकुद प्रशिक्षक र खेलकुद कक्षा संचालन गर्नुपर्ने बताउँदै सुधारका कार्यहरु विद्यालयले आफैबाट सुरु गर्नुपर्ने जनाइन् । उनले खेलाडी माथी राजनीति गर्न नहुने भन्दै आफुहरुले माया गर्ने गरेको बताइन् । ‘विद्यालय आफुले गर्नुपर्ने कर्तव्य पुरा गरेर सुरुवात गरोस्, हामीले के गर्नुपर्ने हो त्यो गर्न तयार छौँ,’ उनले भनिन् । प्रतियोगितामा छात्र–छात्रा तर्फ भलिबल, कबड्डी, एथलेटिक्स र मार्शल आर्ट खेल भएको सिद्धार्थनगर नगरपालिकाका शिक्षा अधिकृत जाह्नवी पाण्डेयले बताइन् ।

    उनका अनुसार एथलेटिक्स अन्र्तगत छात्र र छात्रा तर्फ एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय, तीन हजार मिटर दौड साथै चार गुणे एक सय , चार गुणे चार सय मिटर रिले दौड भएका थिए । त्यस्तै छात्रा र छात्रा तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट खेल प्रतियोगिता सम्पन्न भएको थियो ।

    यस्तै मार्शल आर्ट अन्र्तगत तेक्वान्दो खेलको छात्रा तर्फ ४२ के.जी तौल समूह मुनि, ४४ के.जी मुनि, ४६ के.जी मुनि र छात्र तर्फ ४५ के.जी, ४८ के.जी, ५१ के.जी तौल समूह मुनि खेल भएको थियो । सो अवसरमा प्रर्दशनको रुपमा कराँते खेल समेत भएको थियो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.