काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने आवद्ध जमैका तलावाज क्यारेवियन क्रिकेट लिगको सेमिफाइनलमा पुगेको छ । जमैका लिग चरणमा दुई खेल खेल्न बाँकी रहँदै लिगको सेमिफाइलनमा पुग्ने निश्चित भएको हो । शुक्रबार बिहान भएको खेलमा बारबाडोस ट्रीडेन्टस गुयाना अमेजन वारियर्ससँग पराजित भएपछि तलावाज सेमिफाइलनमा पुग्ने निश्चित भएको छ । पहिलो स्थानको ट्रिनवागो नाइट राइडर्सको आठ खेलबाट १६ अंक छ । गुयाना अमेजन वारियर्सको १० खेलबाट १२, सेन्ट लुसियाको ८ खेलबाट १० अंक छ । आठ खेलबाट सात अंक भएको जमैका तालिकाको चौथौ स्थानमा छ । पाँचौँ स्थानमा रहेको बारबाडोसको नौ खेलबाट चार अंक रहेको छ । ६ टोली सहभागी प्रतियोगिताको शीर्ष चारटोली सेमिफाइनल पुग्छन् ।








