काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ४६४ जना महिला र जना ८९५ पुरुष गरी १ हजार ३५९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ। संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २५ हजार ५६१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३५४ जना उपचारपछि डिस्चार्ज भएका छन् । ५८ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा १८ हजार ४०४ संक्रिय संक्रमित छन् । अहिले क्वारेन्टाइनमा ६ हजार ५६१ रहेका छन् । होम आइशोलेशनमा ७ हजार ४६२ रहेका छन् । आज १३ हजार ६३८ जनाको पिसिआर परिक्षण गरिएको छ ।








