• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

नवलपुरमा ३३४ जना नयाँ क्षयरोगी, गैँडाकोटमा सबै भन्दा धेरै ८१ जना

  •   शुक्रबार, चैत १०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म तीन सय ३४ जना नयाँ क्षयरोगी भेटिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउनदेखि फागुनसम्म जिल्लामा दुई सय दुई जना पुरुष र एक सय ३२ जना महिला गरी तीन सय ३४ जना नयाँ क्षयरोगी पहिचान भएको जनाइएको छ । नयाँ क्षयरोगीमध्ये १४ वर्षमुनिका पाँच बालिका र एक बालक पनि रहेको तथ्याङ्कमा देखिएको छ । साउनदेखि फागुनसम्म जिल्लामा भेटिएका क्षयरोगीमध्ये १२ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमध्ये नौ पुरुष र तीन महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले बताउनुभयो । गत आर्थिक वर्षको साउनदेखि फागुनसम्म जिल्लामा तीन सय १२ जना क्षयरोगी भेटिएकामा यो वर्ष गत वर्षको भन्दा २२ जना बढी क्षयरोगी भेटिएका छन् । “जिल्लामा अहिले तीन सय २२ जना क्षयरोगीले औषधि सेवन गरिरहेका छन्”, उहाँले भन्नुभयो, “औषधि सेवन गरिरहेका क्षयरोगीमध्ये सात जनाको मध्यविन्दु जिल्ला अस्पतालको क्षयरोग उपचार केन्द्रमा आवासीयरूपमा उपचार भइरहेको छ ।”

    चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा भेटिएका क्षयरोगीमध्ये गैँडाकोट नगरपालिकामा सबैभन्दा धेरै ८१ जना रहेका छन् । त्यसैगरी कावासोती नगरपालिकामा ६६, देवचुली नगरपालिकामा ५१, मध्यविन्दु नगरपालिकामा ५०, विनयी त्रिवेणी गाउँपालिकामा ३७, हुप्सेकोट गाउँपालिकामा २९, बुलिङटार गाउँपालिकामा १२ र बौदीकाली गाउँपालिकामा आठ जना नयाँ क्षयरोगी भेटिएको चापागार्इंले बताउनुभयो । “जिल्लामा गत आर्थिक वर्षको असार मसान्तसम्म पाँच सय २९ जना क्षयरोगी फेला परेका थिए भए भने १९ जनाको मृत्यु भएको थियो”, उहाँले भन्नुभयो, “आव २०७७÷७८ मा जिल्लामा चार सय १६ मा क्षयरोग देखिएकामा १८ जनाको मृत्यु भएको थियो ।”

    क्षयरोगको उपचारका लागि जिल्लामा ४४ डट्स केन्द्र रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका क्षयरोग स्थानीय स्रोत व्यक्ति डिल्लीराम तिवारीले बताउनुभयो । मध्यविन्दु जिल्ला अस्पताल डण्डामा डिआर (ड्रक रेसिस्टेन्ट) होस्टेल रहेको छ । जहाँ अन्य जिल्लाका क्षयरोगीको पनि आवासीयरूपमा उपचार गर्ने गरिएको छ । गण्डकी प्रदेशमा डिआर होस्टेल नवलपुरसँगै बाग्लुङ र कास्की जिल्लामा रहेका छन् । क्षयरोगको उपचारका लागि गण्डकी प्रदेशमा सात सय ४९ डट्स केन्द्र रहेको छ । “जिल्लामा प्रत्येक वर्ष क्षयरोगीको सङ्ख्या बढ्दै गइरहेको छ”, स्थानीय स्रोत व्यक्ति तिवारीले भन्नुभयो, “समयमै उपचार गराएमा पूर्णरूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत जागृत गराउँदै रोगीको पहिचान कार्यलाई तीव्रता दिइएको छ ।” क्षयरोग एक सरुवा रोग हो ।

    यो माइकोब्याक्टेरियम ट्युवरकुलोसिसले सूक्ष्म कीटाणुबाट लाग्दछ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्दछ । एक जना क्षयरोगीले वर्ष दिनमा १५ जनालाई सार्ने तिवारीले बताउनुभयो । बहुऔषधि प्रतिरोध बिरामीको सङ्ख्या बढ्नु क्षयरोग न्यूनीकरणका लागि चुनौती थपिएकोसमेत उहाँले बताउनुभयो । विश्वका आठ वटा देशमा मात्र क्षयरोगका दुई तिहाइ बिरामी रहेका छन् । तीमध्ये २८ प्रतिशत भारत, नौ दशमलव दुई प्रतिशत इन्डोनेशिया, सात दशमलव चार प्रतिशत चीन र सात प्रतिशत फिलिपिन्समा रहेका छन् । प्रत्येक वर्ष मार्च २४ तारिखका दिन मनाइँदै आइएको विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्वभर मनाइँदैछ । यस वर्षको विश्व क्षयरोग दिवसको नारा ‘हामी क्षयरोग अन्त्य गर्छौं’ तय गरिएको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.