सुर्खेत । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कार्यरत कर्मचारीमा कोरोना पृष्टि भएपछि मन्त्रालय सिल गरिएको छ । मन्त्रालय सिल भएसंगै मन्त्रालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । एक कार्यालय सहयोगी, सवारी चालक , ३ सशस्त्र प्रहरी, र एक नेपाल प्रहरी गरी ६ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ । कार्यालयका अन्य कर्मचारीहरूको कोरोना रिपोर्ट आएपछि मात्रै मन्त्रालयको काम सूचारू गरिने मन्त्रालयका प्रवक्ता तुल खड्काले जानकारी दिए । कर्मचारीमा कोरोना देखिएपछि कानुन मन्त्री नरेश भण्डारीसहित बाँकी कर्मचारी होम आइसोलेसनमा छन् ।








