चितवन :चितवनका विभिन्न ठाउँबाट लकडाउन उल्लंघन गर्ने १० जना लाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नान्तीराज गुरुङ्गले जानकारी दिए । उन्ले दिएको जानकारी अनुसार कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले आज देखि लागू गरेको एकहप्ते लकडाउन उल्लंघन गर्ने १० जनालाई नियन्त्रणमा लिईएको हो ।उनले नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट बिनाकाम घरबाट बाहिर निस्किएका व्यक्तिहरूलाई नियन्त्रणमा लिईएको बताए ।पक्राउ परेका सबैलाई आबश्यक कारवाहिका लागि जिल्ला प्रशासन कार्यालय पठाउने तयारी गरिएको छ ।








