• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको दुई दिने महाधिवेशन चितवनमा शुरु

  •   शुक्रबार, चैत ०३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनयमएसआरए) नेपालको २८ औं राष्ट्रिय महाधिवेशन आज शुक्रबारदेखि क्षेत्रपुरको दियालो फुडल्याण्डमा शुरु भएको छ । महाअधिवेशनको बागमती प्रदेशका कृषि तथा पशुपछी विकास मन्त्री केशवप्रसाद पोखरेलले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले औषधि तथा बिक्री प्रतिनिधि (एमआर) हरुको राज्यमा योगदान रहेको बताउँदै राज्य साथी बन्नुपर्ने बताउनुभयो । उहाँले श्रमका हिसाबले मात्रै नभएर सेवाका हिसाबले पनि एमआरहरुले काम गरिररहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो “एमआरहरुले नेपालमै केही गरौं भन्ने भावनाले श्रमसँगै सेवा गरिरहनु भएको छ ।” राज्यले कुनै पनि कानुन निर्माण गर्दा सरोकारवालाहरुसँग छलफल गरेर ल्याउनु पर्ने भन्दै श्रमऐन श्रमिकमैत्री हुनुपर्नेमा उहाँको जोड थियो । देश विस्तारै आर्थिक संकटमा जाँदै गरेको बताउँदै उहाँले आआफ्नो ठाउँबाट सबैले इमान्दारितापूर्वक काम गर्नुपर्ने बताउनुभयो ।

    निजामती कर्मचारीको साझा ट्रेड युनियन नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भोलानाथ पोखरेलले नेपालको राज्य सुन्ने तर कुरा नबुझ्ने रहेको बताउनुभयो । उहाँले राज्यले तोकेको न्यूनतम ज्याला पनि औषधि उद्योगले कामदारहरुलाई नदिएको चर्चा गर्दै भन्नुभयो “कामदारलाई आठ घण्टाभन्दा बढी काममा लगाउन पाईदैन । एमआरहरु बिहान ७ बजेदेखि राती ९ बजेसम्म काम खट्नु भएको छ ।” ट्रेडयुनियन शिक्षाको अभाव भएको भन्दै उहाँले नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघले ट्रेड युनियन शिक्षा दिनुपर्ने बताउनुभयो ।

    नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनिलबिक्रम कार्कीले औषधि उत्पादनदेखि वितरक, एमआर, चिकित्सक सबैले एक अर्काको सहअस्तित्व स्वीकार्नुपर्ने बताउनुभयो । एमआरहरु सुरक्षित हुँदा चिकित्सकहरु पनि सुरक्षित रहने बताउँदै उहाँले भन्नुभयो “हिजोका एमआरहरु आज उत्पादन भएका छन् । उनीहरुले समस्या बुझ्नु पर्छ ।”

    लोकतन्त्रमा औषधि, चिकित्सक र अस्पताल रोज्न नपाउने अवस्था राज्यले सिर्जना गरेको भन्दै उहाँले भन्नुभयो “मतदानद्वारा जनप्रतिनिधि छान्न पाउने, अन्य सबै कुरा छान्ने अधिकार रहने स्वास्थ्यमा किन विभेद ?” सरकारी अस्पतालहरुमा तोकिएकोभन्दा कम मूल्यमा औषधि बिक्री हुँदै आएको भन्दै डा.कार्कीले प्रश्न गर्नुभयो “बढी मूल्यमा बिक्री गर्नेलाई कारवाही गर्ने सरकारले कम मूल्यमा बिक्री गर्दा किन कारवाही गर्दैन ?” निजी स्वास्थ्य संस्थालाई गाली गरेर सरकारी स्वास्थ्य संस्था राम्रो नहुने भन्दै अध्यक्ष डा.कार्कीले भन्नुभयो “राज्यको यस्तै नीति रह्यो भने भोलि मैले खाने औषधि र चिकित्सक खोज्न भारत र चीन जानुपर्ने अवस्था आउन सक्छ ।”

    कार्यक्रममा एनसिडिए चितवनका अध्यक्ष विनोद तिमिल्सिना, नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डा. लोकबहादुर सेढाई, पिईएएनका नेत्रराज पौडेलल, एनएआईएनका अध्यक्ष अन्जन बुढासैनि, शिव बास्कोटलगायतले शुभकामना दिनुभएको थियो । संघका अध्यक्ष अनिल दाहालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष ध्रुवराज कोईरालाले गर्नुभएको थियो । सो अवसरमा संघमा रहेर विभिन्न योगदान पु¥याउने महानुभावहरुलाई सम्मान गरिएको थियो ।

    सम्मानित हुनेहरुमा चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनिलबिक्रम कार्की, पूर्व अध्यक्ष किरण केसी र ध्रुव कोईराला, गुड्डुकुमार झा, प्रभात शर्मा, भूपेन्द्रजंग शाहीलगायत हुनुहुन्थ्यो । कार्यक्रमको बीचबीचमा सांस्कृतिका कार्यक्रम, गीत, गजल, कविता वाचन गरिएको थियो । भोलिसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरका १४ ईकाईबाट ५०० प्रतिनिधि सहभागी हुनु भएको छ । महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । अध्यक्ष एक, बरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष दुई, महासचिव एक, सचिव ३, कोषाध्यक्ष एक, सहकोषाध्यक्ष एक र १४ ईकाईबाट एक एक जना सदस्य रहने व्यवस्था रहेको छ । दुई जना सदस्य भने समितिले मनोनयन गर्ने छ । समितिको कार्यकाल तीन वर्षको रहेको छ ।

    महाधिवेशन तयारी समितिका संयोजक एवं नारायणगढ इकाई अध्यक्ष धर्मदत्त दवाडीका अनुसार महाधिवेशनको बन्द सत्रमा प्रगति र आर्थिक प्रतिवेदन पारित गरिनुका साथै भावी कार्यक्रमबारे छलफल गरिने छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.