• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

अस्पतालमा कोरोनाको असर बिरामी आउन घटे

  •   सोमबार, चैत १०, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सधैंजसो बिरामीको चाप हुने चितवनका अस्पतालहरूमा अस्पतालहरूमा बिरामी संख्या घट्दै गएका छन् । विश्वभर फैलिएको कोरोना संक्रमणको सचेतना र अत्यावश्यक अवस्थाबाहेक बिरामी र कुरुवालाई नआउन आग्रह गरेपछि दिनहुंँ रूपमा यसको संख्या घट्दै गएको हो ।

    जिल्लाका दुई ठूला सरकारी अस्पताल ,भरतपुर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई निजी मेडिकल कलेजमा समेत बिरामीको उपस्थिति कम छ । केन्द्रीय अस्पताल भरतपुर अस्पतालमा समेत हिजाआज बिरामीको संख्यामा कमी आएको छ । दैनिक २ हजारको हाराहारीमा बिरामी जांँच्ने उक्त अस्पतालमा यो संख्या घटेर ३ सयभन्दा कम भएको अस्पतालले जानकारी दिएको छ । “हिजो ४०० जति थिए, योभन्दा अघि १२ सय जति थिए आज बिरामी घटेर २ सय ८७ जना मात्रले जचाएका छन्,” अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले भने । बिरामी कुरुवा स्वास्थ्यकर्मी सबैको जोखिमलाई कम गर्न ज्वरोलगायत अन्य प्रकृतिका बिरामीका लागि अलग्गै काउन्टरको व्यवस्था गरिएको पौडेलले जानकारी दिए । मानिसमा आएको सचेतना, बाहिरबाट आउने बिरामीको यातायातको असुविधाका कारण पनि बिरामीको संख्या कम भएको हो ।

    दैनिक ६ सयभन्दा बढी बिरामी आउने बिपी कोइराला क्यान्सर अस्पतालमा समेत बिरामीको संख्या ५० प्रतिशत घटेको छ । “यहांँ आउने बिरामी अधिकांश जिल्ला बाहिरका हुन्छन्,” अस्पतालका निर्देशक विजयचन्द्र आचार्यले भने, “आजको रेकर्डमा ३०० जना मात्र छन् ।” कम जोखिम भएका बिरामीलाई दुई सातापछि आउन आग्रह गरेसंँगै अस्पतालमा बिरामीको संख्या घट्दै गएको आचार्यले जानकारी दिए ।

    अस्पतालले बिरामीको लागि चिकित्सिक बिशेषज्ञको सम्पर्क नम्बर दिएर सम्पकर्ग गरी आउन अनुरोध समेत गरेको छ । संक्रमणको जोखिम बढेपछि एउटा बिरामीको एकजना मात्रै कुरुवा रहने व्यवस्था गरिएको उनले जानकारी दिए ।

    बिरामीको चाप हुने अन्य दुईवटा मेडिकल कलेजमा पनि बिरामीको संख्या ह्वात्तै घटेको छ । बिरामी घटेपछि आकस्मिक सेवा, ज्वरो क्लिनिक र प्रयोगशालाबाहेक अन्य सेवा बन्द गर्न लागिएको बताउंँछन् चितवन मेडिकल कलेजका निर्देशक दयाराम भुसाल । उनका अनुसार भोलि मंगलबारबाट ओपडी सेवा बन्द गर्न लागिएको छ । संक्रमणको जोखिम कम गर्न र भीडभाडलाई व्यवस्थित गर्न अस्पतालको गेटबाट आवश्यक मान्छेलाई ज्वरो चेकजांँच गरेर मात्र अस्पतालभित्र प्रवेश दिएको भुसालले जानकारी दिए ।

    यस्तै पुरानो मेडिकल कलेजमा पनि बिरामी संख्या ह्वात्तै घटेका छन् । आकस्मिक, दुर्घटना परेका बिरामीबाहेक अन्य विभागमा बिरामीको संख्या नगण्य रहेको अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा लामिछाने बताउंँछन् । “अहिले अस्पतालमा बिरामी पनि छैनन, भीडभाड पनि छैन,” उनले भने । मानिसमा आएको चेतना र सामान्य बिरामीको चेकजांँच गर्न चिकित्सकसंँग टेलिफोन सम्पर्क गरी आउन मात्र आग्रह गरेकाले अस्पतालमा बिरामी संख्या घट्दै गएको हो । कोरोना विशेष अस्थायी अस्पताल, भरतपुरको कार्यदलले जिल्लाका रहेका बिरामी तथा सेवाग्राहीलाई चौबीसै घण्टा १० विशेषज्ञ चिकित्सको हटलाइन नम्बर उपलब्ध गर्दै परामर्शसमेत दिँदै आएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.