• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

आधुनिक शिक्षामा जोड दिँदै पाँचथरको जेठो विद्यालय 

  •   बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पाँचथर । विद्यार्थी सङ्ख्या यतिबेला पहाडी ग्रामीण भेगका सामुदायिक विद्यालयको साझा चुनौती बनेको छ । बढ्दो बसाइँसराइ, निजी विद्यालयप्रतिको मोह र शैक्षिक गुणस्तरका कारण विद्यार्थी सङ्ख्या घटिरहेको छ । तर पाँचथरको जेठो जयनारायण आदर्श माध्यमिक विद्यालयले भने आधुनिक शिक्षामा जोड दिँदै विद्यार्थी सङ्ख्या बढाइरहेको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ मेहेलबोटेस्थित यो विद्यालय पूर्वी पहाडकै पुरानो हो । विसं २००३ मा यस क्षेत्रका सामाजिक अगुवा जयनारायण रिजालले मार्गदेवी आधारभूत विद्यालयका नाममा स्थापना गरेको यो विद्यालयले २००५ सालमा आधार शिक्षा ग्वोश्वाराबाट सञ्चालन अनुमति पाएको थियो ।

    एक समय पाँचथरसहित इलाम, ताप्लेजुङ र पूर्वी तेह्रथुमका विद्यार्थीले अध्ययन गरेको यो विद्यालयले हाल आधारभूत तहलाई अङ्ग्रेजी माध्यममा सञ्चालन गर्नुका साथै १८ महिने सिभिल सवओभरसियर कक्षा सञ्चालन गरी विद्यार्थीलाई आकर्षित गरिरहेको छ । विद्यालयमा हाल चार सय ५९ विद्यार्थी अध्ययनरत छन् । नजिकै अन्य विद्यालय रहेका कारण यो सङ्ख्या बढी नै हो । विद्यार्थी सङ्ख्या कम हुँदै जाने र अभिभावकको माग अङ्ग्रेजी माध्यममा पठनपाठन गराउनुपर्ने भएपछि विद्यालयले दुई पूर्वप्राथमिक कक्षा समेत सञ्चालन गरेको प्रधानाध्यापक प्रकाश आचार्यले जानकारी दिनुभयो ।

    विद्यालयले कक्षा ५ सम्मको अध्यापनलाई पूर्ण अङ्ग्रेजी माध्यम बनाएको छ । कक्षा ८ सम्म पूर्ण अङ्ग्रेजी माध्यम बनाउन खोजिए पनि नजिकैका आधारभूत विद्यालयमा कक्षा ५ पूरा गरी कक्षा ६ मा नयाँ विद्यार्थी आउने हुनाले कक्षा ६, ७ र ८ मा गणित, विज्ञान र स्वास्थ्य विषय अङ्ग्रेजी माध्यममा पठनपाठन भइरहेको आचार्यले बताउनुभयो । आधारभूत तहलाई अङ्ग्रेजी माध्यममा सञ्चालन गर्न थालिएपछि विद्यार्थीको सङ्ख्या बढ्दै गएको आचार्यको भनाइ छ । भारत र भुटानबाट बोलाइएका शिक्षकले अङ्ग्रेजी प्रभावकारी अध्यापन गराउने अभिभावकको भनाइपछि विद्यालयले दुई विदेशी शिक्षकलाई निजी स्रोतबाट तलब दिएर राखेको छ ।

    “अहिले अभिभावकको चासो बढ्न थालेको छ । विद्यार्थी सङ्ख्या बढ्दै गएको छ”, प्रअ आचार्यले भन्नुभयो । यस विद्यालयमा २०६९ सालदेखि सिभिल सब ओभरसियरको कक्षा सञ्चालन भइरहेको छ । चालीस जनाको कोटा रहेको प्राविधिक धारमा ग्रामीण क्षेत्रका विद्यार्थी अध्ययन गर्छन् । यद्यपि कोटाअनुसार कुनै पनि वर्ष विद्यार्थी भर्ना भएका छैनन् । “अहिलेसम्म करिब दुई सय विद्यार्थीले प्राविधिक शिक्षा पाइसके । सबैजना रोजगार बनेको भेट्टाएका छौँ”, प्रअ आचार्यले भन्नुभयो, “तर कुनै पनि वर्ष पूरै कोटामा अध्ययन भएको छैन ।” पूर्वाधार अभाव जिल्लाको पुरानो विद्यालयले भौतिक संरचना, पूर्वाधार र स्रोतसाधन अभाव झेलिरहेको छ ।

    भवन प्रशस्त भए पनि पुराना भइसकेका छन् । अतिरिक्त क्रियाकलाप गर्न ठाउँ अभाव छ । डेस्क र बेञ्च पुराना भइसकेका छन् । सिभिल सब ओभरसियरको प्रयोगशाला निर्माण हुन सकेको छैन । पुस्तकालय पनि विद्यालयले व्यवस्थित गर्न सकेको छैन भने विद्यालयको घेराबार गर्नुपर्ने आवश्यकता खड्किएको प्रअ आचार्यको भनाइ छ । विद्यार्थी सङ्ख्या प्रशस्तै रहेको विद्यालयमा खानेपानी र शौचालयको राम्रो प्रबन्ध हुन सकेको छैन । विसं २०६० मा नमूना बनेको यो विद्यालय अहिले सोही सुविधाबाट वञ्चित छ ।

    नमूना विद्यालयका लागि आवश्यक मापदण्ड पूरा गर्न नसक्दा अनुदानबाट वञ्चित हुनु परेको आचार्यले बताउनुभयो । उन्नाइस रोपनी क्षेत्रफलमा फैलिएको विद्यालयको थप ३२ रोपनी पाखोबारीसमेत छ । ऐतिहासिक विद्यालय विद्यालयका शिक्षक दुर्गाप्रसाद रिजालका अनुसार यो ऐतिहासिक विद्यालयको स्थापना र सञ्चालनमा शिक्षासेवी जयनारायण रिजाल र उहाँका छोरा राजनीतिकर्मी तेजप्रकाश रिजालको भूमिका महत्वपूर्ण छ । जयनारायणको गोठमा मार्गदेवी स्कुलका नामले पठनपाठन सुरु भएको विद्यालयले २००५ सालमा अनुमति पाएको थियो । सोही वर्ष जयनारायणको निधन भयो । त्यसपछि उहाँका छोरा तेजप्रकाशले विद्यालय सञ्चालनको अगुवाई गर्नुभयो ।

    विसं २००६ मा निर्माण थालेर २००८ सालमा भवन निर्माण सम्पन्न गरिएको थियो । पुरानो भव्य भवन सशस्त्र द्वन्द्वको समयमा २०६१ फागुन २४ गते आगजनीबाट क्षतिग्रस्त भयो । सबै पुराना सामग्री आगजनीबाट नष्ट भए । मार्गदेवी आधार स्कूल जयनारायण रिजालको योगदानको कदर गर्दै जयनारायण आदर्श माध्यमिक विद्यालय बनाइएको हो । विसं २०१८ मा यस विद्यालयले माध्यमिक तह सञ्चालनको अनुमति पाएको थियो । रिजाल परिवारकै अम्बिकाप्रसाद रिजाल स्थापना कालदेखि २०१८ सालसम्म प्रधानाध्यापक रहनुभएको थियो भने विद्यालय स्थापना हुँदा एक सय २२ विद्यार्थी रहेको विद्यालयको स्मारिकामा उल्लेख छ । विद्यालयको उन्नयनमा रिजाल परिवारको योगदान छ ।

    विद्यालय स्थापनापछि २०१८ सालसम्म अम्बिकाप्रसाद रिजाल प्रअ रहनुभयो । संस्थापक जयनारायणकै छोरा दुर्गाप्रसाद २०२६ सालदेखि २०४५ सालसम्म प्रअ रहनुभयो । यस्तै संस्थापक प्रअ अम्बिकाप्रसादका छोरा कमलप्रसाद २०५२ देखि २०५६ सालसम्म प्रअ हुनुभयो । रिजाल परिवारकै भवानीशङ्कर २०४५ सालदेखि २०४९ सालसम्म तथा इन्द्रप्रसाद २०४९ देखि २०५२ र २०५८ देखि २०६६ सालसम्म प्रअ रहनुभयो । रिजाल परिवारभन्दा बाहिरबाट कमलबहादुर पराजुली, विनोदकुमार अधिकारी र हालका प्रअ आचार्य मात्रै यहाँको शैक्षिक गतिविधिको नेतृत्वमा आउनुभएको पाइन्छ ।

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.