• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

नेपाल नेत्रज्योति संघ चितवनमा सर्वसम्मत नयाँ नेतृत्व, अध्यक्षमा जयराम

  •   शनिबार, फागुन २७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर आँखा अस्पताल सञ्चालन गर्दै आएको नेपाल नेत्रज्योति संघ चितवनको सभापतिमा जयराम श्रेष्ठ सर्वसम्मत चयन हुनु भएको छ । संघको आज शनिबार सम्पन्न २३ औं साधारणसभा तथा अधिवेशनले श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो । समितिको सदस्यमा तेजेन्द्रबहादुर खड्का, केशवप्रसाद अधिकारी, सिद्धार्थलाल चुके, नारायणप्रसाद अधिकारी, शान्तकुमार पिया, चिरञ्जीवि सुवेदी, पवनकुमार पिया, दिनेश खनाल, रामप्रसाद भट्ट, गुरुप्रसाद पौडेल रहनु भएको छ ।

    समितिको महिला सदस्यमा सुधा जोशी र कस्तुरी श्रेष्ठ चयन हुनु भएको छ । प्रेमप्रभा क्षेत्री, दीपक राना, रामप्रसाद कँडेल र केएन सिलवाल समितिको सदस्यमा मनोनित हुनु भएको छ । अधिवेशन सम्पन्न भएपनि आगामी वैशाख १ गतेबाट नयाँ समितिको कार्यकाल प्रारम्भ हुनेछ । समितिको पहिलो बैठकले उपसभापति, सचिव, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष चयन गर्ने संघका जिल्ला अध्यक्ष कृष्णराज धरेलले जानकारी दिनुभयो ।

    अधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दले भरतपुर आँखा अस्पतालाई विश्वस्तरको आँखा अस्पताल बनाउने योजना रहेको बताउनुभयो । उहाँले त्यसका लागि विभिन्न विदेशी मुलुकसँग कुराकानी भईरहेको उहाँको भनाई छ । नेपालको आँखा उपचार सेवा गुणस्तरीय र विश्वसनीय भएको चर्चा गर्दै चन्दले भन्नुभयो “आँखा उपचारका लागि नेपाली विदेश जाँदैनन्, विदेशी आँखा उपचार गर्न नेपाल आउँछन् ।” नेपालमा गरिबहरुले पैसा नभएर आँखाको उपचारबाट बञ्चित हुन नपर्ने भन्दै उहाँले जनसहभागितामा अस्पताल सञ्चालन गरेकै कारण सफलता मिलेको बताउनुभयो ।

    नेपाल सरकारले अभिभावकत्व दिएकै कारण नेत्रज्योति संघले देशका विभिन्न ठाउँमा आँखा अस्पताल र उपचार केन्द्रहरु सञ्चालन गर्न सकेको उहाँको भनाई थियो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले आँखा उपचार जस्तो संवेदनशील क्षेत्रमा सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । उहाँले भरतपुर आँखा अस्पतालले ग्रामीण क्षेत्रसम्म पुगेर उपचार सेवा दिएकोमा प्रशंसा गर्नुभयो ।

    कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, संघका पूर्व सभापति वामदेव खनाल, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, लायन्स इन्टरनेशनल ३२५ आरका गभर्नर सिद्धार्थलाल चुके, भरतपुर १० का वडा अध्यक्ष पर्मेश्वर खनाल, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले शुभकामना दिनु भएको थियो । यस्तै माडी आँखा उपचार केन्द्रका संयोजक श्रीप्रसाद दवाडी, केशवकुमार श्रेष्ठ, संघका निवर्तमान सभापति चिजकुमार मास्के लगायतले बोल्नु भएको थियो ।

    कार्यक्रममा संघका कोषाध्यक्ष तेजेन्द्र खड्काले आर्थिक प्रतिवेदन र सहसचिव केशव अधिकारीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा विभिन्न महानुभावहरुलाई सम्मान गरिएको छ । आँखा अस्पतालको भवन निर्माण सहयोग गर्ने, प्रेमकुमार श्रेष्ठ, सरस्वती श्रेष्ठ, निर्मला श्रेष्ठ, ध्रुवलाल प्रधान, दिनुप बराललाई सम्मान गरिएको थियो । यसैगरी अशोक अधिकारीले समेत भवन निर्माणका लागि सहयोगको बचनबद्धता व्यक्त गर्नुभएको सो अवसरमा जानकारी दिईयो ।

    पूर्व सभापतिहरु प्रेमकुमार श्रेष्ठ, प्रभातकुमार जोशी, वामदेव खनाल, चिजकुमार मास्केलाई कार्यक्रममा सम्मान गरिएको छ । अस्पतालमा अध्ययन संस्थान खोल्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने प्रा.डा.रघुनन्दन बेञ्जु, शैक्षिक विभाग प्रमुख प्रा.डा.सोनु दुलाल, १८ वर्षदेखि सेवारत डा.मारिया गौतम, २५ वर्षदेखि अस्पतालमा सेवारत रमेश घिमिरे, सपना प्रधान र छाया श्रेष्ठलाई पनि सो अवसरमा सम्मान गरियो । संघका अध्यक्ष कृष्णराज धरेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सहसचिव केशव अधिकारीले र स्वागत उपाध्यक्ष जयराम श्रेष्ठले गर्नुभएको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.