नारायणगढ । सिद्धिविनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, फलफूल तथा तरकारी थोक व्यवसायी संघ, चितवन र कृषि प्रवद्र्धन बजार विकास प्रालिले संयुक्तरूपमा आयोजना खुला रक्तदान तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरेको छ ।
बुधबार महानगर फलफूल तथा तरकारी थाृक बजार परिषरमा सम्पन्न कार्यक्रममा ११ महिलासहित ५२ जनाले रक्तदान गरेका छन् भने १३५ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका आयोजक संस्था फलफूल तथा तरकारी थोक व्यवसायी संघ चितवनका अध्यक्ष मुकुन्दप्रसाद गौतमले जानकारी दिए ।
भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । यी तीन संस्थाले बेलाबेला सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रम आयोजना गर्दै आएको छ । वार्षिक कार्यतालिकाअनुसार यसपटक पनि तीनै संस्थाको संयुक्त आयोजनामा दुई कार्यक्रम गरिएको अध्यक्ष गौतमले जानकारी दिए ।
बजारसँग सम्बन्धित व्यवसायी, उपभोक्ता तथा सहकारी संस्थाका सदस्यलगायतको स्वास्थ्य अवस्थामा ध्यान पु¥याउनुका साथै भरतपुरका अस्पतालमा रक्त अभाव हुन नदिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सिद्धिविनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक विकास पौडेलले जानकारी दिए ।








