काठमाडौ : सरकारले भोलि मंगलबारबाट बिहान ६ बजेदेखि सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ ।उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको बताए ।फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भए लगतै कोरोनासम्बन्धी उच्चस्तरीय समितिको बैठकले एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ ।उनले खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन नचलाउने बताए ।








