• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चैत १ गतेबाट तेस्रो भरतपुर गोल्डकप हुँदै

  •   शुक्रबार, फागुन २६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २४ मा तेस्रो भरतपुर गोल्डकप हुने भएको छ । आगामी चैत १ देखि ११ गतेसम्म स्थानीय सिद्धार्थ माविको मैदानमा प्रतियोगिता हुन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

    भरतपुर –२४ युवा तथा खेलकुद विकास समितिका अध्यक्ष विकास लामा तामाङले राष्ट्रियस्तरको खेल खेलाउने तयारीस्वरुप प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए । देशकै केन्द्रभागमा रहेको वडा भरतपुर २४ भए पनि आदिवासी, जनजातिलगायतको समुदाय बस्ने पिछडिएको वडाकोरुपमा रहेको वडालाई पर्यटकीय दृष्टिकोणबाट अघि बढाउन समेत फुटबल प्रतियोगिताले सहयोग पु¥याउने तामाङको भनाइ छ ।

    युवाहरुलाई खेलकुद तथा सामाजिक काममा जोड्न यस प्रतियोगिताले मद्दत पुग्ने भन्दै अध्यक्ष तामाङले युवाहरुलाई संगठित बनाइ देश एवं युवाहरुको नैतिक, चारित्रिक, आर्थिक तथा शैक्षिक विकासमा अघि बढाउनु आफूहरुको मुख्य उद्देश्य भएको बताए । क्लबका सहसचिव मौसम अधिकारीले प्रतियोगितामा चितवनका ६ टिमसहित नवलपुर, तनहुँ, मकवानपुरलगायतका जिल्लाबाट १० टिमको सहभागिता रहने जानकारी दिए ।

    प्रतियोगिताको विजेतालाई नगद रु दुई लाख ५१ हजार तथा उपविजेतालाई रु एक लाख ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने अधिकारीको भनाइ छ । हरेक दुई÷दुई वर्षमा गोल्डकप आयोजना गर्दै आएको भन्दै अधिकारीले गोल्डकपमा सहभागी हुने फुटबल टिमको यातायात तथा खाना र बस्ने सबै व्यवस्था आयोजकले गर्ने जानकारी दिए ।

    पत्रकार सम्मेलनमा भरतपुर खेलकुद विकास समितिका सदस्य एवं फुटबल समिति संयोजक दिपेन्द्र पण्डितले महानगरपालिकाको खेलकुदको विकासका लागि आफूहरुले सक्दो काम गरिरहेको बताए । खेलकुदका माध्यमबाट स्वस्थ नागरिक हुने भन्दै खेलकुदले नै खेलाडी र राष्ट्रको नाम विश्वसामु पु¥याउने भएकाले महानगरले खेलकुदमा लगानी गरेको बताए । उनले खेलकुद प्रतियोगिता सञ्चालन गर्दा राज्यबाट दिइने अनुदान तथा सहयोग रकमबाट कर कट्टी गर्न नहुनेसमेत बताए ।

    सो पत्रकार सम्मेलनमा भरतपुर–२४ का वडाध्यक्ष राम गोदारले वडास्तरमा हुने खेलकुदका लागि सबै क्षेत्रबाट सहयोग हुन आवश्यक रहेको बताए । आफ्नो वडा विपन्न नागरिकले भरिएको क्षेत्र भएको भन्दै उनले यहाँको कृषिलाई पर्यटनसँग जोड्नका लागि खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताए । कार्यविधि नबन्दा स्थानीय तहबाट खेलकुदका लागि छुट्याइएको बजेटले प्रशिक्षक राखेर खेलाडीलाई प्रशिक्षण दिन नपाइएको गुनासो गरे ।

    आगामी दिनमा कार्यविधि बनाएर कुशल खेलाडी उत्पादनका लागि काम गर्ने गोदारको भनाइ छ । प्रतियोगिता सम्पन्न गर्नका लागि १४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ । चैत १ गते सुरु हुने प्रतियोगिताको फाइनल खेल चैत ११ गते हुने भन्दै अध्यक्ष तामाङले प्रतियोगिता अवधिभर सबैको साथ र सहयोगको अपेक्षा गरिएको बताए । पत्रकार सम्मेलनमा भूमि आयोग चितवनका अध्यक्ष बद्रि प्रसाद तिमिल्सीना, क्लबका सदस्यहरु अस्विन थापा, बुद्ध गोलेलगायतको उपस्थिति थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.