• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

रसुवामा बढ्यो सम्बन्ध विच्छेद

  •   मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    रसुवा । चालु आर्थिक वर्षको आठ महिनामा २९ जनाले सम्बन्ध विच्छेद गरेका छन् । जिल्लामा कानुनीरुपमा सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको जिल्ला न्यायाधीश रामचन्द्र पौडेलले जानकारी दिनुभयो । आठ महिनाको अवधिमा उहाँको एकल इजलासबाट २९ थान सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा फैसला भएको छ । सम्बन्ध विच्छेदका लागि दायर भई विचाराधीन रहेका कूल ३७ थान मुद्दामध्ये आठ मुद्दा फछ्र्योट हुन बाँकी छ । ती मुद्दाको मिसिल प्रक्रियागतरूपमा अगाडि बढिरहेको अदालतका श्रेस्तेदार मुना अधिकारी ढकालले बताउनुभयो ।

    उहाँका अनुसार न्यायका लागि रसुवा जिल्ला अदालतमा दायर भएका मुद्दा छिटोछरितो तवरले फछ्र्योट हुन थालेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म दायर भएका ४३ थान र गत वर्षको जिम्मेवारी सरिआएको ४० समेत ८३ मुद्दामध्ये ५४ थान फैसला भएका कारण न्यायसम्पादन छिटोछरितो भएको यहाँका बासिन्दामाँझ आभास भएको छ ।

    फैसल भएका मुद्दामा धेरै सङ्ख्यामा सम्बन्ध विच्छेद एवं बहुविवाह रहेका छन् भने अन्य मुद्दामा लिखत बदर, अभद्र व्यवहार, जालसाजी, गर्भपतन, अंशबण्डा, सवारी ज्यान, माना चामल, जग्गा खिचोला, सार्वजनिक हित, चेक अनादर, ठगी, अवैध विदेशी विनियम, बालयौन दुरूपयोग जस्ता विविध प्रकारका रहेका छन् । चालु आवमा भएको फैसलाबाट कसुरका आधारमा रू दुई करोड ४४ लाख २९ हजार दुई सय ७९ जरिवानासमेत तोकिएको छ ।

    अदालतको फैसलाबाट गत विगतदेखि हालसम्म तोकिएको कुल रू चार करोड १३ लाख २२ हजार आठ सय ४७ जरिवानामध्ये पाँच लाख १५ हजार असुल भई नेपाल सरकारको राजस्व खातामा दाखिला भइसकेको अदालतका श्रेस्तेदार (उपसचिव) अधिकारी ढकालले बताउनुभयो । चालु आवमा फैसला भएका ५४ थान मुद्दामध्ये जेल सजाय पाउने अभियुक्तमा सरकारवादी मुद्दातर्फ सात रहेका छन् । सरकारवादी मुद्दामध्ये विदेशी विनियम अवैध ओसार सारमा संलग्न सिन्धुपाल्चोक भोटेकोसीका सुप्पा लामा, नवाङनुर्पु तामाङ र दोलखा तामाकोसीका तुलनारायण श्रेष्ठलाई जनही दुई वर्ष र सो अवैध कार्य गर्न गराउन मतियाररूपमा कार्य गर्ने सिन्धुपाल्चोक भोटेकोसीका साङ्गा शेर्पा, सुवास तामाङ र ग्याल्जेन शेर्पालाई जनही छ÷छ महिना कैद सजाय भएको अदालतले जनाएको छ ।

    यसरी नै सरकारवादी मुद्दाअन्तर्गत सवारी ज्यानसम्बन्धी अभियोगमा नुवाकोट तादी गाउँ पालिकाका बस्ने शुकराम तामाङलाई भने तीन महिना कैद सजाय भएको जनाइएको छ । विसं २०३८ देखि रसुवा जिल्लामा अदालत स्थापना भएपश्चात् क्रमिकरूपमा स्थानीय बासिन्दा न्यायालय खोज्दै अदालत जाने वातावरणको विकास बन्दै गएको रसुवा नागरिक समाजले जनाएको छ । रसुवामा हुने अन्यायको विरूद्वमा न्यायका लागि पहिला पहिला नुवाकोट जिल्लामा जानुपर्ने बाध्यता हुँदा भौगोलिक विकटताका कारण पैदलमार्ग हिँडाइको असजिलोले कतिपय विषयका मुद्दा गाउँका अगुवाले गाउँका घर आँगनमा बसी मिलाएको स्थानीय बासिन्दाले स्मरणसमेत गराएका छन् ।

    धुञ्चे गाउँको एक फल्याक छाना भएको घरमा अदालत स्थापना गरी सुरू भएको रसुवाको न्यायसेवा अहिले सिमेन्ट पक्की घरबाट सम्पादन हुँदै आएको छ । स्थापनाकालको पहिलो न्यायाधीश स्वर्गानन्द जोशी हुनुहुन्थ्यो । सेवाग्राहीलाई बस्ने कुर्सीको व्यवस्था, महिला पुरूषका लागि छुट्टाछुट्टै शौचालय, डिस्पेन्सरमा तातोपानी, अपाङ्गमैत्री, निम्नवर्गका सेवाग्राहीलाई वैतनिक अधिवक्तासमेतको व्यवस्थापनले न्यायसम्पादनको काममा निकै सहयोग मिलेको सेवाग्राहीले बताएका छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.