• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

लाखौँको खसीबोका निर्यात गर्दै अर्घाखाँची

  •   बुधबार, चैत ०८, २०७९ मा प्रकाशित
  • फाईल फोटो
    • अ
    • अ
    • अ

    अर्घाखाँची ।  भारतमा राम्रो कमाइ गरिरहेका शीतगङ्गा नगरपालिका–१३ सिमलपानीको ढावाका किसान विष्णुप्रसाद न्यौपानेले गाउँमै फर्किएर बाख्रा पालन सुरु गर्नुभयो । नमुना कृषि तथा पशुपक्षी पालन फर्म दर्ता गरेरै उहाँ बाख्रा पालनमा लाग्नुभयो । उहाँको फार्ममा अहिले साना ठूला गरी झण्डै एक सय ५० बाख्रा छन् । “वैदेशकि रोजगारीबाट फर्किएर गाउँमै केही गर्नुपर्छ भन्ने मान्यताका साथ आफ्नै जन्म भूमिमा आएर बाख्रा पालेकी छु । वार्षिक रु १०/१२ लाख खर्च कटाएर आम्दानी हुने गरेको छ ।

    चार जनालाई प्रत्यक्ष र अप्रत्यक्ष पाँच जनालाई रोजगारी पनि दिएको छु ।” उहाँले भन्नुभयो । झन्डै ७४ रोपनी क्षेत्रफलमा घाँस खेती र बाख्रा फार्म रहेको छ । शीतगङ्गा नगरपालिका–६ जुकेनाको फेदी रहेको लक्ष्मण ओलीको बाख्रा फार्म पनि लोभ लाग्दो छ । स्थानीय डिहि आधारभूत विद्यालयका प्रधनाध्यापक अर्थात् जागिर खान जाजरकोटबाट आएका ओली विद्यालयमा अध्यापनसँगै व्यावसायिक बाख्रा पालनमा समेत लाग्नुभएको हो । उहाँको गोठमा अहिले एक सय २४ वटा बाख्रा छन् ।

    एमएड पास गरेका उहाँ मात्र होइन् उहाँकी श्रीमती करुणा ओली पनि शिक्षिका हुुनुहुन्छ । तर उहाँहरूले समाजमा केही गरेर अरुलाई प्रेरणाको स्रोत बन्न सकिन्छ भन्ने मान्यताका साथ बाख्रा पालनमा लाग्नुभयो । बाख्रापालनको लागि राम्रो स्थान, चरनको व्यवस्था आदि भएको देखेपछि बाख्रापालनमा लागेको शिक्षक ओलीको भनाइ छ । गोठमा एक सय २४ वटा बाख्रा छन् । ओलीले भन्नुभयो, “एक वर्षमा बोका तथा बाख्राका पाठी बेचेर २१ लाखको कारोबार भयो । बाख्राको दाना, घाँस, औषधि उपचार, कर्मचारीको तलब आदि सबै खर्च कटाएर आठ लाखभन्दा बढी बचत भएको छ ।” उहाँको फार्ममा चार जनाले प्रत्यक्ष रोजगार पाएका छन् ।

    शिक्षण पेसा मूल पेसा भएकाले आफूले व्यवस्थापन मात्र गरेको बिहान बेलुकाको समयमा मात्र आफूले बाख्राको हेरचार गर्ने गरेका छन् । अरु सबै कामदारको जिम्मा छ । जाजरकोटमा रहेका बुबा बलराम ओलीले फार्मको रेखदेख गर्छन् । कृषि प्रधान देशमा कृषि पेसा गर्नुपर्छ भन्ने मान्यताका साथ बाख्रापालनमा आफूहरूले बढी जोड दिएको उहाँले बताउनुभयो । शीतगङ्गा नगरपालिकाले उत्पादनमा आधारित खसीबोकाको बिक्रीमा प्रतिकिलो रु ५० नगरपालिकाले अनुदान दिँदै आएको छ ।

    जिल्लाभर करिब ५५ हजार माउ बाख्रा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अर्घाखाँचीका प्रमुख रामनाथ पाण्डेले बताउनुभयो । उक्त माउबाख्राबाट उत्पादन भएका पाठापाठीहरू तथा मासुजन्य खसी बोका कपिलबस्तु, दाङ, रुपन्देही तथा काठमाडौँ, पोखरालगायतका स्थानमा मासुका लागि जाने गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बाख्रा पालक किसानलाई खोर निर्माण, उन्नत जातको बोका तथा बाख्रा खरिद, घाँस खेतीलगायत प्राविधिक रुपमा सहयोग गर्दै आएको छ ।

    जसका कारण किसानलाई बाख्रापालनमा सहयोग पुगेको छ । व्यावसायिक बाख्रापालनमा लागेका किसानलाई यसैमा टिकाउनका लागि विभिन्न कार्यक्रम सञ्चालन भएको जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले बताउनुभयो । आयातमा आधारित अर्थतन्त्रमा रहेको सन्दर्भमा निर्यात प्रबद्र्धनमा बाख्रा पालनले सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी मीना अर्यालको भनाइ छ ।

    बाख्रा पालनको लागि अर्घाखाँची जिल्ला सम्भावना बोकेको जिल्ला हो । साना किसानलाई उत्साहित बनाउँदै व्यावसायिक रुप प्रदान गर्ने उद्देश्यले शीतगङ्गा नगरपालिकाले उत्पादनका आधारमा अनुदान वितरण कार्यक्रमअन्तरर्गत सहकारीमार्फत तौलगरी खसी बोका बिक्री गर्ने गरेको छ । जसका कारण किसान लाभान्वित भएका छन् । रासस

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.