पोखरा । गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ४ सय ४७ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा ५ जिल्लाका ४४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा कास्कीका २२, बाग्लुङका ३, स्याङ्जाका १, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का १ र लमजुङका १७ जना रहेका छन् । संक्रमितमध्ये कास्की जिल्ला, पोखरा महानगरपालिकाका २ जना महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पृथ्वी चोकमा कार्यरत कर्मचारी हुन् । पोखरा महानगरपालिका-१७ का २५ बर्षका पुरुष, पोखरा महानगरपालिका-१५ का २८ बर्षीय पुरुष, पोखरा महानगरपालिका-१४ का ४१ र ४४ बर्षीय २ पुरुषहरु र पोखरा महानगरपालिका-२४ का ३१ बर्षीय पुरुष गरि ५ जना भारतबाट आएका हुन् । यस्तै, पोखरा महानगरपालिका-१६ का ५२ बर्षीय पुरुष डाँफे सहकारी संस्थामा कार्यरत कर्मचारी हुन् ।लमजुङ जिल्ला, बेशीसहरका ४ जना लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरु हुन् । अन्य सबै कन्ट्याक्ट ट्रेसिङको क्रममा संक्रमण पुष्टि भएको हो ।









