नेपालको तत्कालीन राजनैतिक काल खण्ड अनुरुप भारतमा निर्वासित जिवन बिताईरहनु भएको पिता कृष्णप्रसाद र माता दिब्या कोइरालाका कान्छो छोराको रुपमा तथा दाजु हरु बि.पि कोइराला र मातृका प्रसाद कोइराला को भाई गिरिजाप्रसाद कोइरालाको जन्म बि.स १९८१ असार १८ गते भारतको सहार्सा जिल्लाको टेडि भन्ने गाउँमा भएको थियो ।गिरिजा प्रसाद कोइराला बि.स२००४ सालको बिराटनगरको जुटमिलको मजदुर आन्दोलन बाट संगठित तत्कालिन ,नेपाल मजदुर काङ्ग्रेस गठन हुन पुग्यो हाल नेपाल ट्रेड युनियन काङ्ग्रेसको रुपमा रहेको छ ।
बि.स २००८सालमा मा शुस्मा कोइराला संग बैवाहिक जिवनमा गासिनु भयका कोइराला दम्पतीको सन्तान छोरी सुजाता कोइराला हुनुहुन्छ ।२००७ सालमा निरङ्कुश राणा शासन को अन्त्य गरि को प्रजातन्त्रको उदय गराउदै ,२००८ सालमा मोरङ जिल्लाको सभापतिको कार्यभार सम्हाल्दै गर्दा बि.स २०१७ सालमा राजा महेन्द्रले सत्ता कब्जा गरि पन्चायति शासन ब्यबस्था लगाई गिरफ्तारिमा परे।बि.स २०२४ सालमा २१ दिन भोक हडताल गरि रिहा भय त्यसै समयमा उनकि धर्मपत्नि शुस्मा कोइरालाको असामहिक निधन हुन पुग्यो।त्यस पछी पाटिका नेताहरु र कार्यकर्ताको साथमा उहा भारत निर्वासित जिवन बिताउन लाग्नु भयो।
भारतमा रहदा पाटि संगठन मजबुत बनाउन ब्यस्त कोईराला लगायत नेताहरु बि.स २०३५ सालमा स्वदेश फर्किय।२०४६ सालको जनआन्दोलन बाट पन्चायति शासन ब्यवस्था लाई अन्त्य गर्दै मुलुक लाई बहुदलीय ब्यवस्था लागु गर्न सक्रिय तल्कालिन बिद्रोहि माओवादी शसस्त्र द्वन्द्व लाई शान्ति सम्झौता गराई २०६२/०६३ को जन आन्दोलन बाट मुलुक लाई संघीय लोकतान्त्रिक गणतन्त्रको गोरेटोमा हिडाउन ७दलिय हस्ताक्षर गरि जनबिद्रोह को अन्त्य गर्न बिस्तृत शान्ति सम्झौता गराउन सफल रहे।
बि.स २०३१ देखि २०४७ सम्म ने.का पाटिको महासचिव सम्हालेका नेपालि काङ्ग्रेस लाई जिवन दिन र प्रजातान्त्रिक आन्दोलन लाई सफलता मा राख्न खेलेका भुमिका नेपालको ४ औं पटक सम्म प्रधानमन्त्री तथा ३ औं पटक सम्म नेपाली काङ्ग्रेसको सभापति बनेका कोइराला ८५ बर्षको उमेरमा बि.स २०६६ साल चैत्र ७ गते राजनीति र जिवन लाई थाति राखि छोरी सुजाता कोइरालाको निवास काठमाडौमा स्वर्गारोहण हुनु भयो उहाको योगदान नेपालि जनताको मानस्पटलमा ताजै रहेको छ।
स्वर्गीय गिरिजा बाबुको रास्ट्र र राष्ट्रियताको प्रतिको योगदान अनुकरणीय रहेको छ,अहिले पाटिमा मौलाउदै गयको चरम गुट ,उपगुटमा लिप्त तथा चाकरि प्रथा र पाटिमा नि-स्वार्थ भाबनाले सेवा गर्ने कार्यकर्ता लाई ओझेलमा पार्ने मनि ,मसल र माइन्ड हाबि हुने प्रथाले आम कार्यकर्तामा नैरस्यता छाउदै गर्दा पाटिको अपेक्षित नतिजा मा र्हास आयको पाईन्छ ।ईतिहास मा हुदा खानेले जन्मायको पाटि आज हुनेखानि बर्गको हातमा जादा जनता प्रतिको भरोसा बिस्वास टुटदै जादा आज नेपालको राजनितीमा बैकल्पिक शक्तिको नाममा उदायको पाटि तर्फ जनताको आशा जागेको हो कि भन्ने प्रश्न उठेको पाईन्छ।
भाबि पिडिलाई कोइरालाले देखाउनु भयको मार्गदर्शन र कोर्नु भयको खाका अनुसरण गर्न सकेमा बातस्बिक गाउ,नगर ,देश स्वावलम्बि बन्ने थियो। उहाँ प्रति चिर स्मरण सहित १३ औं स्मृति दिवसको अवसरमा सम्मान व्यक्त गर्दै हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु,जय नेपाल ! ✍️अर्जुन पोखरेल भरतपुर-१६ चितवन








