• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

व्यस्त बन्दै हिट गीतका एरेन्जर नरेन्द्र वियोगी

  •   बुधबार, चैत ०८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । तपाईं हाम्रो जनजिब्रोमा झुण्डिइरहेका पर्ख पर्ख मायालु, पिरिम नलाउने, जुनको साथी तारा, रेवन चश्मा, लगायतका दर्जनौँ गीतका एरेन्जर हुन् नरेन्द्र वियोगी । प्युठानको गौमुखी गाउँपालिकाका वियोगीको सिंहदरबार पूर्वी गेट नजिकै रेकडिङ स्टुडियो छ । जहाँ उनी आफ्नो अधिकांश समय बिताउँछन् ।

    बिहान ८ बजेदेखि राति १० बजेसम्म वियोगी आफ्नो वेभ स्टुडियोमा कसरी राम्रो काम गर्न सकिन्छ भन्ने धुनको खोजीमा नै हुन्छन् । पार्टनरसिपमा दुई वर्षदेखि स्टुडियो चलाइरहेका वियोगी आफूले एरेन्ज गरेका हरेक गीतमा मिक्सिङ र मास्टरिङको काम पनि आफैँ गर्छन् । अहिले उनलाई थाहा छैन आफूले एरेन्ज गरेका र मिक्सिङ र मास्टरिङ गरेका गीतहरू कति पुगे भन्ने एकीन संख्या । तर, करोड क्लबमा पुगेका करिब १० वटा गीतहरु उनी मुखाग्रै भन्न सक्छन् । मंगलम फिल्मको पर्ख पर्ख मायालु र दीपक शर्माको शब्द तथा संगीतमा तयार पिरिम नलाउने जस्ता कैँयौ रोमान्टिक गीतमा जोडिन पाउँदा उनी निकै खुशी छन् । वियोगीलाई यो संयोग लोकप्रिय गीतकार तथा संगीतकार शर्माले नै जुराइदिएका हुन् ।

    संगीतकार शर्मा र एरेन्जर वियोगी दुवै प्रतिभावान र पर्दा पछाडीका हिरो जसरी अहोरात्र आफ्नो संगीतिक धुन भर्ने लगायतका काममा व्यस्त भइरहँदा पनि उनीहरूको दैनिक भेटघाट अनामनगरमा नै हुन्छ । कयाैँ हिट गीतमा सहकार्य गरेका संगीतकार शर्मा र एरेन्जर वियोगी दुवैले सांगीतिक क्षेत्रको संघर्षपछिको अहिलेको सफलतामा खुशी छन् । करोड क्लबमा आफ्ना गीतहरु जोडीन पाउनु भनेको आँफैमा ठूलो सफलता भएको वियोगी बताउँछन् । वियोगीलाई एउटा गीत एरेन्ज गर्न एक दिन लाग्छ ।

    तर, कहिलेकाहीँ दुईदेखि तीनदिनसम्म पनि लाग्न सक्ने उनी बताउँछन् । उनीसँग वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, वरिष्ठ कलाकार तथा गायक हरिवंश आचार्य, संगीतकारहरु राजु सिंह, राजनराज सिवाकोटी, वसन्त सापकोटा, गैरे सुरेश, दीपक शर्मा, वरिष्ठ गीतकर कृष्णहरि बराल, भिम बिस्ट, मानसराज, ध्रुव बिस्को, शंकर थापा स्माइल, डिपी खनाललगायतका कलाकर्मीसँग काम गरेकाे अनुभव छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    २४ दिनमा सकियो ‘मन बिनाको धन–२’को काठमाडौं छायांकन
    ‘पेन्सन पट्टा’को ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.