• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

शीतभण्डार निर्माण ७० प्रतिशत सकियो

  •   बुधबार, चैत ०८, २०७९ मा प्रकाशित
  • फाईल फोटो
    • अ
    • अ
    • अ

    नेपालगञ्ज  । आलुको पकेट क्षेत्र मानिने बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनीयामा निर्माणाधीन आलु शीतभण्डार निर्माण ७० प्रतिशत पूरा भएको छ । गाउँपालिकामा गाउँसभा ढिलो भएका कारण बजेट अभावले शीतभण्डारको काम निर्धारित समयमा हुन नसकेको डुडुवा गाउँपालिका, कृषि शाखाका प्रमुख सुशील शर्माको भनाइ छ । “बजेट र भुक्तानीअनुसार शीतभण्डारको काम भइरहेको छ”, उहाँले भन्नुभयो । पालिकामा एक किसानले कम्तीमा तीनदेखि चार हजार बोरा आलु उत्पादन गर्छन् ।

    उत्पादित आलु भण्डारण गर्न अहिले कोहलपुस्थित शीतभण्डारमा लैजाने गरिएको छ । सात सय मेट्रिक टन आलु भण्डारण क्षमता भएको शीतभण्डारमा आलु बीउ, तरकारी खाने आलु र दैनिक बिक्री गर्न लैजाने आलुको भण्डार गर्ने लक्ष्यसहित स्थापना गर्न लागिएको हो । बीउ आलुका लागि दुई सय मेट्रिक टन, र बाँकी बिक्रीका लागि रहने आलु भण्डारण गरिनेछ । “आगामी दशैँसम्ममा शीतभण्डारको काम हुने र अबको सिजनको आलु भण्डारण गर्न मिल्ने गरी निर्माण भइरहेको छ”, उहाँले भननुभयो ।

    शीतभण्डार निर्माणसँगै किसानले आलु भण्डारण गर्न कोहलपुरलगायतका ठाउँमा लैजाने अवस्थाको समेत अन्त्य हुने उहाँको विश्वास छ । शर्माले यो वर्ष पनि बजेट कटौती भए पुनः सम्झौता भएको म्याद थप हुने उल्लेख गर्दै ट्रष्ट राखेर उपकरण जडानलगायतका काम बाँकी रहेको बताउनुभयो । सम्झौता भएको दुई वर्षमा निर्माण सक्ने गरी २०७९ असार १७ मा ठेक्का सम्झौता भए पनि अहिलेसम्म ट्रष्ट निर्माणको कामसमेत पूरा नभएको पारामाउण्ट नेचुरल जेभी काठमाडौँका प्रमुख कमल अधिकारीले जानकारी दिनुभयो ।

    उहाँले ट्रष्ट निर्माणको काम केही भएको र ट्रष्ट निर्माणको काम भारतीय कम्पनीले लिएको बताउनुभयो । डुडुवा गाउँपालिकाको रू पाँच करोड ८९ लाख २८ हजार पाँच सय ५२ मा शीतभण्डार निर्माण गर्न लागिएको हो । सम्झौताअनुसार निर्माण कम्पनीले २०८० असार १९ मा निर्माण पूरा गरी डुडुवा गाउँपालिकालाई बुझाउनु पर्नेछ । तर, तोकिएको समयमा निर्माण पूरा गर्न नसकिने निर्माण कम्पनीले जनाएको छ ।

    “तोकिएको समयमा निर्माण पूरा हुने सम्भावना छैन, कम्तीमा चार महिना समय थप गर्नुपर्ने देखिन्छ”, निर्माण कम्पनीका प्रमुख अधिकारीले भन्नुभयो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.