• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

अध्यक्ष र उपाध्यक्षबीच आफू अनुकुल प्रमुख प्रशासकीय अधिकृत ल्याउन होडबाजी, सेवाग्राही मर्कामा 

  •   शुक्रबार, चैत १०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीचको विवादमा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरी गराउन तानातान गरिरहेका छन् । गाउँपालिका अध्यक्ष सन्तोषकुमार महतो र उपाध्यक्ष ममताकुमारी यादवको व्यक्तिगत विवादका कारण दुवैले आ–आफनो पक्षको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन तानातान गरिरहेका हुन् ।

    प्रमुख प्रशासकीय अधिकृत हाजिर भए पनि पालिकाभित्रको अन्तरविवादका कारण विकास निर्माणलगायतका कामकाज पूर्णरुपमा ठप्प हुँदा सेवाग्राही मार्कामा परेका छन्। समान्य प्रशासन मन्त्रालयले २०७९ फागुन १४ को पत्रानुसार प्रमुख प्रशासकीय अधिकृत अशोककुमार सिंहले बरियारपट्टी गाउँपालिकामा हाजिर गरेका थिए ।

    तर, सिंह विवादित व्यक्ति रहेको जानकारी मन्त्रालयमा पुगेपछि सोही दिन अर्का अधिकृत सुजितकुमार यादवलाई बरियारपट्टी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत तोकेर पठाइयो । मन्त्रालयले पठाएका यादव गाउँपालिकामा हाजिर भए पनि उपाध्यक्षले कामकाज गर्न अवरोध गरिरहेको कर्मचारीहरु बताउँछन् ।

    प्रमुख प्रशासकीय अधिकृतको रुपमा मगाएका अशोक कुमार सिंहको ठाउँमा सुजित यादवलाई पठाएर मन्त्रालयले गल्ती गरेको बरियारपट्टी गाँउपालिकाका उपाध्यक्ष ममता कुमारी यादवको आरोप छ  ।

    ‘आफूहरुले प्रमुख प्रशासकीय अधिकृतको रुपमा ल्याएको सिंह नै यहाँ हाकिम भएर बस्नुपर्छ. । हामीले मगाएका अशोक सिंह हाकिमको रुपमा नरहे आफुहरुले कसैको कुरा स्वीकार गर्ने पक्षमा छैनौँ,’ उनले भनिन्, ‘पालिका चलाउनसक्षम व्यक्ति चाहिन्छ, जुन उहाँमा छ ।’

    अशोककुमार सिंह २०७५ देखि २०७७ सालसम्म बरियारपट्टी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरे ।   उनको कार्यकालमा गाउँ कार्यपालिकासँग विवाद भएको कुरा जिल्ला प्रशासन हुँदै मन्त्रालयसम्म पुगेको थियो । तत्कालीन समयमा अशोक कुमार सिंह र अध्यक्ष सन्तोष महतो तथा अन्य सदस्यहरुबीच हात हालाहालसम्म हुन पुगेको थियो ।

    ‘कार्यालयको कामकाजमा ढिलासुस्ती गर्दा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिंहलाई सम्झाइबुझाइ गरेको कुरालाई व्यक्तिगत रुपमा लिएर अझ समस्या सृजना गर्न खोजेको थियो,’ अध्यक्ष सन्तोष कुमार महतोले भने, ‘अशोक कुमारको रबैयालाई गाउँ कार्यपालिकाले निगरानीमा राखेर कडाइ गर्न खोज्दा विवाद भएको थियो ।’

    तत्कालिन प्रमुख प्रशासकिय अधिकृत सिंहको रबैया ठिक नभएको ठम्याईका साथ कार्यपालिकाको अनुरोधमा मन्त्रालयले अन्यत्र सरुवा गरेको अध्यक्ष महतोको भनाइ छ ।

    पहिलो कार्यकालमा विवाद चर्काएका प्रमुख प्रशासकिय अधिकृतलाई फेरि पनि पालिकामा ल्याएर उपाध्यक्ष ममता कुमारी यादवले सुल्झेको विवादमा मलजल गरेर चर्काएका अध्यक्ष  महतोको आरोप छ ।

    प्रमुख प्रशासकीय अधिकृत राजगीर महतोलाई उपाध्यक्ष पक्षले पावर र पहुँचको प्रयोग गरेर गोप्य रुपमा सरुवा गराएको बरियारपट्टी गाउँपालिका–३  का वडाध्यक्ष विनोदकुमार यादवले बताए । ‘हाकिम फेर्नै थियो भने विवादित व्यक्तिलाई नल्याएर हुन्थ्यो, ‘वडाध्यक्ष यादवले भने, ‘उपाध्यक्ष पक्ष बहुमतमा छ । बहुमत हुँदैमा जे पनि गर्न मिल्दैन । जनप्रतिनिधिले जनताको विकास गर्नका लागि चुनिएको हो । पुराना विवादलाई बल्झाएर पालिकाको काम कारबाहीमा अवरोध सृजना गर्न हुँदैन ।’

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.