फाईल फोटो
चितवन । पूर्वीचितवनको खैरहनीका दुईजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । खैरहनी ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत दुईजनामा कोरोना पुष्टि भएको हो । भरतपुर स्थित कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा स्वास्थ्य केन्द्रमा कार्यरत दुईजना महिलामा कोरोना संक्रमण देखिएको हो । उनीहरु ३१ बर्ष र ३४ बर्षका रहेका छन् । यसअघि कठार स्वास्थ्य चौकी र कुमरोज स्वास्थ्य चौकीका दुईजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको थियो ।प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत दुईजना स्वास्थ्यकर्मीमा कोरोना संक्तमण पुष्टिभएपछि आज स्वास्थ्य केन्द्रको सेवा बन्द गरिएको छ ।








