काठमाडौं । इटालीको शीर्ष डिभिजनको लिग सिरी ‘ए’ फुटबलको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ । सिरी ए ले सार्वजनिक गरेको नयाँ सिजनको खेल तालिका अनुसार नयाँ सिजन सेटेम्बर २० बाट सुरु हुने छ । सिजन २०२०–२१ मा युभेन्ट्सले आफ्नो पहिलो खेलमा साम्पडोरियासँग खेल्नेछ । भर्खरै सम्पन्न सिजनको च्याम्पियन समेत रहेको युभेन्ट्सले यो सिजन पनि उत्कृष्ट प्रदर्शन गर्ने योजना बनाएको छ ।
इन्टर मिलानले बेनेभेन्टोसँग खेल्दै सिजनको सुरुवात गर्ने भएको छ । सिरी ए मा सिजन २०१९–२० मा उत्कृष्ट प्रदर्शन गरेको थियो । उपाधि जित्न नसके पनि मिलान च्याम्पियन्स लिगमा भने छनोट भएको थियो । यता च्याम्पियन्स लिगको सेमिफाइनल खेलेको लाजियोले एटलान्टासँग खेल्दै नयाँ सिजनको सुरुआत गर्ने भएको छ । यस्तै एसी मिलानले बोलोग्नासँग खेल्दै सिजनको सुरुवात गर्नेछ ।
इटालियन सिरी ’ए’को खेल तालिका सार्वजनिक
इटालियन सिरी ’ए’को खेल तालिका सार्वजनिक
- अ
- अ
- अ








