सांकेतिक तस्विर
हुम्ला । हुम्लाको सर्केगार्ड गाउँपालिका वडा नम्बर ७ रोडिकोटको ठूला गाउँमा भएको आगालागीबाट ६० लाख बराबरको क्षति भएको छ । आगलागीबाट ६ घर जलेर पुर्ण नष्ट भएका थिए भने सात घरमा क्षति पुगेको प्रहरी निरीक्षक सिताराम बिष्टले जानकारी दिए । घर आगालागी भएपछि पीडितहरु घरबारविहीन भएका छन् । आगलागीबाट जोखे जैशी, हरिभक्त जैशी, अपिलाल जैशी, देबिसिंह जैशी, रुपकला जैशी र मथन जैशीका गरि ६ घर पुर्ण रुपमा जलेर नष्ट भएका छन् ।








